१
आजसम्म २१ हजार पाँचसय ६ जना शरणार्थी पुनर्वासमा तेस्रो देश गईसकेका छन् । पुनर्वासमा सवैभन्दा बढि अर्थात १८ हजार सात सय ७२ जना अमेरिका गएका छन् । त्यस्तै दोश्रोमा अष्ट्रेलियामा नौ सय २९ जना पुनर्स्थापित भएका छन् । अरु देशहरु क्यानाडामा ८१५, नर्वेमा २९९, न्यूजिल्याण्डमा २९४, डेनमार्कमा २७७ र नेदरल्याण्डमा १२० जना पुनर्स्थापित भएका छन् ।
१
झापाको दुई फरक स्थानमा भएको सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लखनपुर गाविस वडा नं. १ निवासी ६० वर्षिय अन्धारु ताजपुरीया र इलामको चुलाचुली गाविस वडा नं. २ निवासी वर्ष ९ का निरज पराजुली रहेका छन् ।
ताजपुरीयालाई गत टीकाको दिन स्थानिय दशैंमेला भरेर फर्कने क्रममा पूर्वपश्चिम राजमार्गको पाडाजुँगी चौकमा पूर्ववाट आइरहेको वा २ ख ४६५ नम्वरको गाडीले ठक्कर दिएको थियो । ठक्करपछि शख्त घाइते भएका ताजपुरीयाको धरानस्थित घोपा अस्पतालमा उपचारको क्रममा १३ गते मृत्यु भएको कुरा प्रहरीले जनाएको छ ।
अपडेट (विहान ११:४०) :
धरान चर्च दुर्घटनामा मृत्यु हुने भुटानी शरणार्थी एक जना मात्र भएको पुष्टि भएको छ । दुर्घटनाको खवर सुनेर धरान पुगेका वेलडाँगीका सामुयललाइ मैले फोनबाट जानकारी मागेको थिएँ । उनका अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेमा वेलडाँगी २ (विस्तारित), सेक्टर वी २, छाप्रा नं. ५२ की ८२ बर्षीया वृद्धा दिलमाया ल्वागुन रहेकी छन् ।
धरान-१९ भिक्टोरिया चोकस्थित चर्चमा दुर्घटना हुँदा चार बालबालिकासहित २३ जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजे सियोन चर्चमा आयोजित अन्तर्राष्ट्रिय पवित्र सम्मेलनका लागि बनाइएको बाँसको अस्थायी दुईतले टहरा भत्किएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा ६४ जना गम्भीर घाइते भएकाहरुको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको प्रहरीले वताएको छ ।
क) विषय प्रवेशः
गएको जुलाई १३ को कान्तिपुरमा ‘सबैभन्दा खुशी मुलुक कोष्टारिका’ शिर्षक समाचार पढ्न पाइयो । न्यू इकोनमिक्स् फाउन्डेशन (एन.इ.एफ) ले १४३ मुलुकहरुमा गरेको सर्वेक्षणपछि एच.पि.आई. (ह्याप्पी प्लानेट इन्डेक्स; ग्रहमा खुसी सूचकांक)- २००९ मा कोष्टारिका सबसे बढी खुसी एवं सफल मुलुक प्रमाणित भएकोमा तत्कालै उक्त मुलुकलाई बधाईसम्म दिन सकिन्छ ।
तर यी पंक्तिहरुमा चाहि एच.पि.आई.- २००९ को १७ औं स्थान ओगट्न सफल भुटानको वास्तविक कुरुप चेहरा उदांगो पार्न खोजिएको हो । निहत्था जनताको रगतले लत्पतिएर कुरुप बनाइएको आफ्नो देशको सक्कली रुप छर्लङ्ग पार्नु आफ्नो अधिकार र कर्तव्य दुवै ठान्दछ यो पंक्तिकार । विश्वका मुलुकहरुको सफलता र खुसी जाँच्ने कसीका रुपमा एच.पि.आई. लाई प्रचार गरेको एन.इ.एफ ले कुल गार्हस्थ उत्पादन (जि.डि.पि) र मानव विकास सूचकांक (एच.डी.आई) को विधि र आधारलाई समेत चुनौति दिएर जे-जेलाई आधार बनाएको छ, तिनकै आधारमा पनि विश्वको १७ औं खुसी एवं सफल मुलुक भूटान हुनै सक्तैन । सचेत भूटानीहरु मध्ये एक हुनुको नाताले आफ्नो देशको वास्तविक स्थितिको धेरै गहिरो जानकारी छ भन्ने दावी गर्न गाह्रो लागेको छैन ।
अमेरिकाका विभिन्न शहरहरुमा पुनर्वास भएर गएका भुटानी शरणार्थीहरुले दशैं मनाइरहेका छन् । यसै क्रममा केही शहरमा दशैं सम्वन्धी विविध कार्यक्रममा केही भिडियोहरु मैले यहाँ राखेको छु । यी भिडियोहरु युट्युव बाट लिइएका हुन् ।
साथै दशैंका विविध कार्यक्रममा फोटोहरु, भिडियोहरु यहाँहरुसँग भएमा तितोपिरोमिठो मार्फत अरु साथीहरुलाई शेयर गर्न सक्नु हुनेछ । कृपया आफूसँग भएका फोटो भिडियो titopiromitho@gmail.com मा पठाउनु हुन अनुरोध गर्दछु । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
महेन्द् राजमार्गको केर्खा सितापुरी खडक खण्डमा हिजो एउटा अचम्मको दुर्घटना भएछ । दशैंको वेला, राँगा, खसीको वलि दिए जस्तै मोटरसाइकलको पनि वलि दिए जसरी नै भएको छ सो दुर्घटना । घटनामा परेका व्यक्तिको धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । तर घटनामा पर्ने व्यक्ति अर्थात मोटरसाइकल चालकको नाम, दुर्घटनाको कारण र अन्य जानकारी चाहिँ पाउन सकिएन ।
जोखिममा पारिएका वालवालिकाको निधारमा शरणार्थी अगुवाहरुको हातबाट सामुहिक टिका कार्यक्रम भूटानी शरणार्थी शिविरको बेलडाँगी-१मा रहेको सामूदायिक बालस्याहार केन्द्रमा सम्पन्न भएको छ ।
आफ्नो हक-अधिकारबाट वञ्चित रहेका तथा अथवा अभिभावकको मायाबाट टाढा रहेका वालवालिकालाई विगतका दिनहरुदेखि भूटानी शरणार्थी महिला मञ्चको विधान अनुसार शिविरमा रही जोखिममा पारिएका वालवालिका तथा महिलाहरुको हक-अधिकार सम्बन्धि बुलन्द आवाजका साथ वाक स्वतनत्रताकालागि यूएनएचसिआरसगँको सहकार्यमा केन्द्र सञ्चालित छ ।

असहाय वालवालिकाहरूलाइ टिका लगाइ दिँदै भुटानी पत्रकार विद्यापति मिश्र
यो सालको दशैं पनि आयो आयो भन्दाभन्दै सकियो । हुन त पूर्णिमासम्म दशैं मान्ने र टिका लगाउने चलन छ । तर मैले थाहा पाएसम्म पश्चिम नेपालका मानिसहरुले विजयादशमीको दिन एक दिनमात्र दशैंको टिका लगाउने गर्छन् ।म त पूर्वकै वासिन्दा भएपनि मैल थाहा पाउन थालेदेखि टिकाको भोलिपल्टदेखि दशैंको टिका लगाउन यताउता गएको छैन । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
