विजुली छ, कम्प्यूटर चल्दैन ।

फोटो, विजुली, समाचार विश्लेषण, स्थान परिचय1 प्रतिकृया »

उत्तरपूर्वी इलामको माईमझुवा गाविसमा रात परेपछि टुकी बाल्नु पर्दैन् । गाउँले आँफैंले स्थानिय खोलाबाट जलविद्युत निकालेका छन् । १ र २ नम्वर वडा बाहेक सबैतिर पर्याप्त विजुली छ । साँझमा छिमेकी गाउँहरुमा जुनकिरी टल्किरँहदा माईमझुवा भने विजुलीको बत्तीले झलमल हुन्छ ।
पहाडको यो अनकण्टार गाउँमा विजुली भएर पनि वडा नं ७ स्थित श्याम्बल माध्यमिक विद्यालयका विद्यार्थीलाई भने फाईदा पुग्न सकेको छैन । विजुलीको कुरालाई लिएर उनीहरुको ब्यथा भने अलि भिन्न छ । गाउँमा विजुली त छ तर आफ्ना लागि उपयोग हुन सकेको छैन् । विजुली नपाएका कारण विद्यालयका ५ सय ५४ विद्यार्थीको कम्प्युटर कक्षा अघि बढ्न सकेको छैन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी दिवसको कार्यक्रमका केही झलक

फोटो, शरणार्थी1 प्रतिकृया »

विश्व शरणार्थी दिवसको अवसरमा गत १९ जुनका दिन भुटानी शरणार्थी शिविर, वेलडाँगीमा एक कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सवै शिविरका गरि ६९ जना ९० वर्ष माथिका वृद्धवृद्धाका साथै शरणार्थी शिविरमा विशिष्ट योगदान गर्ने शरणार्थी व्यक्तित्वहरूलाई पनि सम्मानित गरिएको थियो । उक्त अवसरमा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिएका थिए । सो कार्यक्रमका केही झलकहरू -

11

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


झापाको दक्षिणी गाविस खजुरगाछीमा पहिलोपटक कुरिलो खेती लगाउन सुरु गरिएको छ ।
गाउँ बिकास समितिले कृषि क्षेत्रलाई ध्यानमा रहखेर सञ्चालन गरेको कृषिसम्बन्धि उत्पादन मूलक कार्यक्रम अन्तरगत हालै ९ वटै वडाका एक सय २५ किसानलई दुई हजार दुई सय कुरिलोको बिरुवा वितरण गरिएको गाविस सचिव चन्द्र मोहन सिंहले जानकारी दिनु भएको छ ।
गर्भवती महिला र विभिन्न रोगका विरामीका स्वास्थ्यको दृष्टिकोणले तरकारीको रुपमा प्रयोग सकिने भएको कारण किसानहरुले यस प्रकारको तरकारी व्याबसायतर्फ किसानहरु लागि परेको जनाईएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

विश्लेषण, समाचार4 प्रतिकृयाहरु »

सहकर्मीमाथि हातपात भएपछि आज स्वास्थ्यकर्मीले झापा र मोरङका सातवटै भुटानी शरणार्थी शिविरमा स्वास्थ्य सेवा बन्द गराएका छन् ।
हिजो एक जना शरणार्थी युवाको उपचारका क्रममा हेलचेक्राई गरेको भन्दै मोरङको शनिश्चरे स्थित शिविरका भुटानी शरणार्थीले स्वास्थ्य केन्द्रका तीन जना चिकित्सकलाई हातपात गरेका थिए । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


व्यापारीहरुको सुरक्षाका लागि प्रशासनले ध्यान नदिएको व्यवसायीहरुले आरोप लगाएका छन ।
झापाको दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाइले व्यपारीहरुलाई धम्की दिने तथा चन्दा माग्ने क्रम नरोकिएकोले त्यसप्रति प्रशासन सजग हुनुपर्ने बताउनुभयो ।
प्रसाइले दमक क्षेत्रलाई बन्द हड्तालमुक्त क्षेत्र बनाइ व्यवसायीक सुरक्षाका लागि आफु कृयाशिल रहेनसमेत बिश्वास दिलाउनुभयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

‘अधिकांश भुटानी शरणार्थी घर र्फकन चाहन्थे’

शरणार्थी1 प्रतिकृया »

डेजी बेल संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको नेपाल सम्पर्क कार्यालयमा डेढ वर्षदेखि प्रमुख छिन् । यसअघि उनले पश्चिम अफ्रिका काको शरणार्थी मामिला हुँदै उच्चायुक्तको जेनेभा कार्यालयको एसिया ब्युरोमा काम गरेकी थिइन् । जुन २० अर्थात् विश्व शरणार्थी दिवस ‘वास्तविक मानिस, वास्तविक आवश्यकता’ को विश्वव्यापी नारासहित यहाँ पनि मनाइयो । यसै सेरोफेरोमा शरणार्थी आयोगको नेपाल कार्यालयले देखे-भोगेका शरणार्थी मामिलाबारे प्रमुख बेलसँग कान्तिपुरका देवेन्द्र भट्टराईले गरेको कुराकानी—

अहिले शरणार्थी आयोगको नेपाल सम्पर्क कार्यालयले भुटानीबाहेक अरू कुन-कुन शरणार्थी मामिला हेरिरहेको छ ?

daisy_color

हामी भुटानी, तिब्बती र केही सहरी शरणार्थीका लागि काम गरिरहेका छौं । तथ्यांकमा रहेका १ लाख ८ हजार भुटानी शरणार्थीका हकमा १८ वर्षदेखि सेवासुरक्षा प्रदान गर्दै आएका छौँ ।यसमा आम्दा, कारितास, लुथरन वल्र्ड फेडरेसन, वल्र्ड फुड प्रोगाम र अहिले आईओमको एकसाथ सहकार्य रही आएको छ । तिब्वती शरणार्थीको हकमा भने सन् १९९० भन्दा अघि आएकालाई मात्रै शरणार्थी मान्यता छ । उनीहरूको संरक्षण नेपाल सरकारले गरेको छ भने त्यसपछि आएकालाई विशेषतः तेस्रो मुलुक जान नेपालले सहायता गरेको हो र विशेषतः भारत जानेले त्यहाँ संरक्षण पाउँदै आएका छन् । यसरी तिब्बती शरणार्थीको आश्रय जिम्मा नेपाल र भारत सरकारले लिएको छ । यसबाहेक, सहरी शरणार्थीको संख्या भने ३ सय जति छ । यसमा १५० पाकिस्तानी, ८० सोमालियन र अरू केही मुलुकबाट छन् । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

चट्याङबाट दुईको मृत्यु

दुर्घटना, समाचार2 प्रतिकृयाहरु »

आज विहानै आएको मुसलधारे वर्षासंगै परेको चट्याङ्ग लागी एक वृद्धासहित एक किशोरको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेहरुमा झापा लखनपूर-३ का १६ वर्षीय दिलिप राजवंशी र इटहरा-३ मोरङका ७५ वर्षीय पञ्चमाया राई रहेका छन । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


झापाको धरमपुर-८ स्थित माझी वस्तीमा ४ जना कालाज्वरका विरामी भेटिएका छन्। स्थानीय कालीबहादुर माझी, मनिष माझी, सञ्जय माझी र लालबहादुर खड्कामा कालाज्वर जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनी धरानमा उपचारपछि घर फर्किएका छन्। यसैबीच, जनस्वास्थ्य कार्यालयले कालाज्वर प्रभावित क्षेत्रमा र्यापिड रेस्पोन्स टिम परिचालन गरी रगत परीक्षण गरेको जनस्वास्थ्यका प्रमुख नवराज सुब्बाले बताउनुभयो

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

खेलकुद, शरणार्थी, समाचार5 प्रतिकृयाहरु »


विश्व शरणार्थी दिवसको अवसरमा झापाको दमकमा शनिबार खुला महिला तथा पुरुष म्याराथुन दौड प्रतियोगिता आयोजना गरिएको छ । शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोग र कारितास नेपालको आर्थिक सहयोगमा स्थानिय संघ संस्थाले संयोजन गरेका थिए । प्रतियोगिताको पुरुष तर्फको सात किलोमिटर दौडमा मुनाल क्लव चन्द्रगढीका भूमिराज राई र महिला तर्फको पाँच किलोमिटर दौडमा इलामकी शुसिला श्रेष्ठ प्रथम भए ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

दौडनेको भीड

खेलकुद, फोटो, शरणार्थी1 प्रतिकृया »

विश्व शरणार्थी दिवसको अवसरमा दमकमा आयोजना गरिएको खुल्ला महिला तथा पुरुष म्याराथनदौड प्रतियोगिताका केही दृष्य ।

rd1

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in