रंगमञ्चमा शरणार्थी युवा

कला, फोटो, शरणार्थी3 प्रतिकृयाहरु »

समाजमा सहि सूचना प्रवह गर्नका लागि शरणार्थी युवाहरुको एक समूहले सन् १९९७ मा शरणार्थी शिविरमा साझा परिवर्तन नाट्य परिवारको स्थापना गर्यो ।
यो समूहअर्न्तगत सातवाटै शिविरमा शाखा कार्यालयहरु स्थापना गरि जनचेतनामूलक अभियान सञ्चालन गरि रहेको परिवारका अध्यक्ष वालकृष्ण अधिकारी बताउँछन् ।
natak

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

फोटो, शरणार्थी, समाचार1 प्रतिकृया »

युएनएचसीआरको सहयोगमा भुटानी शरणार्थीहरुलाई कानुनी सहयोग दिलाउनका लागि नेपाल बार एसोसिएसनले जनचेतना कार्यक्रम शुरु गरेको छ । हिजो बेलडाँगी-१ शिविरदेखि कानुनी जनचेतना कार्यक्रम शुरु गरिएको वारका कार्यक्रम अधिकृत भूपाल कट्टेलले जानकारी गराउनु भयो ।

शिविरभित्र घरेलु हिँसा, करणी, अपहरण, पारपाचुके जस्ता कार्य दैनिक रुपमा बढेकाले शरणार्थी सम्वन्धी कानुन नेपालमा नभएकाले नेपाल बार एसोसिएसनले २००३ देखि युएनएचसीआरसँग सहकार्य गरि कानुनी उपचार दिलाउँदै आएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


सरकारले तोकिएको बैंकबाट मात्र भारतिय रुपैयाँको कारोवार गर्न निर्देशन दिएको भएपनि झापाको दमकमा अवैधानिक रुपमा भारतिय रुपैयाँको किनवेच हुने गरेको पाईएको छ ।
राष्ट्र बैंकले इजाजत दिएका क वर्गका बैंकहरुमा प्रति एक हजार रुपैयाँ १५ पैसाका दरले बट्टी लिएर भारतीय रुपैयाँ साट्नु पर्ने नियम छ । तर दमकमा भने एक हजार रुपैयाँ बरावर पन्ध्र रुपैयाँसम्म बट्टी लिएर मनी ट्रान्सफर, मनी चेन्जर र वित्तिय संस्थाले भारतीय रुपैयाँको कारोवार गरिरहेको पाईएको छ । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

विजुली छ, कम्प्यूटर चल्दैन ।

फोटो, विजुली, समाचार विश्लेषण, स्थान परिचय1 प्रतिकृया »

उत्तरपूर्वी इलामको माईमझुवा गाविसमा रात परेपछि टुकी बाल्नु पर्दैन् । गाउँले आँफैंले स्थानिय खोलाबाट जलविद्युत निकालेका छन् । १ र २ नम्वर वडा बाहेक सबैतिर पर्याप्त विजुली छ । साँझमा छिमेकी गाउँहरुमा जुनकिरी टल्किरँहदा माईमझुवा भने विजुलीको बत्तीले झलमल हुन्छ ।
पहाडको यो अनकण्टार गाउँमा विजुली भएर पनि वडा नं ७ स्थित श्याम्बल माध्यमिक विद्यालयका विद्यार्थीलाई भने फाईदा पुग्न सकेको छैन । विजुलीको कुरालाई लिएर उनीहरुको ब्यथा भने अलि भिन्न छ । गाउँमा विजुली त छ तर आफ्ना लागि उपयोग हुन सकेको छैन् । विजुली नपाएका कारण विद्यालयका ५ सय ५४ विद्यार्थीको कम्प्युटर कक्षा अघि बढ्न सकेको छैन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in