यसपालीको तीज खल्लो

शरणार्थी, संस्कृति, समाचार विश्लेषण2 प्रतिकृयाहरु »

“आज दिनभर रातो पहिरनमा सजिएर दिदीवहिनीहरूले नाच्दै, गाउँदै रमाइलो गरि तीज मनाए, रेडियोमा पनि तीजको गीत मात्र बजिरह्यो । वातावरण नै रमाइलो भए पनि मेरो मनमा भने कुनै पनि खुशी छाउन सकेन” भन्दै हातमा मोबाइल बोकेर भाइको आवाज सुन्नका लागि नेटवर्कको खोजीमा घरको आfगनमा यताउता गरिरहिन् भूटानी चेली देवीका कार्की ।

भाइले अमेरीकाबाट २ बजे फोन गर्छु भनेकाले नेटर्वक खोज्दै आँखाभरि आँसु बोकी घरवरिपरि हिँडिरहेकी थिन् उनी । उनलाई त कमसेकम भाइले फोन गर्छु भनेकाले मनमा केहि शान्ति मिलेको अभास त भएको थियो तर अधिकाँश शरणार्थी महिलाहरु यसपालीको तीजलाई वेवास्ता गर्न बाध्य बनेका थिए ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


बाढीबाट बिस्थापित बनेका झापा माहाभराका १ सय ५० जना झाडापखालाबाट ग्रसीत भएका छन् । त्यहाँको वडा नं ४ स्थित रंगीयाथानमा राखिएका बिस्थापितमध्ये अधिकाँश बालबालिकामा झाडापखालाको प्रकोप देखिएको गाविसका पूर्व अध्यक्ष बिजय अग्रबालले जनाकारी दिनुभयो । यता बाढीबाट बिस्थापित झाडापखालाका पिडितहरुले पर्याप्त औषधी नपाएको गुनासो गरेका छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बाढीबाट बिस्थापित बिभिन्न क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टोली हिजो नै पठाइसकिएको जनाएको छ । कार्यालयका निमित्त प्रमुख महेन्द्र सिंहले दक्षिणी झापाका ७ क्षेत्रमा स्वास्थ्यकर्मी र औषधी सहितको टोली परिचालन गरिएको जानकारी दिनुभयो

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

तीजको लहर आयो बरी लै ………

फोटो, भिडियो, शरणार्थी, संस्कृति3 प्रतिकृयाहरु »

अपडेट (भिडियोसहित) २४ अगस्त, २००९, विहान ९:१०

dsc02345

पुनर्वास भएर अमेरिकाको न्यूयोर्क शहर पुगेका भुटानी शरणार्थी महिलाहरु तीज मनाउँदै ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in