Nov 03
“धन हुनेले धन देउ नहुनेले जन देउ ।” यो नारा पढ्दा तपाइलाई लाग्यो होला तराइमा सशस्त्र आन्दोलन गरिरहेको कुनै भुमिगत संगठनको उर्दि तर यो कुनैपनि त्यस्तो संगठन या पार्टिको उर्दि नभएर दमक-रवी चिसापानि सडक निर्माणका लागि प्रस्ताव गरिएको नारा हो ।
२०५२ साल देखी निर्माण शुरु भएको दमक-रवी चिसापानि सडक निर्माणमा यहिले उपभोक्ताहरु कम्मर कसेर लागेका छन । सरकारले पनि यो बर्षतिन करोड भन्दा बढि बजेट छुट्याएको छ । यसका साथै यस बर्षदुइ करोड तिस लाखको लागतमा बाझो र चुलाचुली जोड्ने यस सडकमा पर्ने रतुवा खोलाको बन्ने र अन्य चार वटा पुलको बिस्तृत र्सर्बे हुने सडक डिभिजन कार्यलय दमकले जनाएको छ ।