सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


दुर्घटनामा ज्यान गुमाएकी झापा शनिश्चरेकी छात्रा पवित्रा कोइरालाका परिवारलाई ५ लाखरुपैयाँ क्षतिपूर्ति दिने र विद्यार्थीको नाममा अक्षयकोष खडा गर्ने सहमति भएको छ ।
आज झापा सदरमुकाम चन्द्रगढीमा भएको वार्तामा सहभागि एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला संयोजक महेन्द्र भट्टराईले परिवारलाई ५ लाख रुपैयाँ दिने र क्याम्पसमा एक लाखको अक्षयकोष खडा गर्ने सहमति भएको जानकारी दिनु भयो ।
सहमतिपछि विद्यार्थीद्धारा पूर्व घोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको छ । आज चन्द्रगढीमा भएको वार्तामा विद्यार्थीका प्रतिनिधि जिल्ला प्रहरीका एसपी सौरभ राणा र यातायात व्यवसायीका प्रतिनिधि सहभागि थिए ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

फोटो, शरणार्थी, समाचार1 प्रतिकृया »

लुथरन विश्व फेडरेशनले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा आज विविध कार्यक्रम गरि मनाएको छ । दमकस्थित लुथरनले आयोजना गरेको सो कार्यक्रममा संस्थामा २५ वर्ष सेवा गरेका कर्मचारीहरुलाई कदरपत्रसहित सम्मान गरेको छ भने क्रमशः २०, १५ र १० वर्षसम्म सेवा गरेका कर्मचारीहरलाई पनि कदर गरेको छ । दमकमा आयोजना गरेको सो कार्यक्रममा शरणार्थी मामिला सम्वन्धि अन्तराष्ट्रिय संस्था युएनएचसीआरकी दमक प्रमुख रैनावति रेनावतिले कर्मचारीलाई सम्मान तथा कदर पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा उहाँले लुथरनलाई युएनएचसीआरको तर्फवाट निरन्तर सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

ईतिहासको कठघरामा माओवादी

राजनीति, विश्लेषण1 प्रतिकृया »

नेपालको वर्तमान राजनीतिक अवस्था सडक, सदन र सरकारमा छताछुल्ल भईरहेको छ । नेपाली राष्ट्रिय ईतिहासमै पहिलोपटक सम्पन्न ramhariभएको संबिधानसभाको निर्वाचनवाट निर्वाचित प्रतिनिधिहरु जुन उद्देश्यका लागि जनताले पठाएका थिए, उनीहरु अहिले वाटो बिराएका वटुवा झैं भौतारिरहेका छन् । संबिधान लेख्ने कलम हुनु पर्ने हातमा मसाल जुलुस छ, गणतन्त्र नेपालको वहस चलाउनु पर्ने ठाउँमा एक-अर्काका आलोचना, बिरोध र आरोप-प्रत्यारोपका नारा घन्किरहेका छन् । तर पनि हामी राजनीतिक एकता राष्ट्रियता र राजनीतिक सहमतिका कुरा गरिरहेका छौं लाजै नमानी ।
तमाम खाले राजनीतिक उतार चढाव आउन सक्छन् नेपालको राजनीतिमा भन्ने जानकारी हुँदाहुँदै पनि नेपालका राजनीतिक दलहरु आफैंमा डेढ अक्कले भईरहेका छन् । संबिधानतः सेरेमोनियल मानिएका राष्ट्रपति महोदयले निरंकुशताको झलक देखिने गरी नेपालको राजनीतिकमा एक अर्को असोभनीय काम गरे । उक्त कुराको वारेमा सर्वोच्च अदालतमा मुद्धा पनि दायर भईसकेका वेला र त्यसमाथि वहस चलिरहेका वेला समेत “नागरिक सर्वोच्चता” भन्ने मन्त्रमा भजन गाईरहेको नेकपा माओवादीले फेरी राजनीतिक आन्दोलन छेडेको छ । जिल्ला सदरमुकाममा आन्दोलनका कार्यक्रममा देखिने गरेको उपस्थितिले पनि माओवादीले आन्दोलनप्रतिको जनताको चाँसोका वारेमा अड्कल काट्नु पर्ने थियो तर के गर्ने त्यो वुद्धि पलाएको छैन कि जस्तो लाग्छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

अन्तीम विकल्प ???

फोटो, बन्द5 प्रतिकृयाहरु »
सडकको दुर्दशा

सडकको दुर्दशा

सहपाठीको सडक दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै आन्दोलनरत विद्यार्थीहरूले आज दमकलगायत झापा जिल्लाभरि नै बन्दको आयोजना गरेका छन् । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

आम नागरिकले नबुझेको कुरो

राजनीति, विचार2 प्रतिकृयाहरु »

अव के हुन्छ है त अव के हुन्छ है त भन्दाभन्दै लगभग ५ वर्ष बितिसक्यो र पनि अझैसम्म आम मान्छेलाई यो सन्त्रासले छाडेको छैन । एकातिर जननिर्वाचित दललाई पुनः आतङ्कवादी नै सावित गर्न वर्तमान सत्तासिन दलहरुद्वारा रचित नयाँ र ताजा चक्रव्यूह तथा अघोषित महायुद्धको तैयारी । अर्कोतिर भुटानीकरण वा सिक्किमीकरणतर्फ क्षयीकरण हुँदैगरेको यहाँको मौजुदा राजनीतिक स्थिति । अनि आर्थिक मन्दीको कालो छायामा भुईँ न भाँडाका यी महङ्गा भडकिला बेफजूली खर्चसाथ मनाईने कहीँ नभएका जात्रा पर्व विवाह व्रतवन्धादी । यी सन्त्रासहरु यति डरलाग्दा छन् कि नचाहेर पनि आम सचेत नागरिकहरु आज हरेक रात जाग्राम बस्नुपर्ने अवस्था छ ।
नेपालीका बच्चाहरुले विदेशमा डलर कमाईरहेको र नेपालमा बस्नेहरुले त्यो कमाई उडाईरहेको दुनियालाई थाहा छ । देश कङ्गाल भए पनि यहाँ कोही कङ्गाल नरहेको र उनीहरुको वार्षिक आम्दानी पर क्यापिटा २४० अमेरिकी डलरभन्दा कैयौँ गुना ज्यादा बढेर दुनियाकै सर्वाधिक सुखी सम्पन्न र सम्वृद्ध भैसकेको कुरो आज दुनियाले बुझेका छन् । भने जस्तो खर्च गरेर उनीहरु जोसुकैलाई निचा देखाउने हैँसियत राख्छन् भन्ने यथार्थता जगजाहेर भैसक्यो । नेपाल र नेपालीको आन् बान् र शान्प्रति आज पूरै दुनिया नतमस्तक छ । फेरी यस किसिमको फजुली खर्च ध्वाँश् र रवाफ आखिर कस्का लागि केका लागि ?

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

जेलबाट सोझै शरणार्थी शिबिर

अन्तरवार्ता, शरणार्थीकुनै प्रतिकृयाहरु छैनन् »

dk
अठार बर्षको कठिन जेल जीवनबाट छुटकारा पाए लगत्तै आफन्तको सहयोगमा झापा आईपुगेका धनकुमार राईलाई परिवारका सदस्यहरुले पनि चिन्न हम्मे हम्मे पर्यो ।
केहि चञ्चले स्वभावका युवा हवाई इन्जिनियर मानसिक रुपमा निक्कै अस्वस्थ्य छन् । स्वर त टड्कारै छ तर बोल्दा, बस्दा टाउको एकसुरले हल्लाउँछन् । श्वास प्रश्वासमा समस्या भईरहन्छ, मुटुको पनि सिकायत छ ।
१८ बर्षअघि दक्षिण भुटानको सिमावर्ती वाणा ब्लकबाट पक्राउ पर्दा धनकुमार २७ बर्षका थिए । भुटानको पहिलो राजनितिक पार्टी भुटान पिपुल्स पार्टीका संस्थापक महासचिव थिए उनि त्यो बेला । नागरिक स्वतन्त्रता आन्दोलनमा भाग लिएबापत बुद्ध धर्मको आधिकारिक अनुयायी राष्ट्र भनेर आफुलाई चिनाउने भुटानी राज्य सत्ताले जेलमा थुन्यो धनबहादुर जस्ता पढालिखा युवालाई ।
धनकुमार भुटानमा परिवर्तन ल्याउन सबै भुटानीले ऐक्यबद्ध आन्दोलन गर्नु पर्ने बिचार राख्छन् । भन्छन् - भुटानमा नागरीक अधिकारको ग्यारेन्टी नहुन्जेल समस्या भईरहन्छ ।
उनले भुटानी शरणार्थी पुनर्वासको कामबाट शरणार्थीले क्षणिक रुपमा लाभ लिने सक्ने भएपनि त्यो अन्तिम र हितकारि समाधान होईन भनेका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


झापाको महाभाराका बाढीपीडितलाई जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिले आज राहत वितरण गरेको छ ।
स्थानिय रंगियाथानका विस्थापित १५ र गाविसका आंशिक प्रभावित ४५ परिवारलाई राहत वितरण गरिएको हो ।
उनीहरुलाई साढे तीन क्वीन्टल चामल, १० लिटर खानेतेल र १० केजी दाल उपलब्ध गराईएको गाविस सचिव रामप्रसाद उप्रेतिले बताउनुभयो ।
गाविसले प्रतिपरिवार नगद पाँच सय उपलब्ध गराएको उहाँले जानकारी दिनुभएको छ । साउन पहिलो साता कन्काई र वनियानी नदीमा आएको बाढीले गाविसको दुई सय विगाहा जमिन कटान गरेको थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

अति भो भारतियहरूको ज्यादती

फोटो, समाचार2 प्रतिकृयाहरु »

भारतियहरूले सीमा अतिक्रमण गरि दशगजा क्षेत्रमा बनाएका टहरा

भारतियहरूले सीमा अतिक्रमण गरि दशगजा क्षेत्रमा बनाएका टहरा

नेपाल भारतको सीमास्थित दशगजा क्षेत्र अतिक्रमण गरी वसेका भारतिय नागरिकको आक्रमणका कारण नेपाल प्रहरीमा कार्यरत एकजना हवल्दार शक्त घाइते भएका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचार1 प्रतिकृया »


छोराले अंश माग्दा एक पूर्व प्रहरी अधिकृतले मरणासन्न हुनेगरी छोरा पिटेका छन् । झापा दमक-१० घर भएका पूर्व प्रहरी निरीक्षक मोहन कार्कीसँग पढाइका लागि छोरा बिक्रमले शुल्क माग्दा नदिएपछि अंश खोजेका थिए ।
अंश मागेपछि निरीक्षक कार्कीले कुटपिट गरी इलाका प्रहरी कार्यालयमा दमकमा बुझाएका छन् । कार्कीकी जेठी श्रीमती डेढ बर्षअघि बेपत्ता बनेपछि एक बर्षअघि दोश्रो बिवाह गरेका थिए । इलाका प्रहरी कार्यालय गौरीगन्जमा रहँदा उनकी श्रीमती बेपत्ता बनेकी थिइन् । त्यसपछि कार्की इलाका प्रहरी कार्यालय झिलझिलेमा रहेका थिए । गौरीगन्जमा रहँद उनले त्यहाँका व्यापारीहरुसँग लाइन लिने गरेको समाचार यसअघि नै सार्बजनिक भइसकेको छ । तस्करह सँग डिलिङ र लाइनका बिषयमा कार्की जिल्लाका प्रहरी अधिकृत मध्येमा पदथे । उनी हाल घडेरी व्यवसायमा लागेका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सकारात्मक शुरूवात

राजनीति, समाचार विश्लेषण1 प्रतिकृया »

देशमा दिगो शान्ति स्थापना होस् स्थीर सरकार बनोस देश समृद्धशाली बन्ने र प्रगतिको मार्गतर्फ लम्कियोस् भन्ने चाहना राख्ने हामी नेपालीका लागि आजको दिन सुखद् समाचारहरु सुन्न पाइयो । प्रधानमन्त्री माधबकुमार नेपालले उपराष्ट्रपति परमानन्द झालाई नेपाली भाषामा सपथ लिन फेरि पनि आग्रह गर्दै चिठी लेखेपछि उपराष्ट्रपतिले पनि सरकारले आधिकारिक रुपमा आग्रह गरे आफू नेपालीमा सपथ लिन तयार रहेको जानकारी सुन्न पाउँदा एक किसिमको खुशीको महशुस भएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in