सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


चाडबाडको आगमानसँगै झापामा खुद्रा पैसाको अभाव हुन थालेको छ । दशैं तिहार जस्ता चाड नजिकिँदै गर्दा खुद्रा पैसाको अभाव भएको हो ।
बिभिन्न स्थानबाट आएका उपभोक्ताहरु खुद्रा पैसाको अभावमा रित्तै फर्कनुपरेको दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाइंले बताउनुभयो । चामल, दाल, चिनी जस्ता दैनिक उपभोग्य बस्तुको खरिद गर्न आएका उपभोक्ताहरु खुद्रा अभावमा समस्यामा परेको प्रसाइंले बताउनुभयो । प्रसाइंले खुद्रा पैसा नहुदाँ व्यापारी समेत मर्कामा परेको जनाउनुभयो ।
दशैका लागि दक्षिणा दिन केही समय अघिबाट पैसाको संचिति हुन थालेपछि जिल्लामा पैसाको अभाव देखिएको राष्ट्रिय बाणिज्य बैंक दमकका प्रबन्धक केशव सापकोटाले बताउनुभयो । उहाँले जिल्लाका मनिट्रान्सफर, बैकिङ संस्था, सहकारीहरुले समेत बित्तिय कारोबार गरेकाले पैसाको अभाव देखिएको बताउनुएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

फोटो, शरणार्थी, समाचार3 प्रतिकृयाहरु »


झापाको दमक स्थित बेलडाँगी शरणार्थी शिविरका शरणार्थी शान्तिराम नेपालको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय दमकले भारत आसाम घर बताउने हारा नजारी र बेलडागीँ भुटानी शरणार्थी शिविरका धनबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
गत बैशाख महिनामा नेपाललाई आफ्नै छाप्रोमा बसेको बेला अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । हत्याको केही समयपछि लिबरेशन आर्मी अफ भुटान नाम गरेको एउटा संगठनले हत्याको जिम्मा लिएको थियो ।  तर पक्राउ परेका दुबैजनाको विषयमा प्रहरीले थप केही खुलाएको छैन् । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

थप सहयोग प्राप्त

फोटो, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »
bhawanirajan2

सहयोगी हातहरू - भवानी कोइराला र राजन कार्की

नर्स बन्ने चाहना राखेकी अल्पसंख्यक धिमाल जातिकी एक चेली सुमित्रा धिमाललाई उनको पढाइमा सहयोग गर्ने क्रममा आर्थिक सहायता आउने क्रम जारी छ । यसै क्रममा आज कतारबाट भवानी प्रसाद कोइराला (दमक, झापा) र राजन कार्की(महारानीझोडा, झापा) ले संयुक्त रुपमा पठाउनु भएको रु. ५००१।- हामीले प्राप्त गर्यौं र उक्त रकम सुमित्रा बहिनीलाई बोलाएर हस्तान्तरण पनि गर्यौं ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in