Nov 05
प्रयास गरे अवश्य नै सफलता मिल्छ’ भन्ने उक्तिलाई सार्थकता दिइसकेका छन् लोद्राई, गेलेफु भुटानमा स्व. आमा-बुबा गंगा माया र भोलानाथ धिमालको कोखबाट वि.सं. २०३२ सालमा जन्मनु भएका युवा कवि मणिराम धिमाल ‘दिपित’ले ।
भारतीय शोक-काव्यदेखि हौसला पाएर बाल्यवस्थादेखि नै साहित्य क्षेत्रमा कलम चलाउँदै आउनु भएका ‘दिपित’ले ‘अविरल आँसु’ कविता संग्रह प्रकाशन गरिसक्नुभएको छ । उहासँग हाम्रा सहकर्मी लाक्पाले गरेको भलाकुसारीको मुख्य अंश :
वर्तमान समय कसरी बिताउँदै हुनुहुन्छ ?
- हाल म छाप्रामा त्यसै समय बिताइरहेको छु । अविरल आँसुको विमोचन गरेँ । यो पुस्तकलाई भूटानी मनका बारीका पाटा पाटामा रोप्नु थियो । त्यो मेरो सोचाई यथार्थमा पूरा भएको छ । अब एउटा कथा संग्रह निकाल्नु छ । समयले साथ दिएमा प्रकाशित गर्ने नै छु ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Nov 05
१
झापाका विभिन्न सडक बजार आसपासका स्थानमा अवैधरुपले जडीबुटी, आर्युवेदिक औषधिको विक्री वितरण भइरहेको छ ।
उपभोक्ताहरुको जनस्वास्थ्यमा प्रतिकुल असर पुग्ने गरी भइरहेको अवैध जडीवुटी विक्री रोक्न सम्बन्धित निकायले चासो नदेखाएको र्सवसाधारणको गुनासो छ ।
घरेलु पद्धतिबाट सबै प्रकारका औषधि तयार गरिएको भन्दै भारतका विभिन्न ठाउँबाट बिक्री कर्ताहरु घुमन्तेका रुपमा आउने गरेका छन् । मौसमी ति व्यापारीहरु पूर्वका झापा, मोरङ लगायतका क्षेत्रमा त्यस प्रकारका औषधि आफूखुसी विक्री वितरण गर्दै आएका छन् । स्वास्थ्यका दृष्टिले यस्ता औषधिहरु हानीकारक हुन सक्ने झापाका जनस्वास्थ्य प्रशासक नवराज सुब्बाले बताए । अहिले सम्म फूटपाथमा बिक्री हुने त्यस्ता औषधि पसल हटाउन कहीँ कतैबाट उजुरी नपरेको सुब्बाले जनाए । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Nov 05
भीडले जे चाह्यो त्यही मात्र हुने परिस्थिति सृजना भएको यो मुलुकमा केही मान्छेहरू यसलाई नागरिक सर्वोच्चताको सुकिलो आवरणले ढाक्ने असफल चेष्टा गरिरहेका छन्। राज्यले सबै कुराको संरक्षण गरिदिने परम्परामा हुर्किएकाले हुन सक्छ, नेपालका हिन्दूहरू आफ्ना आराध्यदेवको त्यो स्तरको हुर्मत लिइँदा पनि मौन छन्।
व्रतबन्धको एक वर्षजति मैले जनैको निष्ठापूर्वक ख्याल राखेँर त्यसको औचित्य प्रमाणित गर्न नसकेपछि उतारेर देउनिया खोलामा बगाइदिएँ। त्यसपछि जनै नलाई नहुने श्राद्धादि धार्मिक अनुष्ठानमा केही घण्टा असहजतापूर्वक झुण्ड्याउने बाहेक स्वेच्छाले कहिल्यै भिरिनँ। यस पटक पशुपतिका ब्राह्मण पुजारीहरूको बलपूर्वक जनै चुँडाइएको घटनाले भने मलाई फेरि जनै लगाउन प्रेरित गरेको छ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »