पत्याउनै छाडे

शरणार्थी, समाचार विश्लेषण8 प्रतिकृयाहरु »

विगत केही समययता स्वदेश फिर्ती पक्षधर भुटानी शरणार्थीका कार्यक्रमहरु समेत उपेक्षित हुन थालेका छन् ।
उनीहरुले आफ्ना समस्या र माग राख्न आयोजना गर्ने कार्यक्रममा न्युन उपस्थिती हुने क्रम त थियो नै तर शुक्रवार भने शुरु हुन लागेको कार्यक्रम समेत स्थगन गर्नु पर्यो । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले दमकमा प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासमक्ष आफ्ना माग राख्न अर्न्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । तर कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमन्त्रण गरिएका झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दहालनै अनुपस्थित भएपछि स्वदेश फिर्ती पक्षधरको कार्यक्रम नै स्थगन हुन पुग्यो ।
सहभागिताका लागि समितिका संयोजक डा भम्पा राई आँफैलें टेलिफोन गरि अतिथिहरुलाई डाकेका थिए । तर प्रजिअ मात्र नभएर अरु धेरै अतिथि नआउने भएपछि कार्यक्रम हुनै सकेन। प्रमुख जिल्ला अधिकारीले बन्दको कारण देखाउँदै आउन नसक्ने जनाउ दिएका थिए । “तर यस अघिका धेरै कार्यक्रममा पनि यस्तै समस्या भएको थियो” डा राईले भने “पुनर्वास शुरु भएयता हाम्रा कुरा सुन्न छाडिएको छ । हाम्रो आन्दोलन निस्तेजप्रायः भएको छ ।”

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


ठूला राजनैतिक दलहरुले समेत जातीय राज्य स्वीकार गरिसकेको बेला नेकपा मालेमा महासचिव सिपी मैनालीले भने जातिको आधारमा संघीय राज्यको निर्माण हुन नसक्ने बताउनु भएको छ ।
आईतबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै महासचिव मैनालीले नेपालमा कुनै पनि जातिको आधारमा बहुमत नभएकोले जातिको आधारमा संघीय राज्य निर्माण गरिनु उपयुक्त नहुने बताउनुभयो । जातिको आधारमा राज्य निर्माण गरिए द्वन्द झन चर्किने बताउनुहुँदै त्यसको लागि हिमाल, पहाड र तराईलाई मिलाएर संघीय राज्यको खाका कोरिनु पर्ने जिकीर गर्नुभयो । आफ्नो पार्टीको संघीयताको मुद्दामा जनमत संग्रहमा जानुपर्ने धारणा रहेको बताउनुहुँदै नेता मैनालीले जनमत संग्रहमा जान नसक्नु मुलुमको लागि ठूलो दुर्भाग्य भएको राय व्यक्त गर्नुभयो । उहाँले आफ्नो पार्टरी निर्बाचित प्रधान मन्त्रीको पक्षमा रहेको समेत बताउनुभयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in