१
यस वर्ष झापा जिल्लामा धान उत्पादनमा १५ प्रतिशतले गिरावट आउने भएको छ ।
रोपाइको समयमा भएको खडेरी, रोपिसकेपछि आएको वाढी र रोगकिराको प्रकोपका कारण उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । गत वर्ष प्रति हेक्टर ४ दशमलव ५ मेट्रिक टन धान उत्पादन रहेकोमा यस वर्ष ३ दशमलव ४ प्रतिहेक्टर उत्पादन मात्र रहने कृषि विकास कार्यालयका प्रविधिक साहायक गोविन्द आचार्यले वताउनु भयो । यस वर्ष जिल्लामा ८० हजार हेक्टरमा रोपाई भएको थियो, यो गत वर्षको तुलनामा ७ हजार हेक्टर कम हो ।
झापाको लखनपुर -१, सावित्रा चौककी ३४ वर्षिया सीता ओझा गत सोमवार वैदेशिक रोजगारका लागि कुवेततर्फ लाग्नु भएको छ । सावाँ अक्षरसम्म पढ्न सक्ने ओझा १४ वर्षीय छोरी, १२ वर्षिय छोरा र श्रीमानलाई छोडेर पैसा कमाउन जानुभएको हो । घरको आर्थिक अवस्था कमजोर र आम्दानीको वाटो नभएपछि खान-लाउन र छोराछोरीलाई पढाउन नै समस्या भएपछि जस्तो सुकै दु.ख, चुनौती आइपरे पनि सहेर पैसा कमाउन विदेशीनु परेको हो । उहाँ मात्र हैन सो गाउँका लगभग ५०-६० जना महिला अहिले साउदी अरव, कुवेत लगायतका खाडीमुलकमा गएका छन् । अन्य गाउँमा पुरुष वैदशीक रोजगारमा गएर गाउँनै शुन्य भएको अवस्थामा यहाँ भने महिलाहरु वैदेशीक रोजगारमा गएर घरमा पुरुष मात्र रहेका छन् ।
१
भुटानी नेता केबी खड्काको हत्यामा संलग्न रहेका आरोपमा पक्राउ परेका तीनजनाको मुद्धा आज जिल्ला अदालत झापामा पेशी भएको छ ।
पक्राउ परेका वीर बहादुर सुव्वा, यादव गुरुङ र पहलमान र्राईलाई आज अदालतमा पेशी गरिएको हो ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार उनीहरुलाई ज्यान मुद्धा चलाईएको छ ।
दमकको वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका पूर्वसचिव केवी खड्का गत भदौ २३ गते दमकबाट शिविर तर्फजाने क्रममा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो ।