सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


चालु आर्थिक बर्षको चार महिनामा झापा जिल्लामा नौ दिन सत्र घण्टा आठ मिनेट बन्द भएको छ । साउनदेखि कार्तिक मसान्त सम्ममा बिभिन्न राजनैतिक दल तथा समुहले गरेको आन्दोलनका कारण जिल्ला बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार सबै भन्दा बढि साउन महिनामा पाँच दिन तेइस घण्टा तीस मिनेट जिल्ला बन्द भएको थियो ।
२०६५ साल चैत्र २९ गते भएको चालक दिपक पाण्डेको हत्याको बिषयलाई लिएर साउन १ गतेदेखि उचित क्षतिपूर्तिको माग राख्दै यातायात मजदुरहरुले बन्द आव्हान गरेका थिए । मजदुरले १ गतेदेखि ६ गते साँझ साढे ६ बजे सम्म ५ दिन १० घण्टा ३० मिनेट बन्द गरेको ट्राफिक प्रहरी हवल्दार कृष्णप्रसाद पोखरेलले बताए । साउन महिनामा संघिय लिम्बुवान राज्य परिषदले पनि बन्द आव्हान गरेको थियो । उसले साउन १३ गते बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म १३ घण्टा जिल्ला बन्द गर्यो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

न्यायाधिश नियुक्तिप्रति ह्युरोवको चासो

दस्तावेज, शरणार्थी1 प्रतिकृया »

भुटानमा हालै गरिएको प्रधान न्यायाधिशको नियुक्तिलाई लिएर भुटान मानवाधिकार संगठन (ह्युरोव)ले चासो प्रकट गर्दै प्रधान न्यायाधिश छनौट समितिलाई एउटा ध्यानाकर्षण पत्र पठाएको छ । छनौट समितिका अध्यक्षलाई सम्वोधन गरिएको उक्त पत्रमा ह्युरोबका अध्यक्ष एस वी सुव्बाद्वारा हस्ताक्षर गरिएको छ । उक्त पत्र ह्युरोवले जस्ताको तस्तै प्रेश विज्ञप्तिको रुपमा पनि प्रकाशित गरेको छ । सो पत्र यस प्रकार छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

अवसर देउ, गरेर देखाइदिन्छौं ।

प्रविधि, फोटो, समाचार विश्लेषण5 प्रतिकृयाहरु »

अवसर नपाएर मात्र हो, अवसर पाउने हो भने नेपाली युवाहरू पनि विदेशीभन्दा कम छैनन् भन्ने कुरा हालैका दिनहरूमा नेपाली युवाहरूले गरेका विभिन्न आविष्कारहरूले प्रमाणित गरिदिएका छन् । गत सालतिर मात्रै नेपाली विद्यार्थीहरूले “डाँफे” नामक हवाइ जहाज बनाएर सफल परीक्षण उडान समेत गरेका थिए । त्यस्तै केही महिनाअघि भारतको तमिलनडुमा अध्ययनरत एक जना नेपाली विद्यार्थी कल्याण श्रेष्ठले पनि आफ्ना सहपाठीहरूको सहयोगमा हवाइजहाज बनाएका छन् ।
नेपाली युवाहरूले आफ्नो प्रतिभा देखाउने क्रममा एक महिना अगाडि वाग्लुङका कुशल केसीले सोलर कार बनाएका छन् । उक्त कारमा हिजो मात्र उनले प्रधानमन्त्री माधव कुमार नेपाललाइ नेकपा एमाले पार्टी कार्यालयअगाडि परीक्षणका लागि चढाएको फोटो पनि आजको कान्तिपुरमा छापिएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

निराश छैनन् निर्मला

फोटो, व्यक्तित्व3 प्रतिकृयाहरु »

nirmala-2“आमाले भन्ने गर्नुहुन्थ्यो तील वा तोरीको दाना जत्रो अवसर आएपनि त्यसलाई सहि ढंगले सदुपयोग गर्नु पर्छ । जीवन संघर्षमय छ । सकारात्मक सोच र कर्तब्यबाट यस्लाई सार्थक बनाउन सकिन्छ । जीवनमा हरेश र चरेस कहिल्यै नखानु ।” यहि भनाईलाई आत्मसात गर्दै अघि बढिरहेकी निर्मला अहिले दृष्टि भएकाहरुका लागि पनि उदाहरण र प्रेरणाको स्रोत भएकी छन् । यद्यपि उनले जन्मदेखि नै बाहिरी चक्षुले उज्यालो र भौतिक संसारका संरचनाहरु देखेकी छैनन् ।

निर्मला ज्ञवाली गुल्मीको दरबारदेवीस्थान १ मा वि.सं २०४० सालमा जन्मिएकी थिइन् । दिदी सीता र दाई बलराम जस्तै उनले पनि जन्मजात दृष्टिविहिनको रुपमा संसारमा पाईला टेक्नु पर्यो । तर सयमले यति धेरै कोल्टे फेर्यो कि जीवन भोगाइका क्रममा निर्मलाले समयलाई पनि पछि पार्न सफल भईन् । उनी दृष्टि भएकाहरुबाट कुनै हिसावले पनि कमजोर छैनन् । समय र परिवेशलाई जित्ने धेरै थोरै नेपाली महिलाको सूचिमा उनले पनि आफ्नो नाम सुरक्षित गरेकी छिन् । दृष्टि हुनेहरुका लागि उनी गतिलो उदाहारण हुन् । झापा र मोरङ स्थित शिविरबाट भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गराईरहेको आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संगठन (आईओएम) मा कार्यरत निर्मलाको संर्घष बुझ्नेहरु उनीबाट प्रेरित हुने गर्छन ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

पुरुष !

विश्लेषण, सामाजिक1 प्रतिकृया »

एउटा साथी रुँदै आइपुग्यो । ठूलै घटना भएछ भन्ठानेर अत्तालिँदै सोधें, ‘के भो ?’ एकछिन सुँक्क-सुँक्क गरेर उसले भन्यो, ‘त्यसले धोका दिई ।’
‘कसले ?’
‘त्यही मोरीले ।’
‘को मोरीले ?’
‘त्यही क्या त्यही…!’
केही महिना लभ गरेर उसले गत दसैंअघि एउटी युवतीसँग बिहे गरेछ । त्यसको दुई महिना नबित्दै उसले छाडेर गइछे ।
‘कहाँ गई त ?’
‘अफिसको काममा इन्डिया जान्छु भनेर गएकी ।’
‘अनि के भो त ?’
‘केको इन्डिया जान्थी !’

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

कन्सर्टमा यस्तो देखियो ।

कला, फोटो6 प्रतिकृयाहरु »

concert_11

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

तेह् बर्षीया आमा

फोटो, यस्तो पनि हुँदो रहेछ, समाचार, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »

mother-in-13-years-ageविहेवारी वीस बर्ष पारी, वीस बर्षभन्दा कम उमेरमा सन्तान नजन्माउँ आदि जस्ता नारा रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरुमा बाक्लै रुपमा आउने गर्छन् । सरकारी र गैर सरकारी क्षेत्रबाट पनि यौन शिक्षा तथा सामाजिक कुरीति र अन्धविश्वास आदि विषयमा मनग्गै खर्च गरिरहेका छन् । तर पनि कहिलेकाहीँ सोच्न बाध्य बनाउँछ, कतै ती क्षेत्रमा लगानी गरिएको रकम वालुवामा पानी खन्याए जसरी खेर त गइरहेको छैन । नेपालमा कानुन छ क्यारे, अठार वर्षभन्दा कम उमेरमा विहे गर्न पाइदैन तर एघार बर्षमै विहे गरेर तेह्र बर्षमा आमा बनिसकेको समाचारले कता कता मन पोल्दो रहेछ । बाह्र तेह्र बर्ष अगाडि होला बेलायतमा एउटी १० बर्षकी बच्ची आमा भएको समाचारले संसार हल्लाएको थियो तर हाम्रो नेपालमै पनि तेह्र बर्षकी वालिका आमा बनेको समाचार पढ्दा हामी नेपालीमा चेतना कहिले आउने हो भन्ने पिरलो लाग्न थाल्यो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

विश्व प्रशिद्ध

फोटो17 प्रतिकृयाहरु »

copy-of-famous

यो फोटो हेरेर केही थाहा पाउनु भो ? थाहा पाए पनि नपाए पनि भित्र आउनुस्, म तपाईंलाई बताउँछु । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचार1 प्रतिकृया »


दर्ता नभएका शरणार्थीका १८ बर्ष ननाघेका छोराछोरीलाई दिँइदै आएको खाद्य सहायता अचानक रोकिँदा तिनिहरु मार्कामा परेको शरणार्थीका प्रतिनिधिहरुले बताएका छन् ।
अघिल्लो महिनादेखि त्यस्ता शरणार्थी बालबालीका तथा किशोर किशोरीलाई बिनापूर्ब जानकारी खाद्य सहायता दिन छोडिएको छ ।
खुदुनाबारी शरणार्थी शिबिरमा मात्र त्यस्ता दर्ता नभएका शरणार्थी बालबालिका मात्र कम्तिमा ५० रहेको शिबिर सचिब भानु ढुगांनाले शरणार्थी सन्देशलाई बताउनु भएको छ ।
उता शरणार्थीलाई खाद्य सहायता दिदैँ आएको बिश्व खाद्य कार्यक्रमले भने यस बारे केहि बताएको छैन ।
झापा र मोरङका सात शिबिरमा दर्ता छुटेका एकहजार पाँचसय बढी शरणार्थी चिनारु र आफन्तको सहायता र शिबिर बाहीरको श्रम बजार मजदुरी गरि पालिएका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

जातीय सफाया :

विचार, शरणार्थीकुनै प्रतिकृयाहरु छैनन् »

आजको प्रस्तुति एक यस्तो व्यक्तिवारे छ, जो भुटानको जातीय सफायामा परी नेपाल छिरेका थिए । यो, आफ्नै नागरिकहरुसँग गरिएको भुटानी सरकारको यस्तो रामकहानी हो, जसले बलियाको आडमा निर्धामाथि गरिने अनेकौँ अत्याचारका गाथाहरुको बखान गर्दछ र आफ्नो राष्ट्रियता, स्वाधिनता र मौलिकता गुमाएर पनि आफुलाई सार्वभौम र गौरवान्वित ठानिरहेका हामी नेपालीका लागि केही सन्देश दिनसक्ने हुँदा आजको प्रस्तुतिमा एक अभागी भुटानी नागरिकको आफ्नै जुबानीमा व्यक्त गरिएको यो रामकहानी पस्केको छु । प्रस्तुत छ पीडितको रामकहानी ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in