१
झापाको तोपगाछीमा औद्योगिक करिडोर स्थापाना गर्न आग्रह गर्दै दमक उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले आज वन मन्त्री दीपक बोहोरासँग भेटघाट गरेको छ ।
वाणिज्य संघका अध्यक्ष प्रकास प्रसाईको नेतृत्वमा दमकबाट राजधानी गएको व्यापारी र झापाका सभासदहरु केशवकुमार बुढाथोकी, दीपक कार्की र उषा गुरुङ सहितको प्रतिनिधिमण्डलले वनमन्त्री बोहोरालाई उहाँकै कार्यकक्षमा भेटर करिडोर स्थापनाको प्रकृया शुरु गर्न आग्रह गरेको हो ।
प्रतिनिधिमण्डलका सदस्यले वनमन्त्रीलाई यसअघि प्रस्ताव गरिएको तोपगाछी स्थित रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रमै औद्योगिक करिडोर स्थापनाका लागि जग्गा उपलब्ध गराउन आग्रह गरेको थियो ।
नेपाली बिदेसिने क्रमसँगै नेपाली पत्रकारितासमेत विस्तार भएको छ । जहाँजहाँ नेपाली पुगेका छन्, त्यहाँ नेपाली भाषाका सञ्चारमाध्यमको समेत प्रारम्भ भएको छ । युरोप, अमेरिका, खाडी र एसियाली राष्ट्रमा नेपाली भाषाका सञ्चारमाध्यम बढ्दो छ ।
२०५० को प्रारम्भमा अनलाइन पत्रिकाबाट सुरु भएको प्रवासी पत्रकारिता १६ वर्ष टेक्दा छापा, रेडियो र टेलिभिजनमा समेत प्रवेश गरिसकेको छ । छापामाध्यमको संख्या पनि अनलाइनकै हाराहारीमा पुगिसकेका छन् भने विस्तारै रेडियो र टेलिभिजनको संख्यासमेत बढिरहेको छ ।
