सेरोफेरो

समाचार तपाईंको प्रतिकृया थप्नुहोस्


चालु आर्थिक बर्षको चार महिनामा झापा जिल्लामा नौ दिन सत्र घण्टा आठ मिनेट बन्द भएको छ । साउनदेखि कार्तिक मसान्त सम्ममा बिभिन्न राजनैतिक दल तथा समुहले गरेको आन्दोलनका कारण जिल्ला बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार सबै भन्दा बढि साउन महिनामा पाँच दिन तेइस घण्टा तीस मिनेट जिल्ला बन्द भएको थियो ।
२०६५ साल चैत्र २९ गते भएको चालक दिपक पाण्डेको हत्याको बिषयलाई लिएर साउन १ गतेदेखि उचित क्षतिपूर्तिको माग राख्दै यातायात मजदुरहरुले बन्द आव्हान गरेका थिए । मजदुरले १ गतेदेखि ६ गते साँझ साढे ६ बजे सम्म ५ दिन १० घण्टा ३० मिनेट बन्द गरेको ट्राफिक प्रहरी हवल्दार कृष्णप्रसाद पोखरेलले बताए । साउन महिनामा संघिय लिम्बुवान राज्य परिषदले पनि बन्द आव्हान गरेको थियो । उसले साउन १३ गते बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म १३ घण्टा जिल्ला बन्द गर्यो ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्गमा असोज महिनामा एकदिन पनि जिल्ला बन्द भएको छैन । भदौ महिनामा ३ गतेदेखि जिल्ला बन्द शुरु भएको थियो । ३ गते मेची राजमार्गको झापा इलाम सिमाना भालु झोडा भन्ने स्थानमा पहिरो गएका कारण बिहान ४ बजेदेखि दिउसो १२ बजे सम्म ८ घण्टा सडक अबरोध भएको थियो । यसैगरि विर्तामोडकी एक छात्रा सडक दुर्घटनामा मारिएपछि बिद्यार्थीले २४ घण्टा सडक अबरोध गरेका थिए । उक्त घटनामा क्षतिपूर्ति नपाएको भन्दै पुनः बिद्यार्थीले भदौ १५ गते एकदिन बन्द गरेका थिए । भदौ १६, १७, १८ गते गरि सात पटकमा ४६ घण्टा ८ मिनेट बन्द भएको पोखरेलले बताए । कार्तिकमा चार पटक वा दुइ दिन ८ घण्टा ३० मिनेट बन्द भएको थियो ।


पूर्वाञ्चलकै सबैभन्दा ठूलो महोत्सव यहाँ सोमबार सुरु भएको छ । इटहरीको प्रस्तावित रंगशालामा सुरु भएको महोत्सवमा पूर्वाञ्चलका १६ वटै जिल्लाको उद्योग, व्यापार, कृषि, पर्यटन तथा सूचना प्रविधिको बृहत प्रदर्शनी भइरहेको छ । महोत्सव मंसिर २८ गतेसम्म चल्नेछ ।

पूर्वाञ्चलका १६ वटै जिल्लामा उत्पादन भएका कृषि, उद्योग तथा व्यापारिक सामाग्रीको १ सय ५० भन्दा बढि उत्पादन स्टालमा राखिएको छ ।
महोत्सवमा ४ करोड रुपैयाँको भन्दा बढिको कारोवार हुने इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष टंक दुलालले दावी गरेका छन् ।


दक्षिणी झापा आधा दर्जन गाबिसलाई छुने गारि चक्रपथको गुरु योजना निर्माणका लागि सभासद दिपक कार्कीको संयोजकत्वमा समिति गठन भएको छ ।
महाभारा, बैगुधुरा, कोरोबारी, गौरीगञ्ज, खजुरगाछी, गौरादह लगायतका गाबिस छुने गरि चक्रपथ निर्माण गर्न गुरुयोजनाका लागि नेकपा एमालेले सो समिति गठन गरेको हो । समितिमा सबै सरोकारवाला गाबिसका प्रतिनिधि सदस्य रहने एमाले स्थानिय निकाय बिकास जिल्ला समितिका सदस्य अमर शिवाकोटीले बताउनु भयो । समितिले अन्य राजनितिकदसँग सहकार्य गरि चक्रपथको गुरुयोजना बनाउने उहाँले जनाउनु भयो ।


बर्षौदेखि उपेक्षित भएको महसुस गरेका दक्षिणी झापाका बासिन्दा एकै पटक बिभिन्न विकासका योजना अएपछि हर्सित भएका छन् । सो क्षेत्रमा अहिले दुधे महाभारा सडक कालोपत्रे, जनताको तटबन्ध कार्याक्रम, हुलाकी मार्गको स्तरोन्नति, रतुवा खोलामा पूल निर्माण लगायत झण्डै एक दर्जन बिकास योजना शुरु भएका छन् ।
हुलाकी मार्गको निर्माण योजना शुरु भएपछि सबैभन्दा बढि ब्याबसायीहरु उत्साहित भएका छन् ।
झापा उध्योग वाणिज्य संघ शाखा गौरीगञ्जका अध्यक्ष बाबुराजा श्रेष्ठ हुलाकी राजमार्गको निर्माण पूरा भए दक्षिणी झापाले आर्थिक रुपमा काँचुली फेर्ने बिश्वाश ब्यक्त गर्नु हुन्छ । यो मार्ग पूरा भए पूर्व भद्रपूरदेखि पश्चिम बिराटनगर सम्मको ब्यापारमा नयाँ उर्जा थपिने उहाँको भनाई छ । सो मार्ग अर्न्तर्गत पर्ने रतुवा खोलामा सुनसरी मोरङ्ग पूल आयोजना मार्फत पक्कि पूलको निर्माण कार्य शुरु भएपछि ब्याबसायीहरु थप उत्साहित भएका छन् । दमक तथा बिराटनगर तर्फयहाँ बाट बिस्थापित भएर गएका ब्याबसायी यो पूलको निर्माणपछि पुन फर्कने अपेक्षा छ बाणिज्य संघका सचिब निरज अग्रवालको । इतिहास बोकेर पनि ब्याबसायिक पहिचान बनाउन नसकेको गौरीगञ्जले अब पहिचान बनाउन सक्ने सम्भावना बढेको उहाँले बताउनु भयो । सोहि मार्गमा पर्ने रामचन्द्रे, लेदा, बनियानी तथा गेउरीया खोला पनि पूल निर्माण कार्य प्रारम्भ भए पछि यस क्षेत्रका बासिन्दामा आशाको सञ्चार गराएको कोरोवारी १ का मोहन बस्नेतले बताउनु भयो ।
यसैगरि बर्षौदेखि कन्काई तथा कमल बनियानि नदीको कटान र बाढि सहदै आएका महाभाराबासीमा सोबाट मुक्ति पाउने आशा बढाएको छ, जनताको तटबन्ध कार्याक्रमले । सो गाबिसका निबर्तमान अध्यक्ष बिजय अग्रवाल यी नदीको कटानबाट घर,खेत बगाएर बिस्थापित बनेकाहरु तटबन्ध कार्यक्रम गाँउ र्फकने बिश्वाश ब्यक्त गर्नुहुन्छ । यी नदीले धेरैलाई रुवाएको थियो, अब तिनीहरुको हाँसो फर्किन्छ होला उहाँले भन्नुभयो । सो कार्यक्रमको सिंचाई मन्त्री बालकृष्ण खाँडले अघिल्लो महिना उद्घाटन गर्नुभएको हो ।
बर्षामा हिलो र हिँउदमा धुलोले हिँडिसक्नु नहुने सडक कालोपत्रे हुने भएपछि बर्षौदेखि उपेक्षित दक्षिणी झापामा बिकासको मूल फुट्ने बताउनुहुन्छ बैगुनधुराको अमर माबि ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र भट्टर्राई । ग्रामिण पुन निर्माण तथा पुनर्स्थापना आयोजनाले दुधे कोरोवारी सडकको कालोपत्रे गर्ने कार्य शुरु गरेपछि उहाँमा सो आत्मबिश्वास बढेको हो । यसरी एकैसाथ आएका बिभिन्न विकासका योजनाले बिकासको मेरुदण्ड गुमाएका दक्षिणी झापाका एक दर्जन गाबिसमा उत्साह बढाएको उहाँले बताउनु भयो ।
यतिका विकासका योजना आए पनि शिक्षा क्षेत्रका लागि भरपर्दो क्याम्पस थप योजना आवश्यक रहेको बताउनुहुन्छ महाभाराको बालकल्याण माबिका शिक्षक तथा कोरोवारी १का बासिन्दा भोलाप्रसाद खतिवडा । यहाँ एउटा राम्रो क्याक्पस हुन सके उच्च शिक्षाका लागि दमक,बिर्तामोड तथा भद्रपुरसम्म धाउनु पर्ने बाध्यताको अन्त्य हुने उहाले बताउनु भयो ।


ताप्लेजुङ जिल्लाको दोखु गाउँ विकास समितिमा पर्ने मेवाराजाका कृषकहरु व्यवसायिक साग खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।
अगाडिका समयमा यस गाउँका बासिन्दामा खेत र बारीमा धान, मकै, कोदो मात्र लगाउने मानसिकता भएपनि अहिले सो मानसिकतालाई बदलेर व्यवसायिक तरकारी खेतीमा लागेका हुन् ।
हिजो आज सबै गाउँका करेसा बारीमा र सिचाई पुग्ने खेतमा हरीयो रायोको सागले ढाकेको देख्न सकिन्छ । उनीहरु यसको आम्दानी राम्रो भएको कारण पनि व्यवसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।
सानो लगानीले धेरै आम्दानी आउन सक्ने भएकोले र थोरै जमिनमा पनि व्यवसायिक रुपमा खेती गर्न सकिने भएको कारण यसको व्यवसायमा लागेको दोखु २ निवासी तुलसी पौडेल बताउनुहुन्छ । आफुले तरकारी खेतीबाट मात्र वर्षको ६० देखि ८० हजारसम्म आम्दानी गर्न उहाँको भनाई रहेको छ ।
सो स्थानका कृषकहरु कृषक समुहमा आवद्ध भएर सबै घरमा व्यावसायिक साग खेती गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।


ताप्लेजुङ्गको अन्नपूर्ण संरक्षण क्षेत्रम अबैध रुपमा सिकार खेल्न गएका एक व्यक्तिको अफैले वोकेको बन्दुक पड्केर मुत्यु भएको छ ।

मृत्यु हुनेमा लेलेप १ का धन वहादुर लिम्वु रहेका छन् । तीस वर्षिय लिम्बुको आफैंले बोकेको भरुवा वन्दुक पड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङ्गले जनाएको छ ।



आर्थिक अनियमितता गरेको आरोपमा संघिय लिम्वुवान राज्यपरिषद क्रान्तिकारीले आफ्ना दुइ कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीवाट निष्कासन गरेको छ ।

परिषदले ओम लिम्वु थेवे र सोदहाङ्ग लाई रकम हिनामिना गरेको आरोपमा कार्वाही स्वरुप पार्टीवाट निष्कासन गरेको जनाइएको हो ।


झापाको गौरादहस्थित नेपाल रेडक्रस सोसाईटी उपशाखा भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

पाँच कोठाको उक्त भवन पन्द्र लाखको लागतमा निर्माण सम्पन्न गरिएको उपशाखा सभापति केदर ताजपुरीयाले जानकारी दिनुभयो ।स्थानीयवासीको सहयोगमा सो भवन निर्माण कार्य सम्मपन्न गरिएको वताईएको छ ।

गोपाल झापाली र अन्य

ठिक एक वर्ष अगाडिको समाचार

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. सेरोफेरो
    १ ट्याक्सनी चालक दिपक पाण्डेको हत्याको बिरोधमा उत्रिएका यातायत मजदुरहरुले झापाको सुरुङामा एउटा ट्रकमा आगजनि गरेको छन । बन्दको अबज्ञा गरेको भन्दै मजदुरहरुले सुरुङ्गामा सो ट्रकमा आगजनी गरेको प्रहरीले जानाएको छ । गएको चैत्र २९ गते अज्ञात समूहले चालक पाण्डेको मोरङको डाँगीहाटमा हत्या गरेको थियो । हत्यारालाई कारवाही र पिडीतलाई...
  2. सेरोफेरो
    १ नेपाल टेलिकमले झापाको दमक कार्यालयबाट उपभोक्तालाई दश हजार सिम अन डिमाण्ड प्रणालीबाट वितरण गरेको छ । कार्यालयका प्रमुख अर्जुन घिमिरेले फारम भरेर कार्यालय जाने उपभोक्ताका लागि उतिबेलै सिम दिने प्रबन्ध गरि दश हजार थान प्रिपेड मोवाईल सिम वितरण गरिएको बताए । गत वैशाख महिनादेखि संचालित योजना अर्न्तगत उपभोक्ताले यस्तो...
  3. सेरोफेरो
    १ झापाको दमक १४ मा स्थानियवासीको पहलमा सडक निर्माण गरिएको छ । त्यहाँ आठ सय मिटर लम्वाईको ग्राभेल सडक १० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले विकासमा जनसहभागिता बढाउन चालिएको साझेदारी कार्यक्रम अर्न्तगत कार्यालयको ६० प्रतिशत र बाँकी उपभोक्ताको लगानीमा सडक निर्माण भएको...
  4. सेरोफेरो
    १ झापाको दमकमा भुटानी शरणार्थी प्रभावित क्षेत्रमा संचालन गर्न लागिएको खानेपानीको आयोजनाको पँहुच समान रुपमा विस्तार गर्न त्यहाँका बासिन्दाले माग गरेका छन् । मंगलवार दमकमा पत्रकार सम्मेलन गरी भुटानी शरणार्थी प्रभावित हंम्से दुम्से सरोकार समितिले वडा नं ५ को सम्पूर्ण उत्तरी क्षेत्रसम्म पानी वितरण हुनुपर्ने माग गरेको हो । समितिका...
  5. सेरोफेरो
    एफएम बन्द लोडसेडिङका कारण प्रसारणमा असुविधा भएको भन्दै मेची अञ्चलका एफ एमले दैनिक ४ घण्टा प्रसारण बन्द गर्ने भएका छन् । झापाको विर्तामोडमा मंगलबार बसेको एफ एम सञ्चालक तथा प्रतिनिधिहरुको भेलाले दैनिक ४ घण्टा प्रसारण बन्द गर्ने निर्णय गरेको हो । दैनिक हुँदै आएको १२ घण्टा लोडसेडिङका कारण एफएममा राखिएको...

फेसबुकमा राख्नुस्

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in