छोटकरी

समाचार1 प्रतिकृया »


एकीकृत माओवादीका कार्यकर्ताले दक्षिणी झापाको बनियानीमा एमाले कार्यकर्तामाथि आक्रमण गरेका छन् । चार दिनअघि माओवादी कार्यकर्ताको समूहले युथ फोर्सका सदस्य डिल्ली घिमिरेमाथि आक्रमण गरेको हो ।
नेकपा एमाले गाउँ कमिटी बनियानीले विज्ञप्ति निकालेर राती ११ बजे घरबाट अपहरण गरि घिमिरेलाई एकान्त ठाउँमा लगि कुटपिट गरिएको जनाएको छ । घटनास्तलमा सात जोडी चप्पल माओवादीको लोगो अंकित खुकुरी फेला परेको कमिटीले जनाएको छ । घटना थाहा पाएर गाउँलेले घेरा हालेपछि उनीहरु भागेको विज्ञप्तिमा जनाइएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

चार समाचार

राजनीति, समाचार4 प्रतिकृयाहरु »

राजन दाइको व्लगमा नलेखेको धेरै भयो । आफ्नै व्यस्तता र सानातिना कुराले अल्झिएर कतै हराएको थिएँ । धेरै दिनपछि बल्ल आज अलिकति फूर्सद पाएको छु । तर लेख्ने कुरा खासै केहि पनि भेटिन । एकछिन अनलाइन समचारहरू हेर्दा माओवादीका बारेमा लेखिएका ३-४ वटा समाचारहरु पढ्न भ्याइयो । प्रायः सवै नकारात्मक नै थिए ।
एउटामा थियो माओवादी नेताहरुको मोवाइलमा अश्लील चलचित्र र फोटाहरु भएको कुरा माओवादी नेता हेमन्त प्रकाश ओलीले नै स्वीकार गरेका रहेछन् ।

सो समाचार जस्ताको तस्तै -


सांस्कृतिक विचलनको खतरा दर्शाउदै कार्यकर्तालाई ब्यवसायिक रंगीन पत्रिका पनि नहेर्न निर्देशन दिने माओवादी नेताहरूका मोवाइलमा अश्लील भिडियो टेप फेला पर्न थालेका छन्।
पार्टीले नेताहरूको सम्पत्ती छानविन गर्न बनाएको आयोगमा केही केन्द्रीय सदस्यहरूको मोवाइलमा अश्लिल भिडियो क्लिपहरू फेला परेको उजुरी परेपछि हाल जारी माओवादी प्रशिक्षण कार्यक्रममा कार्यकर्ताको प्रश्न सामना गर्न नेतृत्वलाई हम्मे परेको हो।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

हिम्मतिला महिलाहरू

व्यवसाय, समाचार विश्लेषण1 प्रतिकृया »

फूलमाया लिम्बु घर्ती दोभानमा होटल चलाउँछिन् । यो ठाउँ झापाको दमकबाट बाह्र किलोमिटर उत्तर दमक चिसापानी रवि सडक खण्ड अन्तरगत इलामको बाँझो गाविसमा पर्छ । वि.सं. २०५९ सालदेखि घर्ती दोभानसम्म यातायात संचालनमा आएपछि व्यवसायका लागि उनले घर्ती दोभान रोजेकी हुन् । तर त्यहाँ पुग्नेहरु भन्छन्- ओहो यस्तो अनकण्टार ठाउँमा व्यवसाय गर्ने कति साहसी महिलाहरु ।
झापाको दमक सीमावर्ती दक्षिणी इलामको बाँझो गाविसको घर्ती दोभान पहिलो पटक पुग्नेलाई असुरक्षित जस्तो लाग्नसक्छ । दक्षि तर्फ बाह्र किलोमिटर पट्यार लाग्दो रतुवा खोलको बगरैबगर छ । न उत्तरपट्टी न त दक्षिणपट्टी नै आँखाले देख्ने ठाउँसम्म वस्ती छ । छ त केवल तोकिएको समयमा दमकबाट रविसम्म चल्ने ल्याण्डरोभर जिप र त्यसमा सवार भई जाने यात्रुको जमघट । त्यो जमघट पनि छोटो समयको लागि हुन्छ । “नास्ता चिया र खाना खाने यात्रुहरु केही समयका लागि मात्र हुन” लिम्बुले भनिन् “तर हामीलाई यहाँ व्यवसाय गर्न कठिनाई र अफ्ठेरको छैन साहस बटुलेरै होटल गर्न थालेकी हुँ” ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

बिरालो

कथा, साहित्य, साहित्यिक शुक्रवार2 प्रतिकृयाहरु »

भित्तामा टँसाएर बनाइएको र्‍याकमा पुस्तक बडा जतनले मिलाएर राखेको थिएँ । प्रायः चाहिरहने किताबहरू टेबुलमै थिए । निकै दिनदेखि र्‍याकका पुस्तक चलाएको थिइन । छुट्टीको एकदिन पुस्तक मिलाउन भनी र्‍याकबाट पाखा निकाल्न थाल्दा म साह्रै अचम्भित भएँ । पुस्तकहरू त भित्रभित्र माटैमाटो पो भइसकेछन् । भित्तापट्टिबाट धमिरा लागेर किताबको खोल मात्र बाँकी बचेछन् । मन साह्रै विरक्त भयो । आफूले कति दुःख गरी कहाँकहाँदेखि खोजेर, किनेर अप्राप्य मानिएका पुस्तकहरू पनि सङ्कलित थिए । कति त पछि पढौंला भनी त्यत्तिकै थन्क्याइएका पनि थिए ।

मेरो पुस्तकप्रेम देखेर आमा छक्क पर्नुहुन्थ्यो । जता गएर आउँदा पनि मेरा झोलाबाट पुस्तक नै निस्कन्थे । घरका सबै जनाले मेरो त्यस रुचिको सम्मान गर्दै मलाई नसोधी सानो कागजको टुक्रा पनि फाल्दैन थिए । तर, एकाएक धमिराले त्यस्तरी पुस्तक खाइदिएको देखेर आमा पनि नराम्रो गरी पिरोलिनुभयो । म त रोएँ पनि धुरुधुरु । २०३३ सालमा घर डढ्दा, त्यसबेलासम्मका सबै पुस्तकहरू आगोले खाएको थियो, त्यसपछि समेटिएकाहरू यसपालि धमिराले खाएको थियो । सम्पत्तिकै सट्टा पुस्तक सङ्कलनमा लागेको म पटकपटक यस्ता दुर्घटनामा परिरहेको थिएँ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

१२६ जना न्युजिल्याण्ड गए

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

न्युजिल्याण्डमा एक सय २६ जना भुटानि शरणार्थी पुर्नस्थापित भएका छन् । चालु अगस्त महिनामा झापाको दमक स्थित बेलडाँगी शिविरका १४ जना शरणार्थी त्यहाँ लगिएपछि यो संख्या बढेको हो ।
न्युजिल्याण्डले केही हजार शरणार्थी मात्र आफ्नो मुलुक लैजाने यसअघि नै स्पष्ट पारिसकेको थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


अबैध रुपमा वन फडानी गरी काठ बिक्री गरेको भन्दै इलामको बाँझो स्थित त्रिबेणी सामुदायिक वनका उपभोक्तले आपत्ति जनाएका छन् ।
उपभोक्ताहरुले गएको चैतदेखि कार्य अवधि सकिएको उपभोक्ता समितिले मनोमानी ढंगबाट रुख काट्ने र बिक्री बितरण गर्ने गरेको आरोप लगाएका हुन् ।
अवैध तवरले काँचो साँखु चिरानी गरी रोयल्टीभन्दा बढी परिमाणको काठ बिक्री गर्न लागेकोले बिना छानबिन बिक्री वितरण गर्न रोक लगाउन लागेको लेखा समितिका संयोजक गजेन्द्र राईले बताउनु भयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

आज राति दुईवटा चन्द्रमा देखिने

फोटो, यस्तो पनि हुँदो रहेछकुनै प्रतिकृयाहरु छैनन् »

2-moons

“बाबा आज राति साढे १२ बजे दुईटा जुन देखिन्छ रे सरले भनेको । हामी हेरौं ल कसरी देखिदोरहेछ दुइटा जुन ।’ भन्दै कान्छी छोरी उसको उत्सुकता मलाई सुनाउन आइ स्कूलबाट फर्किनेवित्तिकै ।

आज अगष्ट २७ तारिक अर्थात भदौ ११ गते मैले आजको दिन दुईवटा चन्द्रमा देखिने भन्ने सुनेदेखि मोवायल फोनमा ठिक १२ बजेको अलार्म सेट गरेर राखेको छु । मंगलग्रह पृथ्वीको नजिक आउँदा ठूलो देखिने भएकोले आकाशमा दुईवटा चन्द्रमा जस्तो देखिने हुनाले उक्त दृष्य निकै नै मनमोहक होला भन्ने अनुमान छ । तर कसै कसैले खाली आँखाले हेर्र्दा त्यस्तो खासै फरक देखिँदैन पनि भन्दैछन् । अनि कुनै कुनै वेवसाइटहरुमा यो कपोलकल्पित कुरा हो भन्ने पनि लेखिएको रहेछ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

छोटकरी

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि झापाको गौरादह-४ का तिलक सुवेदीलाई घाइते बनाएको छ । मंगलबार बेलुकी डिपुचोकबाट बरगाछीस्थित आफ्नो घर जाने क्रममा उनीमाथि आक्रमण भएको बताइएको छ । उनको टाउकोमा तीन ठाउँमा धारिलो हतियार प्रहार गरेको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै पारिवारिक श्रोतले जनाएको छ । उनको भारतको सिलिगुढीमा उपचार भइरहेको छ ।
सुवेदी डिपुचोकमा साइकल मेकानिकको रुपमा काम गर्दै आएका व्यक्ति हुन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचार1 प्रतिकृया »


झापाको दमकस्थित सिद्धार्थ उच्च माध्यमिक विद्यालयमा भएको विवाद साम्य भएको छ ।
त्यहाँ विद्यार्थीलाई कुटपिट गरिएको विषयलाई लिएर विद्यार्थीले विद्यालयमा तोडफोड गरेपछि ३५ जना विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको थियो ।
आज चार विद्यार्थी संगठन अभिभावकका प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिबीच वार्ता भएपछि समस्याले निकास पाएको हो ।
घटनामा संलग्न रहेका मध्ये ९ जना विद्यार्थीलाई अभिभावकले पुनः त्यस्ता घटना नदोहोर्याउने व्यहोरा सहितको कागजमा हस्ताक्षर गराएपछि विवादले निकास पाएको हो ।
विद्यालयमा प्रवेश गर्न नदिइएका सबै विद्यार्थीलाई भोलिबाट कक्षा लिन दिने र पठन पाठन सुचारु गर्ने सहमति भएको एकिकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका झापा ७ का क्षेत्रिय संयोजक विनोद तिम्सीनाले बताए । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

त्यसो होइन यसो पो त ।

दस्तावेज, शरणार्थीकुनै प्रतिकृयाहरु छैनन् »

झापा र मोरङका ७ वटै भुटानी शरणार्थी शिविरका सचिवहरुले शरणार्थीहरु पुनस्थापना गरिएका मुलुक घुम्न पाँउ भनिदिएको निबेदनप्रति आत्मआलोचना गरेका छन् ।
गएको भदौ २ मा सचिवहरुले संयुक्त रुपमा अन्तराष्ट्रिय आप्रबास संगठन र संयुक्त राष्ट्र संघिय शरणार्थी आयोगमा पुनस्थापना गरिएका ७ वटै मुलुक घुम्न पाँउ भनि दिबेदन दिएका थिए ।
भुटानमा संघर्षरत बिभिन्न संगठनले त्यसको बिरोध र आलोचना गरेपछि साता दिनपछि सचिवहरुले गल्ती भएको स्वीकार्दै स्वदेश फिर्तीको पक्षमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
आज सचिवहरुले संयुक्त बिज्ञप्ती मार्फत आफुहरुले पुनर्बास भएका भुटानीहरुको अवस्था बुझ्नका लागि निबेदन दिएको स्पष्ट पारेका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in