झापा र मोरङ स्थित भुटानी शरणार्थी शिविरहरुमा विषयगत शिक्षकको अभाव हुन थालेको छ ।
पुनर्वासको कार्यक्रम शुरु भए यता धरै शिक्षकहरु अमेरिका लगायतका मुलुक तर्फ जान थालेपछि शिक्षकको अभाव देखिएको हो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Oct 05
Oct 05
१
झापाका ट्याक्टर व्यवसायीले ढुंगा निकासी गर्दा अवैध रुपमा कर तिर्नु परेको गुनासो गर्दै यो क्रम नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
झापा कन्काई माई ट्याक्टर संघले आज दमकमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष बद्रीप्रसाद खनालले जिल्ला विकास समिति बाहेक विभिन्न आधा दर्जन संगठनलाई कर बुझाउन व्यवसायी बाध्य भएको बताउनु भयो ।
उहाँका अनुसार जातिय संगठन, सामूदायिक वन, व्यवसायीका संस्था, सडक उपभोक्ता समिति लगायत संगठनलाई कर बुझाउन व्यवसायी बाध्य भएका छन् । मावा र रतुवा खोलाको ढुंगा इलामपट्टिबाट झापा तर्फ ल्याउँदा यसरी कर तिर्नु पर्ने अवस्था रहेको उहाँले जानकारी दिनु भयो ।