बेठीमा रमाए सवै

फोटो, संस्कृति3 प्रतिकृयाहरु »

मादल बजाउँदै, नाच्दै र गाउँदै लावालस्कर हिँड्यो घरबाट खेततिर । खेतमा हिलोआली गर्ने बाउसे हातमा फरुवा कोदाली र रोपाहारहरु विउ मुठ्याएर गावो गाड्न ठिक्क परेका । नर्सींगा, दमाहा र सहनाइको आवाजले गाउँमा कतै विहे पो हुँदैछ कि भन्ने लाग्थ्यो । तर होइन, तराईमा नहुने बर्खामासको हराउँदै गएको एउटा पहाडी परम्परा अर्थात वेठी लगाएर धान रोपिँदै थियो दमक - २ गणेश कुमार श्रेष्ठको खेतमा ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

विछोडको पिडा नसकी खप्न …………………..

विचार, सुलसुलेको कलमकुनै प्रतिकृयाहरु छैनन् »

शरणार्थीलाई जे झेल्न लेखेको छ, त्यसको व्यवस्था सायद माथिबाटै भगवानले मिलाएर पठाएको रहेछन् क्यारे । अठार वर्ष लागे नारकीय जीवन अनि अव कति वर्षीय पूनर्वासको यातनादायी पल ? यस्ता झमेलाबाट कहिले मुक्त हुने होलान् ती वेसहाराहरु ? अनि कहिले आउला तिनका ती भूटान रहँदा वस्दाका त्यस्ता रमणीय क्षणहरु ?

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


लामो समयसम्म खडेरी लागेपछि झापाका अधिकाँश स्थानमा पानीको मुहान सुक्न थालेको छ ।
झापाको दमक ५ दुम्सेमा पानीको मुहान सुकेपछि स्थानियवासीहरु खोलाको पानी पिउन बाध्य बनेका छन् । दुम्से नजिक ५५ हजार शरणार्थी बसेका कारण पनि पानीको मुहान सुकेको स्थानिय मदन देवानले बताउनुभयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

फोटो, शरणार्थी, समाचार1 प्रतिकृया »

मैले..तिमीले..र हामी सबैले समाज परिवर्तन गर्नुछ भन्दै भूटानी शरणार्थी शिविर बेलडागी-१ यूवा मैत्री केन्द्रले सदस्य विस्तार तथा समाजलाई कसरी शान्त राख्ने भन्ने विषयमा दुइ दिने तालिम सञ्चालन गरेको छ ।

img_0087

तालिममा सहभागी युवायुवतीहरू

शिविर भित्रका धेरै जसो युवाहरु दिनै-दिन नराम्रो कुलतमा फसेको हुदाँ शिविर अशान्तमा परिणत भएकाले सो तालिम राखेको कार्यक्रम संयोजक मानध्वज गुरुङले बताउनु भयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

आज पूर्व बन्द

बन्द, भिडियो2 प्रतिकृयाहरु »

संघिय लिम्बुवान राज्य परिषद् क्रान्तिकारीले गरेको बन्दका कारण आज पूर्वको जनजीवन समस्यामा परेको छ ।
परिरषदले अरुण पूर्वका ९ जिल्लालाई संबिधानमा लिम्बुवान स्वायत्त राज्य स्थापना गरिनुपर्ने माग सहित बन्दको आव्हान गरेको हो ।
बन्दका कारण झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लाहरुमा यातायत र बजार बन्द रहे । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in