अरू दुइ विकल्प पनि खोल्नु पर्यो

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

प्रवासमा रहेका भुटानी दलहरुको साझा मोर्चा नेशनल फ्रण्ट फर डेमोक्रेसीले भुटानी शरणार्थी समस्या समाधान गर्न बाँकी रहेका दुइवटा विकल्प पनि खुला गर्न माग गरेको छ ।
यो मोर्चामा भुटान पिपुल्स पार्टी ड्रुक नेशनल कंग्रेस र भुटान गोर्खा राष्ट्रिय मुक्ती मोर्चा संलग्न छन् ।
मोर्चाको बैठकले तेस्रो मुलुक पुर्नवासले मात्र समस्याको दीर्घकालिन निकास ननिस्कने भएकोले स्वदेश फिर्ती र शरणागत मुलुकमा आवासको व्यवस्थाको सहितको विकल्प खुला गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको हो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

दश गजल

गजल, साहित्य, साहित्यिक शुक्रवार7 प्रतिकृयाहरु »


सावधान सडकमा फेरि चट्याङ्ग पर्न सक्छ
निर्दोष पैदल यात्री फेरि अनाहक मर्न सक्छ

भोका जूका जताततै देखिँदैछन् सडकमा
होस गर तिमी तिरै फेरि त्यो सर्न सक्छ

ज्यादै दुषित भा’छ सडक बिरोधको बिरोधमा
सडकले नै सडकमाथि ढुङ्गामुढा गर्न सक्छ

सिङ्गो सूर्य पनि कालो बादलले छेकिँदैछ
होसियार विहानीमै यहाँ रात झर्न सक्छ ।।  पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

गन्तव्य थिएटर तोडफोड

फोटो, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

दुइ बर्षअघि दमक-१० स्थापित साँस्कृतिक नाट्यघर “गन्त्ब्य थिएटर” माथि बुधबार राति अज्ञात समृहले तोडफोड गरी कम्पाउण्ड वाल, भवन, बगैंचा र अन्य सामाग्रीहरुमा क्षति पुर्याएको छ ।
तोडफोड कसले र किन गर्यो भन्नेबारेमा अहिलेसम्म पनि खुल्न नसकेको थिएटरका अध्यक्ष प्रकाश आङदेम्बेले पत्रकार सम्मेलनमा बताउनु भयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

हरिको हत्यारा पक्राउ

फोटो, शरणार्थी, समाचार1 प्रतिकृया »

arrest_0730091अमेरिकका फ्लोरिडामा गत आइतबार भएको भूटानी शरणार्थी हरी अधिकारीको हत्यामा संलग्न एकजना अपराधी पक्राउ परेको छ ।हरिको हत्यामा संलग्न भएको आशंकामा आज बिहानै त्यहाँको प्रहरीले उसलाइ पक्राउ गरेको हो । पक्राऊ गरिएका २१ बर्षीय कुख्यात अपराधी ट्रूमैन ब्रान्च भएको ज्याकसनभील डटकमले जनाएको छ । अपराधीहरूले अधिकारीको हत्यापश्चात लुटेको मोवायल फोनमा आएको कलका आधारमा हत्यारालाइ पक्राऊ गरिएको हो। हरिको हत्या गरिएको केही घन्टापछि ब्रान्चकी प्रेमिकाले उक्त नम्बरमा कल गरेकी थिइन्। प्रहरीले कल ट्र्याकिंग गरी ब्रान्चकी प्रेमिकाका मध्यमबाट उसलाइ आज बिहान करीब ४ बजे उसकै निवासछेउबाट पक्राऊ गरेको हो।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

साउदीमा ज्यान गयो

प्रवास, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

रोजगारीका लागि साउदी अरव पुगेका दमक–९, झापाका एक युवकको सडक दुर्घटनामा ज्यान गएको छ । २७ बर्षीय रमेश सुवेदीको त्यहाँ मृत्यु भएको हो ।
चार वर्षअघि रोजगारीका लागि उनी साउदी अरव गएका थिए । उनको गत जेठ १५ दुर्घटनामा मृत्यु भएकोमा हिजो मात्रै झापाको कन्काइ नदीमा दाहसंस्कार गरिएको छ । सुवेदीले दुर्घटनामा पर्नुभन्दा केही समयअघि मात्रै श्रीमतीलाई फोन गरि आगामी दशैंमा घर आउने बताएका थिए ।

(पूर्वसन्देशबाट)

धन्यवाद सुमन भाइलाई

फोटो, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »

suman-dahalप्रथम श्रेणीमा एसएलसी पास गरे पनि गरिवीको कारण आफुले चाहेको विषय पढ्न नपाएकी एउटा अल्पसंख्यक जातिकी विद्यार्थी सुमित्रा धिमालको नर्स बन्ने चाहनालाई साकार रुप दिनका लागि देशविदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । यसैक्रममा अष्ट्रेलियाको न्यू साउथ वेल्स, सिड्नीबाट भाइ सुमन दहालले रु. ३००१।- पठाउनु भएको छ । उहाँलाई धेरै धेरै धन्यवाद ।

अष्ट्रेलियाबाट नै यसअघि कमल दाइबाट प्राप्त रु. ५००१।- र अहिले सुमन भाइबाट प्राप्त रु. ३००१।- गरी जम्मा रु. ८००२।- आज हामी सुमित्रा बहिनीलाई हस्तान्तरण गर्दैछौं, एडमिसनमा ढिलो भएकोले उनकै अनुरोधमा ।
अरू पनि कोही उनलाई सहयोग गर्ने मनस्थितिमा हुनुहुन्छ भने पठाउनु भएहुन्छ । हामी उनीसमक्ष तपाइको सहयोग पुर्याइदिनेछौं ।

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


बृहत शान्ति सम्झौताअघि कृषि बिकास बैकबाट लिएको ३० हजार सम्मको ऋण मिनाह अन्तर्गत झापाका ६६९ जना कृषकहरुको ऋण मिनाहा भएको छ ।
झापा माइपश्चिमका ती कृषकहरुको १ करोड ६७ लाख ३५ हजार ऋण मिनाह भएको कृषि बिकास बैंक दमकले जनाएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

प्रसंग - हरि हत्या प्रकरण

भिडियो, शरणार्थी, समाचार3 प्रतिकृयाहरु »

गएको सोमबार बेलुकाको लगभग साढेपाँच भएको थियो होला मेरा एकजना हितैषी मित्रले भन्नु भो - “दाइ, हरि अधिकारीको बारे केही थाहा पाउनु भयो।”
- “को हरि अधिकारी ?”
- “एक जना भुटानी नेता, उसको कारणबाट बेलडाँगीमा ठूलो काण्ड भएको थियो नि एकपल्ट ।”
- “ए तपाईंले हरि बंगालेको कुरा गर्नु भएको रहेछ, तर मैले त हालसालै त केही पनि खवर थाहा पाएको छैन त उनको बारेमा । कस्तो खवर ?”
- “एउटा नराम्रो खवर छ, अमेरिकाकै एउटा साथीले भर्खरै भनेको ।” त्यसपछि उहाँले भनेको कुरा एकदम धक्का दिने खालको थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

फोटो, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

yubraj
हामीलाइ समाचार उपलव्ध गराएर सहयोग गर्ने पत्रकार युवराज विवशलाई समाचार लेखेको बिषयमा अज्ञात ब्यक्तिले फोनमार्फत ज्यान मार्ने धम्की दिएको छ ।
गएराति साढे ११ बजेको समयमा फोन गरी भुटानी शरणार्थी शिविर खाली हुने बिषयमा समाचारमा असन्तुष्टी ब्यक्त गर्दै मार्ने धम्की दिएको हो ।
सो ब्यक्तिले ९७४२६२५०७४ नम्बरको मोवाइलबाट आफुले भने अनुसार गर्न र नगरे जे पनि हुने सक्ने बताएको थियो । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


कृषि बिकास बैकले पूर्वमा चिया खेतीका लागि गरेको लगानी लामो समय देखि उठ्न सकेको छैन ।
झापाको कृषि बिकास बैक दमक शाखाले दिएको जानकारी अनुसार २०५६ सालयता गरिएको लगानी सावाँभन्दा ब्याज दोब्बर भएको छ ।
बैंकले गएको आर्थिक बर्ष२०६५/६६ सम्ममा चिया खेतीमा गरेको सावाँ ब्याज गरी कुल ८ करोड रुपैयाँ ऋण उठ्न सकेको छैन ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in