१
झापाको दमकमा संचालित होटलहरुमा डिलरहरुबाटै नक्कली मदीराको बिक्री वितरण हुने गरेको उनीहरुले दाबी गरेका छन् ।
कतिपय ब्राण्डेड मदीरा समेत नक्कली लेवल लगाएर बिक्री हुने गरेको होटल व्यवसायीले बताएका छन् ।
होटल व्यवसायी संघ दमकका उपाध्यक्ष गंगा सिटौलाले डिलरहरुले नै नक्कली मदीराको बिक्री विरतण गरिरहेको बताउनु भयो ।
उहाँले यस काममा गिरोह नै परिचालित भएको बताउँदै त्यस विषयमा सम्बन्धित कम्पनीलाई समेत जानकारी दिइएको बताउनु भयो ।
२
झापामा धानको मूल्य बढेको छ । विगतको तुलनामा यस वर्ष किसानले धानको मूल्य अधिक पाएका छन् ।
अहिले विगतको तुलनामा प्रतिकेजी दुइ रुपैयाँको दरले धानको मूल्य बढेको हो । झापा महाभाराका किसान गणेश ढकालका अनुसार सो साता मन्सुली, आउँ र डल्ले धानको मूल्यमा बढोत्तरी भएको छ ।
उहाँका अनुसार मन्सुली धान प्रतिकेजी १६ रुपैयाँ २५ पैसा, आउँ धान १४ रुपैयाँ ५० पैसा र डल्ले धान १३ रुपैयाँ प्रतिकेजीका दरले बिक्री भईरहेको छ । तर्राईका जिल्ला मध्ये झापापनि अधिक धान उत्पादन हुने जिल्ला हो ।
३
झापाको पुरानो बजार खजुरगाछीमा १४ बर्षअघि निर्माण शुरु गरिएको बस पार्क अझै पुरा हुन सकेको छैन ।
२०५२ सालमा नेकपा एमालेको सरकारले ल्याएको आफ्नो गाउँ आफै बनाउ कार्यक्रम अर्न्तर्गत सो बसपार्क निर्माण शुरु गरिएको थियो ।
गाबिस सचिव चन्द्रमोहन सिंहले निरन्तर बजेट प्राप्त हुन नसक्दा बस पार्क निर्माण कार्य अधुरो रहेको बताउनुभयो ।
सो कार्यका लागि सरकारले ९० हजार रुपैयाँ छुट्याएपनि निरन्तर बजेट आउन नसक्दा बस पार्क निर्माणको प्रकृया अलपत्र परेको हो ।
बसपार्क निर्माणका लागि वडा नम्बर ६ को १५ कठ्ठा जग्गामा निर्माण सामाग्री समेत ल्याइएको थियो ।
४
इलामको कोलवुङ्गमा हिजो वनभोजका लगि हिडेको सवारी दुर्घटना हुँदा त्यसमा सवार पाँच जना घाईते भएका छन ।
झापाको खुद्नाबरीवाट इलामको कन्याम वनभोजका लगि जादै गरेको को १ ज १८५ नम्वरको वस कोलवुङ ९मा दुर्घटना ग्रस्त भएको प्रहरीले जनाएको छ ।
बिहान नौ वजेतिर भएको सो दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लगि झापातर्फ ल्याईएको छ ।
कुमार
यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:
- सेरोफेरो
१ अबैध रुपमा वन फडानी गरी काठ बिक्री गरेको भन्दै इलामको बाँझो स्थित त्रिबेणी सामुदायिक वनका उपभोक्तले आपत्ति जनाएका छन् । उपभोक्ताहरुले गएको चैतदेखि कार्य अवधि सकिएको उपभोक्ता समितिले मनोमानी ढंगबाट रुख काट्ने र बिक्री बितरण गर्ने गरेको आरोप लगाएका हुन् । अवैध तवरले काँचो साँखु चिरानी गरी रोयल्टीभन्दा बढी... - फँसे नक्कली धन्दामा, परे प्रहरीको फन्दामा
नेपालमा नक्कली नोटको कारोवार गर्ने एक गिरोहलाई हतियार सहित इलाका प्रहरी कर्यालय दमकले पक्राउ गरी मगंलवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. - ३ घर वताउने विवेक लिम्वु र भूटानी शरणार्थी शिविर वेलडाँगी एक-सेक्टर ए १, छाप्रा नम्बर ८२ का प्रेम विष्ट रहेका छन् । प्रहरीले... - सेरोफेरो
१ सरकारले तोकिएको बैंकबाट मात्र भारतिय रुपैयाँको कारोवार गर्न निर्देशन दिएको भएपनि झापाको दमकमा अवैधानिक रुपमा भारतिय रुपैयाँको किनवेच हुने गरेको पाईएको छ । राष्ट्र बैंकले इजाजत दिएका क वर्गका बैंकहरुमा प्रति एक हजार रुपैयाँ १५ पैसाका दरले बट्टी लिएर भारतीय रुपैयाँ साट्नु पर्ने नियम छ । तर दमकमा भने... - सेरोफेरो
१ झापा उद्योग वाणिज्य संघ शाखा गौरादहको भवन र अतिथि सदन निर्माणका लागि जग्गा प्राप्त भएको छ । निलगिरी हाउजिङले १५ लाख मूल्य पर्ने तीन कठा जग्गा उपलब्ध गराएको संघका अध्यक्ष अमृतबहादुर कटुवालले बताउनु भयो । जग्गाको स्वामित्व प्राप्त गर्ने विषयमा दुवै पक्षबीच हस्ताक्षर समेत भएको छ । भवनको आउँदो... - सेरोफेरो
१ झापाको सतासीधाम ७ नहर चौकमा शुक्रबार साँझ ५ वटा घरमा आगोलागी भएको छ । आगोलागीबाट सबै घर जलेका छन । स्थानिय फुलमान माझी, किरण, भक्तबीर, बनरथी र बलबहादुर माझीको घरमा आगो लागेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । स्थानियबासी र दमक नगरपालिकाको बारुणयन्त्रको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो...
November 27th, 2009 at 1:15 pm
अ हो?
Reply