पूनर्वासले बढायो पारपाचुके

शरणार्थी, श्रव्य, सामाजिक2 प्रतिकृयाहरु »

आज मैले एउटा नयाँ प्रयोग गरेको छु । मलाइ थाहा छैन म कत्तिको सफल हुन्छु र यो कत्तिको प्रभावकारी हुन्छ । यो वास्तवमा गोपालजीले रेडियोको लागि तयार पार्नु भएको हो तर म यसलाई व्लगमा राख्ने प्रयासमा छु ।

भुटानी शरणार्थीलाई तेस्रो मुलुक पूनर्वास गराउन थालेपछि शिविरहरुमा श्रीमान श्रीमती बीच पारपाचुके अर्थात सम्बन्ध बिच्छेद गर्ने क्रम हृवाक्तै बढेको छ । केही वर्षअघि सम्म शरणार्थी समाजमा सम्बन्ध बिच्छेदको कुनै एउटा घटना पनि ठूलो चर्चाको बिषय बन्थ्यो । तर हिंजोआज सम्बन्ध बिच्छेद गर्नेहरुको ओइरो नै लागेको छ शरणार्थी शिविरहरुमा । यसको मूख्य कारण शरणार्थी पूनर्वास गराउंदै गरिएका अमेरिका लगायतका सात पश्चिमा मुलुकमा बहु बिवाह गरेकै अवस्थामा पूनर्वास हुन नपाइने भएकोले कानुनी उल्झन यहीं सिध्याएर जाने अभिप्राय रहेको जान्ने सुन्ने हरुको भनाइ छ । बषौं देखि शरणार्थीका मुद्दा हेर्दै आउनुभएका झापा बारका निवर्तमान उपाध्यक्ष नारायण भट्टर्राई । (उहाको आवाज सुन्न यहाँ क्लिक गर्नुहोस् ।)
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

काँग्रेशको विज्ञप्ति

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

प्रवासमा रहेको भुटानी राजनीतिक दल ड्रुक नेशनल काँग्रेसले भुटान सरकारले प्रजातन्त्र दिएको आफ्ना नागरिकलाई मात्र नभएर विश्वलाई झुक्याएको आरोप लगाएको छ ।
पार्टी अध्यक्ष रोन्थोङ किन्लेले आज प्रेस विज्ञप्ती प्रकासित गरि भुटानमा वास्तविक प्रजातन्त्र अहिलेपनि नआएको बताउनु भएको हो । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


आफ्नै छोरीलाई यौनशोषण गर्ने झापा दमक ८ का नन्दकुमार थेवेलाई जर्वजस्ती हाडनाता कारणी मुद्धा चलाइएको छ ।
इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका उनलाई म्याद थप गरि जिल्ला अदालत झापामा मुद्दा चलाईको हो । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in