Jul 22
“भोलि विहान पौने छ बजेदेखि नै सूर्यग्रहण लाग्छ, फोटो पनि खिच्नुपर्छ, ग्रहणको दृष्यावलोकन पनि गर्नु पर्छ” भन्ने योजना बेलुकै बनाएर मोवाइलमा अलार्म सेट गरेर सुतेको थिएँ । तर रातिदेखि नै पानी परेर मेरो योजना नै विफल बनाइ दियो । विहान उठ्दा त आकाश पूरै वादलले ढाकेको थियो । सूर्यग्रहणको फोटो खिच्ने कल्पना त कल्पनामै सिमित रह्यो ।
