सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


गौरीगञ्ज नाकाबाट अबैध रुपमा भारत लैजादै गरेका ४४ वटा गाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।
झापा र मोरङका बजारहरुबाट ल्याइएका सो परिमाणको गाईहरु शसस्त्र प्रहरी सीमा सुरक्षबल गौरीगञ्जले शुक्रबार पक्राउ गरेको हो । प्रहरीका अनुसार गाई व्यापारमा संलग्न व्याक्तिहरु भने फेला परेका छैनन् । पाथीभरा शसस्त्र प्रहरी गण लखनपुरका गणपति गणेश ठाडा मगरले दिएको जानकारी अनुसार गाई धनीहरु नआएपछि पक्राउ गरिएका सो गाईहरु रु १ लाख ५० हजारमा छोटी भन्सार गौरीगञ्जले शनिबार लिलाम गरेको छ । गाईको न्युनतम मुल्य तोकी भन्सारले लिलाम खरीद गरेको हो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

आइओएमको असमान व्यवहार

शरणार्थी, समाचार9 प्रतिकृयाहरु »

श्रीधर न्यौपाने गोलधाप शरणार्थी शिविर सेक्टर वी-२ छाप्रा नम्बर ६ मा बस्नछन् । ९ जनाको परिवार थियो एउटै भाँडाको भात खाने । एकैचोटी परिवारका सबै सदस्यले पूर्नवाशमा जान फारम भराएका हुन् । परिवारका चार जना अष्ट्रेलिया पुगिसके तर बाँकी पाँच जना थाह पत्तैविना कल्पना गरेभन्दा बाहिरको ढिलाई भोगिरहेका छन् ।
गोलधापका श्रीधरको मात्र होइन, बेलडाँगी २ सेक्टर ए १ छाप्रो नम्बर १० का पद्मलाल मिश्रको पनि समस्या उही हो । के कारण र किन आफ्नो परिवारको पूनर्वास यात्रा ढिलो भइरहेको छ भन्ने कुरो पद्मलालले पनि ठम्याउन सक्नु भएको छैन । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

एसीए : जापानमा समाजसेवी, नेपालको दाता !

फोटो, विदेश, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »
japan4

नेपाली नोटहरु संकलन गरी राखिएको

हरेक क्षेत्रमा शक्तिशाली एवम् सम्पन्न मुलुक भएर पनि जापानी नागरिकमा ‘भोलेन्टीएर’ अर्थात् समाजसेवी भावना निकै पाइयो । समयचक्रसँगै चल्ने जापानका प्रायः नागरिकहरुले आफ्नो व्यस्त कामलाई पन्छ्याएरै भएपनि महिनामा कम्तीमा एक दिन मात्र किन नहोस्, आफूलाई समाजसेवामा समर्पित गर्न पाउँदा गौरवको अनुभूति गर्दारहेछन् ।
जापानीहरुकै मात्र सहयोगमा नेपालमा विगत सत्र वर्षेखि क्रियाशिल गैरसरकारी संस्था एसीए जापानले आफ्नै पहलमा नेपाली विद्यार्थी, शिक्षक र पत्रकारको एक टोलीलाई हालै दुइ साता लामो जापानको भ्रमण गराएको थियो । भ्रमणकै सिलसिलामा भ्रमण दललाई स्वयम् एसीएको कार्यालय, उसका परिवार र उनीहरुका दैनिक गतिविधि बारे पनि नजिकबाट अवलोकन गर्ने अवसर मिल्यो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचार7 प्रतिकृयाहरु »


डेढ वर्षअघि दमकको मुख्यचौकमा अवस्थित लक्ष्मी वैंक लुटपाटको घट्नामा सम्लग्न एक जना भुटानी शरणार्थीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा वेलडाँगी -१ भुटानी शरणार्थी शिविरका सेक्टर जी का २२ वर्षीय डाकमान भुजेल रहेका छन् । भुजेललाई दमकको वसपार्क नजिकवाट पक्राउ गरिएको थियो । उक्त वैंकवाट लुटिएको १७ लाख रुपयाँ सहित घट्नामा सम्लग्न रहेका तीन जना भुटानी शरणार्थी भने तत्काल पक्राउ परेका थिए । भुजेलको पनि सोही समयदेखि नै प्रहरीले खोजी गरिरहेको थियो । उक्त वैंकवाट दिउँसै ७/८ जनाको संख्यामा आएका लुटेराले ७९ लाख रुपयाँ लिएर फरार भएका थिए । जसमध्ये हालसम्म १७ लाख नगद सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


सहकारीको नाममा ठगेर सञ्चालकहरु भागिरहेको बेलामा पनि सहकारी खुल्ने क्रम भने जारी छ ।
शुक्रबार मात्र झापाको दमकमा एक नयाँ सहकारीले आफ्नो प्रारम्भीक साधारणसभा सम्पन्न गरेको छ । दमक ११ स्थित सूर्यकिरण बचत तथा ऋण सहकारी संस्था नामको सो सहकारी संस्थाले केही दिन अघिदेखि मात्र कारोबार गर्न थालेको थियो ।
सहकारीको प्ररम्भीक साधारण सभाका बक्ताहरुले सहरकारीको मूल्य मान्यता र सिद्धान्तलाई गाउँ गाउँमा पुर्याउन आवश्यक रहेको कुरामा जोड दिएका थिए । कार्यक्रमा पत्रकार महासंघ झापाका उपाध्यक्ष बिष्णु सुब्बा, दमक मनी चेन्जरका प्रोपाईटर, प्रेम बहादुर राई लगायतले बोल्नु भएको थियो । सो सभामा सहकारीका अध्यक्ष प्रदिप कुमार भट्टराईले करीब ७ लाख ५८ हजार बराबरको आयव्यय प्रस्तुत गनुभएको थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सरोकार पूर्वमा पनि

फोटो, शरणार्थी, समाचार1 प्रतिकृया »

उपत्यका र आसपासका जिल्ला विगत तीन बर्षदेखि बज्दै आएको भूटान मिडिया सोसाइटीको साप्ताहिक रेडियो कार्यकम्र शरणार्थी सरोकार अब धरानबाट पनि बज्न सुरु गरेको छ ।
भूटान मिडिया सोसाइटीद्वारा जारी विज्ञप्तीका अनुसार ९५.१ मेगाहर्ज गणतन्त्र एफएम धरानबाट गत अक्टोबर १८ देखि सो कार्यक्रम साप्ताहिक रुपमा बजाउन सुरु गरिएको हो ।
“नेपाल एफएम काठमाडौंबाट बज्ने शरणार्थी सरोकार अब स्याटलाइटको सहायतामा गणतन्त्र एफएम धरानबाट पनि सुन्न सकिन्छ,” विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

साउदीका अरबी र नेपालको गरीबी

प्रवास, विचार1 प्रतिकृया »

bisnuहैन हजुर, मेरो भिसा अझै लागेन ? ६ महिना भइसक्यो, मेरो एग्रिमेन्ट पेपर अझै आउँदैन ? मैले भने बमोजिमको भएन भने ५०० सेलरीको भएपनि हुन्छ । त्यसैमा मेरो पासपोर्ट एप्लाई गरिदिनुहोस् । आः˜ कति बस्नु नेपालमा ! विदेश जान पाए सबै कुराको समाधान हुन्थ्यो !
माथिको प्रसंग कुनै नौलो होइन । यी प्रसंगहरु काठमाण्डौका मेनपावरमा मात्र नभई नेपालका विभिन्न शहरका मेनपावरमा हरेक दिन सुन्न पाइन्छ र मैले सुनेको पनि थिएँ । माथिका यस्ता कुराहरुले प्रष्ट पार्छ कि हामी नेपालीलाई विदेश जाने र धन कमाउने कत्रो धोको रहेछ त ! नेपाल छोड्ने वित्तिकै उसको सम्पूर्ण समस्या समाधान हुने कत्ति ठूलो विश्वास । के उसले धन कमाउन विदेश नै जानुपर्ने कारण किन ?

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

परिभाषामा नपरेकी उनी

कथा, प्रवास, साहित्य, साहित्यिक शुक्रवार1 प्रतिकृया »

कागजको सानों टुक्रा हातमा थमाउँदै पुलुक्क मुखतिर हेरेर आफ्नों सिटमा फर्किन् उनी । ट्याक्सीमा पोका पन्त्यौरा खाँदेर कलंकी बस स्टैण्ड छाड्दै आफू बसेको कोठातिर हुइँकिएँ । टुक्रा खोलेर पढें, ‘भोलि बिहान ठीक १० बजे फोन नं. … मा फोन गर्नुहोला ।’ दोहोर्याई तेहेर्याई पढेर खल्तीभित्र सम्हालेर राखें । कोठामा पुगेपछि सन्चो नभएको बहाना ओछ्यानमा पल्टिएँ । भोलिपल्टको दस बजेको पर्खाइ मेरो लागि जुगौं भयो ।
स्नातक तहको पढाइ सकेपछि मैले काठमाडौं गएर पढ्ने निधो गरें । क्याम्पस छोडेपछि उनीसँगका भेटघाट पनि पातलिए ।काठमाडौं आउनेबेलामा पनि भेट भएन ।मध्यम परिवारमा हुर्किएको हुनाले काठमाडौंमा जागिर खाएर मात्रै पढाइलाई निरन्तरता दिन सकिने मेरो बाध्यता थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

जितेन मुस्कानका ३ रचना

कविता, गजल, शरणार्थी, साहित्य, साहित्यिक शुक्रवार20 प्रतिकृयाहरु »

jiten-muskanगजल

१.
विजयको इतिहास लेख्छ ज्युँदो मान्छेले
पाइला पिछे सिखर टेक्छ ज्युँदो मान्छेले

कायरहरु कराउँदै डराउदै हराउँछन्
यही ढुङ्गामाटोमा हिरा देख्छ ज्युँदो मान्छेले

देशलाई रेटेर स्वाभिमान मेट्नेहरुलाई
कञ्चनजङ्गजस्तो छाती बोकेर छेक्छ ज्युँदो मान्छेले

हर्दम परिश्रमको पसिना चुस्नेहरुलाई
आगो खागो भएर लखेटछ ज्युँदो मान्छेले पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


भाषाविद् एवम् प्राध्यापक डा. के आर खम्वुसहित तीन जनालाई झापाको कोरोवारीको एक कार्यक्रममा सम्मान गरिएको छ ।
इन्द्रेणी युवा क्लवले बुधबार आयोजना गरेको कार्यक्रममा डा. खम्वु, ८० बर्षीय पथारु राजवंशी र ८८ बर्षीया मनमाया न्यौपानेलाई सम्मान गरिएको हो ।
झापा क्षेत्र नं. ६ का सभासद् दीपक कार्कीले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएका थिए । उनले त्यस अवसरमा क्लवद्वारा प्रकाशन गरिएको कोरोबारी दर्पण नामक पुस्तकको विमोचन समेत गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, झापा शाखा उपसभापति भोला प्रसाद खतिवडा, कोरोवारी दर्पणका सम्पादक श्याम न्यौपाने, आदर्श मा.वि.का प्रधानाध्यापक लक्ष्मण राजवंशी, नेपाली काँग्रेशका क्षेत्रीय सदस्य मोहन बस्नेत र नेकपा एमालेका जिल्ला सदस्य विष्णु न्यौपानेले मन्तव्य राखेका थिए ।
सम्मानित व्यक्तित्व डा. खम्वु २०१८ सालदेखि कोरोवारीमा रही त्यहाँको आदर्श मा.वि.मा कक्षा ५ देखि विद्यालय तहको अध्ययन गरेका थिए । उनले जर्मनीको एक विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in