१
शिविरमा धम्की दिदैं हिड्ने एक जना भुटानी शरणार्थी युवालाई प्रहरीले समातेको छ । शुक्रवार बेलडाँगी १ शिविर बस्ने नन्दलाल घिमिरेलाई धम्की दिने सोही शिविरको सेक्टर एफ ३, हट नम्वर २२६ बस्ने २३ बर्षिय बीरवहादुर मैनालीलाई सशस्त्र प्रहरीले समातेको हो । उनले घिमिरेलाई तेस्रो मुलुक पुनवासको प्रकृया कहाँ पुग्यो ? कुन कुन कार्यालय धाउँदैछस् ? भन्दै धम्की दिने गरेको भन्ने घिमिरेको उजुरीको आधारमा मैनालीलाई पक्राउ गरिएको शसस्त्र बेस क्याम्प बेलडाँगीले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमक ल्याइएको बताइएको छ ।
साथै घिमिरेले आफ्नो तथा परिवारको सुरक्षाका लागि सम्वन्धित निकायसँग निवेदन समेत गरेको बताएका छन् ।
१
इलामको चुलाचुलीमा शुक्रवार दुई पक्षबीच भएको विवादमा गाउँलेको कुटपिटबाट एकजना युवाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आशंकामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा नं ७ स्थित पेल्टीमारीमा आफन्त अगमद्वीप राईको घरमा भएको छलफलमा गाउँलेको कुटपिटबाट झापा लखनपुर १ बस्ने राजबहादुर राईको मृत्यु भएको हो । राईका फुपाजुकी छोरी र गाउँकै एक स्थानिय युवाबीच भएको विवाहको विषयलाई त्यहाँ छलफल हुदैं गर्दा दुबै पक्षबीच विवाद भएको थियो । प्रहरी चौकी चुलाचुलीले घटनामा संलग्न रहेको आशंकामा ११ जनालाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।
परिर्वतन नाट्य परिवारको प्रस्तुतीमा फूलपातीको दिनदेखि सुरु भएको एच.आइभि.एड्स सम्बन्धी सडक नाटक आज बेलडाँगी-१को विभिन्न सेक्टरहरुमा प्रस्तुत गरिएको छ ।
भूटानी शरणार्थीहरु रोजगारीको लागि शिविर बाहिर काम गर्न वर्षेनी जाने भएकाले उनीहरुमा एच.आइ.भी.एड्स सम्बन्धि कुनै पनि चेतना नभएकाले नाट्य परिवारले भूटानी शरणार्थीहरुको स्वस्थ्य चौकी आम्दा नेपालको आयोजनमा दशैंभरि सो चेतनामूलक नाटक प्रस्तुत गरिने परिवारका अध्यक्ष आइत गुरुङ्गले बताउनु भयो ।
अमेरिकाको साउथ क्यारोलीनाको स्पार्टवर्ग काउन्टीमा रहेको सिट्को ग्याँस स्टेशनमा एक नेपालीको हत्या भएको छ । हत्या हुनेमा पर्वत शंकरपोखरी गाविस कुँडापानी घर भएका रवीन्द्र शर्मा रहेका छन् । शर्मा ग्याँस स्टेशनका सञ्चालक पनि हुन् ।

१.
कुराले संसार धोएर जित्छिन्
मन्दिरको ढुंगा छोएर जित्छिन्
जित्ने आदत वसेछ क्यार
केही नभए रोएर जित्छिन्
२.
बसन्त बहार नियाल्छु
वेसी र टार नियाल्छु
विन्ति त्यो आँखालाई आसुँले नढाक
जहाँवाट म आफ्नो सुन्दर संसार नियाल्छु पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
कुरा २१ एप्रिल २००९ को हो । म झापाको खुदुनाबारी शिविरमा एक कार्यक्रम अझ भनुँ मिटिङको निम्ति त्यहाँ गएको थिए । कार्यक्रममा परिचयको क्रम सुरु भयो । मैले पनि मेरो पालोसँगै आफ्नो परिचय दिएँ । त्यस कार्यक्रममा सातै शरणार्थी शिविरका युवा मैत्री केन्द्र (वाइ एफ सी)का संयोजक र हामी मासिक साहित्यिक पत्रिका ‘प्रतीत’का सम्पादन मण्डली उपस्थित थियौं । साथमा फादर पिटर पनि उपस्थित हुनुहुन्थ्यो । करिब ३ घण्टापछि कार्यक्रम सिद्धियो । कार्यक्रममा के-के भए कस्ता कुरा भए भन्ने सवाल यस कथामा खासै उल्लेख नगरे पनि हुने सम्झेर म त्यो लेखिरहेको छैन । म केही गर्मी महसुस गर्दै कोठाबाट बाहिर निस्केर धारातिर लम्किरहेको थिएँ । मलाई पछाडिबाट कसैले बोलाएको आवाज आयो म पछाडि फर्केँ । उ जसले मलाई बोलाएको थियो । उसले आफ्नो हात अगाडि बढाउँदै आफ्नो परिचय दियो । सर म विकल (परिवर्तित नाम) हुन त यस कथामा नाम परिवर्तन नगरे पनि हुने तर उसैको अनुरोधमा । मैले पनि आफ्नो परिचय दिए । म कृष्ण लिम्बू ।