पत्याउनै गाह्रो

यस्तो पनि हुँदो रहेछ, विदेश तपाईंको प्रतिकृया थप्नुहोस्

१० वर्षे बालक सीईओ
मलेसियामा एक १० वर्षका बच्चा दुई कम्पनीका मुख्य कार्यकारी अधिकृत (सीईओ) बनेका छन्। उक्त बालकले प्रतिघन्टा लगभग लाख रुपैयाँ शुल्क लिएर केही विश्वविद्यालयमा लेक्चर दिन्छन्। स्थानीय दुई अखबारमा छापिएको खबरअनुसार चार कक्षामा पढ्ने अदि अब्दुल घानी स्कुल जान छोडेका छन्। उनी आमा दुई कम्पनीका सञ्चालन गर्छिन्। उक्त कम्पनीमा ती बालकलाई सीईओ नियुक्त गरिएको हो। यी बालकलाई केही विश्वविद्यालयले लेक्चर दिन आमन्त्रण गरेका थिए। बच्चाको आमाका अनुसार उनीहरू इन्टरनेटको माध्यमबाट विदेशी सेयर बजारबारे जानकारी राख्छन्। उनले इन्टरनेटबाटै पढाइ जारी राखेका छन्। उनले भनिन्– बच्चा गणित, भौतिक रसायन, भूगोल र जीव विज्ञानमा रुचि राख्छन्। उनीहरूलाई इतिहास र राजनीतिमा त्यति चासो छैन।

होची महिलाको घैंटे भुडी
सामान्यतया चार फिट होचा महिला गर्भवती हुँदैनन् भन्ने विज्ञान सिद्धान्तको अपवाद बनिन् स्टेसी हेराल्ड। स्टेसी हेराल्डको उचाइ दुई फिट चार इन्च छ। उनी तेस्रोपटक गर्भवती बनेकी छन्। चिकित्सकहरूले जोखिम हुने सल्लाह दिँदादिँदै उनी तेस्रोपटक गर्भवती बनेकी हुन्। ३५ वर्षीया स्टेसीलाई ओस्टियोजेनिसिस रोग लागेपछि हड्डी र फोक्सो बढ्न सकेन। उनका श्रीमान् विल पाँच फिट नौ इन्च अग्ला छन्। गर्भवती भएका बेला घैटो जत्रो भुँडीले आधा उचाइ ढाक्ने भएकाले उनी हिँड्न सक्दिनन्। हिँड्नका लागि उनले हि्वल चियरको सहारा लिन्छन्। सन् २००४ मा स्टेसी र विलको भेट भएको थियो। उनीहरू स्थानीय डिपार्टमेन्ट स्टोरमा काम गर्थे। विवाह भएको आठ महिनामै स्टेसी गर्भवती बनेकी थिइन्। उनको दुई छोरी छन्। ती दुवै छोरी आमाभन्दा अग्ला छन्।

भुडीमा सात सय ग्राम किला
उत्तरी पेरुका एक व्यक्तिको पेटमा झन्डै एक किलो जति फलाम भेटियो। निर्माण व्यवसायमा संलग्न रिकिलमी अबनातोले च्यानल–९ सँग भने, फलामको किला, ढक्की पैसा, तामाको तार खाने गरेको थिएँ। भुँडीमा फलाम राख्नसक्ने क्षमता छ भनेर कसैले भनेकाले आफूले खान थालेको बताए। गत फेबु्रअरीमा मात्रै १७ वटा फलामको किलो निलेको उनले बताए। पाँच इन्च लामो ती फलामको किलो उनले एकै दिनमा त्यति ठूलो परिणाममा निल्दा पनि उनको निधन भएन। काजामाका अस्पतालका शल्य चिकित्सक कार्लोस डेलगाडोले एपीलाई भने, एपेनडिक्स हुनुपर्ने हामीले सोचेका थियौं। यो घटनाले हामीलाई कुनै अचम्ममा पारेन, किनभने भुँडी दुलो परेको पायौं। २६ वर्षीया ती व्यक्ति मानसिक रोगी भएको पाइयो।

अग्लेको आफ्नै धुन
आफू अग्लो भएको कीर्तिमान त छँदैछ, त्यतिले नपुगेर उनी अर्को कीर्तिमान बनाउन सफल भए। गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रवक्ता जस्टिन ब्रोडारिस्टले भने– संसारकै अग्ला व्यक्ति सुल्तान कियोसिनले ठूलो विस्कुट बनाएर अर्को कीर्तिमान बनाएका छन्। सुल्तान टर्कीका हुन्, उनको उचाइ आठ फुट एक इन्च छ। उनले नर्वेको राजधानी ओस्लोमा ६ सय ५१ किलोग्रामको बिस्कुट बनाएर प्रदर्शनमा राखेका थिए। यसअघि सन् २००६ मा टेक्सासमा झन्डै ६ सय किलोको यस्तै किसिमको बिस्कुट बनाएका थिए। टर्कीका कियोसिन बाँचेकामध्ये सबैभन्दा अग्ला हुन्।

(तरूणबाट)

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. यी कस्ती आमा
    यी कस्ती आमा बेस्सरी च्यापेर बच्चालाई स्तनपान गराउँदा चार हप्ते एक शिशुको ज्यान गएको छ। यो घटना जहाजभित्र भएको हो। वासिंगटन डिसीबाट कुवेतका लागि उडेको युनाइटेड एयरलाइन्सको जहाजभित्र एक महिलाले लाजले गर्दा बच्चालाई बाक्लो ओड्ने ओडाएर बेस्सरी च्यापेर स्तनपान गराएकी थिइन्। इजिप्टमा जन्मेकी २९ वर्षीया ती महिलाको बच्चा त्यस्तो दुर्घटनामा...
  2. पत्याउनै छाडे
    विगत केही समययता स्वदेश फिर्ती पक्षधर भुटानी शरणार्थीका कार्यक्रमहरु समेत उपेक्षित हुन थालेका छन् । उनीहरुले आफ्ना समस्या र माग राख्न आयोजना गर्ने कार्यक्रममा न्युन उपस्थिती हुने क्रम त थियो नै तर शुक्रवार भने शुरु हुन लागेको कार्यक्रम समेत स्थगन गर्नु पर्यो । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले दमकमा...
  3. क्रुर आमा
    झापाको दमक स्थित बेलडाँगी २ भुटानी शरणार्थी शिविरमा एक नवजात शिशुको शव हत्या गरि पाईखानामा फ्याँकिएको भेटिएको छ ।  सेक्टर टु निवासी डम्बर कुमारी प्रसाईले हिजो मात्र जन्माएको शिशुको शव फ्याँकिएको अवस्थामा पाइखानामा भेटिएको प्रहरीले जनाएको छ । सुष्त मनस्थितीकी उनलाई कसले गर्भवती बनाई जन्मिएको शिशु हत्या गरि फ्याकेको हो...
  4. जेठानीका सन्तान पाउन देउरानी गर्भवती
    प्रमिला गर्भवती छिन् । अघिका चारजना सन्तान हुर्किसेका छन् । ३२ वर्ष उकालो लागेकी उनलाई सन्तानको इच्छा पनि छैन् । तर यसपटक भने उनले आफ्ना लागि नभएर जेठानीका लागि गर्भ बोक्नु परेको छ । भन्छिन्- विवाह भएको धेरै वर्ष वित्यो । दिदीका सन्तान भएनन् । परिवारकै सहमतिमा नयाँ सन्तान पाएर...
  5. होचा व्यक्ति अग्लो व्यक्तित्व
    उनी नेपालका होचो कद भएका मानिस मध्येमा एक पर्छन । झापा दमकमा उनको बसोबास भएको एक दशक पुगिसक्यो । उनले संगीतका शिक्षक र गायकको रुपमा पनि आफ्नो पहिचान बनाइसकेका छन् । २०३६मा भुटानमा जन्मिएका लालबहादुर राई झापामा संगीत सिकाइरहेका छन् । अढाइ फिट अग्ला उनी आफु होचो भएकोमा गौरब गर्छन...

फेसबुकमा राख्नुस्

2 Responses to “पत्याउनै गाह्रो”

  1. NaBeEn Says:

    बीचित्र संसार ।।।।।

    Reply

  2. झापाली Says:

    धेरै राम्रो ज्ञानका कुरा पढ्न पाएकोमा

    Reply

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो