१
झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार खर्चको अभावमा एक बृद्धाको ज्यान गएको छ ।
खर्च अभावमा उपचार नभएपछि वतन खुल्न नसकेकी बर्ष ७० की सुकमाया राईको मृत्यु भएको हो ।
ती बृद्धालाई अचेत अवस्थामा एक रिक्सा चालकले अस्पतालमा ल्याएर भर्ना गरिदिएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृतकका आफन्तले अस्पतालमा सम्पर्क नगरेका कारण उपचारमा कठिनाई भएको बताइएको छ ।
१
झापाको दमक स्थित वेलाडाँगी भुटानी शरणार्थी शिविर र आसपासका क्षेत्रमा उव्जने फोहोर मैलाको व्यवस्थापन कार्य शुरु गरिएको छ ।
शिविरमा शरणार्थीले दैनिक जीवन यापनका क्रममा निस्कने फोहोर मैलाले शिविर प्रभावित क्षेत्रका स्थानिय गाउँ नै प्रभावित भएपछि सो कार्य अघि वढाइएको हो । शिविर स्थापना गरिएको दमक नगरपालिकको ३, ४ र ५ मा रहेको हम्सेदुम्से सामुदायिक वनको दश कठ्ठा जग्गामा डम्पिङ साइड निर्माण गरि फोहोर व्यवस्थापन कार्य गरिएको वन उपभोक्ता समितिका अध्यक्ष महेन्द्रसिंह निरौलाले जानकारी गराउनु भएको छ ।
शिविरको फोहोर सकंलनका लागि लुथरन विश्व महासघंले एक थान ट्याक्टर उपलव्ध गराएको छ । वेलडाँगी १, २ र ३ मा १८ वर्षदेखि ७० हजार वढी शरणार्थी वसोवास गर्दै आएका छन् । शिविरको फोहोरका कारण पटक पटक स्थानियवासी र शरणार्थी विचमा मनमुटाव समेत हुँदै आएको छ ।