शरणार्थी सेरोफेरो

शरणार्थी, समाचार4 प्रतिकृयाहरु »


भुटानी मानवअधिकारवादी एवं प्रजातन्त्रवादी नेता टेकनाथ रिजालले जेलमा आफूलाई दिइएका यातनाको विषयमा लेखेको पुस्तक बजारमा आएको छ।
‘टर्चर किलिङ मी सफ्टली’ नामक अंग्रेजी भाषाको यो पुस्तक मंगलबार सविधानसभा अध्यक्ष सुवास नेम्बाङले सार्वजनिक गरे। यसअघि रिजालका नेपाली भाषामा ‘निर्वासन’ र अंग्रेजीमा ‘प्यालेस टु प्रिजन’ प्रकाशित छन्।

पुस्तक सार्वजनिक समारोहमा उनले भुटानी जेलमा आफूलाई दिइएको यातनालाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। यसअघिका पुस्तक पनि भुटानको बिग्रदो राजनीतिक अवस्था र जेलमा उनलाई दिइएको यातनाकै सेरोफेरोमा केन्द्रित थिए।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


झापाको दमकमा कृयाशिल दुइवटा वाल सगंठनको अगुवाईमा खेलिएको देउसीको रकम समाजिक काममा लगाउने निर्णय गरिएको छ ।
देउसी खेलेको पैसा पिकनिक गएर सिध्याउने परम्परालाई तोड्दै दमकका श्रमिक वालवालिकाको वाल श्रमिक सघं र प्रगतिशिल वाल समूहले संकलन गरेको चालिस हजार रुपैयाँ वाल कक्षा सञ्चालनका लागि भवन निर्माणमा प्रयोग गरिने भएको छ । यस कार्यमा स्थानिय वालवालिकाहरुको क्षेत्रमा काम गर्ने संस्था उप्का नेपालले सहयोग गर्ने कुरा अगुवा वाल सचेतना अभियानकर्मी सुमन वञ्जराले जनाएका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in