तिहार त होइन ।

फोटोकुनै प्रतिकृयाहरु छैनन् »

dscn9062

तिहार होइन भने के हो त ? थाहा चाहियो ? त्यसो भए पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

समाचार4 प्रतिकृयाहरु »


एकजना कानुन अधिकारीले पूनर्वास भएर तेस्रो देश पुगिसकेको भुटानी शरणार्थीलाई नेपालले फेरि नेपाल आउने अनुमति दिन नहुने बताएका छन ।
कानुन सुधार आयोगका सदस्य लीला उदासीले त्यसरी पूनर्वास भइसकेको शरणार्थी पुनःनेपाल निर्वाध रुपमा आउजाउ गर्दा पूनर्वासको अर्थ र औचित्य बाँकि नरहने बताउनुभएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

आन्दोलनका लागि एकता

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

शसस्त्र आन्दोलनद्वारा भुटानमा प्रजातन्त्र ल्याईनु पर्छ भनेर आन्दोलनमा रहेका केही संगठनहरु कार्यगत एकताको प्रयासमा रहेको भारत सरकारले दाबी गरेको छ ।
आसाम राज्यमा संघर्षरत उल्फा, बोडो लगायतका संगठनसँगको सर्म्पर्क र सैन्य तालिमपछि कतिपय लडाकुहरु भुटान प्रवेश गर्ने प्रयासमा रहेको त्यहाँको राज्य सरकारले खुलासा गरेको छ । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको दाबी गरिएकी झापा दमक १३ की गीता सिटौलाका परिवारले आन्दोलनको चेतावनी दिएका छन् ।
दश दिनअघि विराटनगरस्थित विराट नर्सिङ होमका चिकित्सकको लापरवाहीले पित्तथैलीको शल्यकृयाको क्रममा उनको मृत्यु भएको थियो ।
नर्सिङ होमका निर्देशक ज्ञानेन्द्र कार्कीले पैसा खुवाएर पोष्ट मर्टमको रिर्पोट पनि आफूँ अनुकुल बनाएको मृतकका जेठाजु अग्नी सिटौलाले आरोप लगाउनु भयो । उहाँले घटनाको विषयमा निष्पक्ष छानविन नभए चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिनु भयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सुमित्राले पैसा पाइन् ।

फोटो, सामाजिक2 प्रतिकृयाहरु »

sumitra

धेरै दिन वितिसक्दा पनि अरु रकम थपिने छाँटकाँट नदेखिएकोले कमल दाइ र सुमन भाइबाट प्राप्त रु. ८००२।- आज हामीले विना कुनै औपचारिक कार्यक्रम सुमित्रा बहिनीलाई हस्तान्तरण गरिदियौं । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शुभकामना

संस्कृतिकुनै प्रतिकृयाहरु छैनन् »

आज जनै पूर्णिमा । आजको दिन तागाधारीहरुले पुरानो जनै फेरेर नयाँ लगाउने गर्छन् भने अन्य समुदायहरु जस्तै नेवारहरुले क्वाँटी पूर्णिमाको रुपमा मनाउँछन् भने तराइवासीहरुले रक्षा वन्धनको रुपमा ।
जसले जसरी मनाएपनि यो पर्व प्रायः सवै समुदायका मानिसले आ-आफ्नो परम्परा अनुसार मनाउने गर्छन् ।
अरुले जस्तै मैले पनि पनि नयाँ जनै लगाएर यो पर्व मनाइसकें (अरूवेला नलगाए पनि)।
जनै पूर्णिमा अर्थात् क्वाँटी पूर्णिमा अर्थात रक्षावन्धन अर्थात राखी (अर्थात अरु जे भए पनि) को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in