सेरोफेरो

समाचार1 प्रतिकृया »


झापाको दमकलाई चक्काजाम मुक्त क्षेत्र घोषणा गरिएको छ । इलाका ट्राफिक प्रहरी कार्यालय दमकले आयोजना गरेको कार्यक्रममा सबै कृयाशिल राजनितिक दलका नेताहरुले चक्काजाम मुक्त क्षेत्र बनाउने प्रतिबद्धता ब्यक्त गरेका हुन । सोही अबसरमा दुर्घटनाका पिडितहरुले गर्ने चक्काजाम जस्ता कार्यक्रमलाई निस्तेज पार्न एउटा समितिसमेत गठन गरिएको छ । दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईको अध्यक्षतामा गठित समितिमा गंगा सिटौला सहसंयोजक, सदस्यहरुमा इलाका प्रहरी कार्यालयका निरिक्षक नबिन कार्की, राम पोख्रेल, सुभाषचन्द्र भटराई, गोपाल थापा रहनुभएको छ । दुर्घटना न्युनिकरणका लागि सम्पूर्ण राजनैतिक दलहरुलाई सल्लाहकारमा राखिएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

प्रतिप्रश्न - आफैसँग

विचार2 प्रतिकृयाहरु »

नसोचौं देशले हामीलाई के दियो
सोचौं देशलाई हामीले के दियौं ।

जोन एफ.केनेडी

कलाकार दाइ अशोक पाठक जो लामो समयको अन्तरालपछि कलाकारितामा पुनर्आगमन गर्ने तरखरमा हुनुहुन्छ र साहित्यिक स्रष्टा तथा एन.आइ.सिं बैंकका प्रमुख विष्णु पाण्डे (क्षितिज) अनि म केही दिनअगाडि दमकको एउटा होटलको छतमा उक्लियौं र आपसी गन्थनसँगै चिया, नास्ता खान थाल्यौं । वर्षा सिमसिम वर्षिदै थियो । वरपरका दृश्यहरु हरियाली देखिन्थ्यो । घाम निदाउनलाई पश्चिम क्षितिजमा अस्ताउन लागेको समय थियो । लस्करै देखिएका घरका लहरसँगै उत्तरतर्फ बेहुली पहाडहरु सेता वादलका सल ओडेर लजाई रहेका थिए । जन्त जान लागेका मानिसहरु झै हतारमा थिए वास वस्न लागेका सेता वकुल्ला र पंछीका हुलहरु । पहिलोपटक आफुले मनले चाहेको मान्छेसँगको भेटमा बोल्ने विषय नपाएपछि मिठो अप्ठ्यारो मानेर वसेकी प्रेमिका झैं लाग्थ्यो आकाश । अन्य चारैतिर दृश्यका किनारसम्म सुन्दर हरियाली मात्र देखिन्थे । अरुले यसलाई के देखे कुन्नी हामीले योभन्दा स्वर्णिम स्वर्ग अरु देखेनौं त्यसदिन ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in