परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको प्रवेशिका एसएलसी परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ।
यसपटकको परिक्षामा नियमित तर्फ ६८ प्रतिशत विद्यार्थी उर्त्तिण भएका छन्। त्यस्तै आंशिक तर्फ ४७ प्रतिशत विद्यार्थी उर्त्तिण भएका छन्। पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
१
नेपाल टेलिकमले झापाको दमक कार्यालयबाट उपभोक्तालाई दश हजार सिम अन डिमाण्ड प्रणालीबाट वितरण गरेको छ ।
कार्यालयका प्रमुख अर्जुन घिमिरेले फारम भरेर कार्यालय जाने उपभोक्ताका लागि उतिबेलै सिम दिने प्रबन्ध गरि दश हजार थान प्रिपेड मोवाईल सिम वितरण गरिएको बताए ।
गत वैशाख महिनादेखि संचालित योजना अर्न्तगत उपभोक्ताले यस्तो सुविधा पाएका थिए । आसारभर यस्तो सेवा बन्द गरी साउनबाट पुनः सुचारु गरिने बताइएको छ ।
टेलिकमले स्काई र जिएसएमको पोष्टपेड मोवाईलको अन डिमाण्ड वितरण सेवा दमकमा सुचारु छ । दमकमा पोष्टपेड र प्रिपेडका गरि ३६ हजार मोवाईल प्रयोगकर्ता छन् ।
नदीमा यसरी यी बाँस किन गाडेका होलान् ? पहिले अनुमान गर्नुस् त । अनुमान गर्न सक्नु भएन भने तल जानुहोला । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
भुटानी शरणर्थीहरु महामारी रोगको उच्च जोखिममा रहेको स्वास्थ्य विज्ञहरुले बताएका छन् । शुक्रबार झापाको दमकमा आयोजित कार्यक्रममा बोल्दै विज्ञहरुले कालाजार, औलो लगायतको रोगहरुको बढी संक्रमण शिविरहरुमा देखिएको बताए ।
अब सडकमा भएको ट्राफिक जामबाट छुट तपाईले चाडै छूटकरा पाउदै हुनुहुन्छ रे। अनि तपाई हामीले हावामा उड्ने कल्पनालाई साकार पार्ने बेला आउने भयो । अमेरिकी कम्पनी टेराफुगिया ट्रांजिशनले सन २०११ सम्ममा हवामा उड्ने कारलाई बजारमा ल्याउने भएको छ। यो कार 30 सेकंडमा सानो हवाई जहाजले जस्तै हवामा उड्ने परिक्षण पुरा गरेको छ ।
१
विगतको तुलनामा झापामा औलौ रोगको प्रकोप घटे पनि कालाजर भने बढेको छ ।
यस वर्षमात्रै कालाजारबाट जिल्लामा तीन जनाले ज्यान गुमाएका छन् । आज झापाको दमकमा जिल्ला जनस्वास्थ्य कार्यालयले संचारकर्मीका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक नवराज सुब्बाले जेठसम्म कालाजारबाट तीन जनाले ज्यान गुमाएको बताउनु भयो ।
कार्यक्रममा दिइएको जानकारी अनुसार जिल्लाका दशवटा गाविसलाई औलो रोगको उच्च जोखिममा राखिएको छ । झापामा २०६३/६४ मा १ हजार ४ सय १७ जनालाई सो रोग लागेकोमा चालु वर्ष ३ सय ७९ जनालाई रोग लागेको थियो । यो तथ्याँक हरेक वर्ष घट्दो अवस्थामा रहेको कार्यालयका तथ्यांक सहायक माधव दहालले बताउनु भयो ।
विहान सवेरैदेखि लगातार परेको चट्याङले झापाको दमक आसपासका टेलिफोन सेवा अबरुद्ध पारेको छ ।
बर्षासँगै परेको चट्याङले टावरमा गड्बढी उत्पन्न भएपछि यस क्षेत्रका मोवाइल, ल्याण्डलाइन, सिडिएमए र स्काई टेलिफोन अबरुद्ध बनेको टेलिकम कार्यालयले जनाएको छ ।
१
युएनएचसीआरको सहयोगमा भुटानी शरणार्थीहरुलाई कानुनी सहयोग दिलाउनका लागि नेपाल बार एसोसिएसनले जनचेतना कार्यक्रम शुरु गरेको छ । हिजो बेलडाँगी-१ शिविरदेखि कानुनी जनचेतना कार्यक्रम शुरु गरिएको वारका कार्यक्रम अधिकृत भूपाल कट्टेलले जानकारी गराउनु भयो ।
शिविरभित्र घरेलु हिँसा, करणी, अपहरण, पारपाचुके जस्ता कार्य दैनिक रुपमा बढेकाले शरणार्थी सम्वन्धी कानुन नेपालमा नभएकाले नेपाल बार एसोसिएसनले २००३ देखि युएनएचसीआरसँग सहकार्य गरि कानुनी उपचार दिलाउँदै आएको छ ।
१
सरकारले तोकिएको बैंकबाट मात्र भारतिय रुपैयाँको कारोवार गर्न निर्देशन दिएको भएपनि झापाको दमकमा अवैधानिक रुपमा भारतिय रुपैयाँको किनवेच हुने गरेको पाईएको छ ।
राष्ट्र बैंकले इजाजत दिएका क वर्गका बैंकहरुमा प्रति एक हजार रुपैयाँ १५ पैसाका दरले बट्टी लिएर भारतीय रुपैयाँ साट्नु पर्ने नियम छ । तर दमकमा भने एक हजार रुपैयाँ बरावर पन्ध्र रुपैयाँसम्म बट्टी लिएर मनी ट्रान्सफर, मनी चेन्जर र वित्तिय संस्थाले भारतीय रुपैयाँको कारोवार गरिरहेको पाईएको छ ।

