मोरङको झोराहाटमा विवा पछि पढ्न नपाएका बुहारी पढाउन सासुहरु कस्सिएका छन् । घरधन्दा र छोराछोरी हर्काउँदै फुर्सद नहुने बुहारीको समस्या बुझेर सासुहरुले घरधन्दा गर्न शुरु गरेपछि बुहारीहरुको पढ्ने धोको पूरा भएको हो ।
झोराहाट २ की दीपकला भट्टराई झिस्मीसै उठेर पुस्तक च्यापेर क्याम्पसतर्फ जान्छिन् । उनले बिहानै उठेर बस्तुलाई कुँडे पकाउने, दुहुना गाईलाई पराल दिने र गाई दुहेर खाजा बनाउने काम उनकी सासुले गर्न थालेकी छन् ।
“छोराको बिहेपछि भने यी सबै काम बुहारीले गर्थिन् तर बुहारी पढ्न जान थालेपछि मैले नै गर्न थालेँ” दीपकलाकी सासु अम्बीकाले भनिन् “बुहारीहरु पनि छोरी जत्तिकै हुन् । उनीहरुलाई पनि अवसर दिने हो भने धेरै चिज गर्न सक्छन् ।” पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
१
तीस वर्षपछि इलाम चुलाचुलीका बासिन्दाले जग्गाको स्वामित्व पाउने भएका छन् ।
सरकारद्वारा गठन गरिएको आयोगलाई अधिकार प्रदान गरि सरकारी जग्गा दर्ता गर्ने प्रावधान मिलाइएपछि विवादित जग्गाको स्वामित्व स्थानियवासीले पाउने भएका हुन् ।
यस्का लागि गठित इलाम जिल्ला चुलाचुली क्षेत्रको अव्यवस्थित बसोवास समस्या समाधान समितिले काम शुरु गरेको समितिका अध्यक्ष गोबिन्दमणी दहालले बताउनु भयो ।
त्यहाँ तीन हजार परिवार विगत तीन दशकदेखि सुकुम्बासीको रुपमा बसोवास गर्दै आएका छन् । चुलाचुलीमा रहेको सरकारी जग्गाको दर्ता प्रकृया शुरु गरि भोगका आधारमा बढीमा एक बिघासम्म जग्गा स्थानिय्वासीलाई दिने निर्णय भएको दहालले बताउनु भयो ।
गजल - १
सयौं बार कसैलाई पर्खिनुको मजा
मलाई मात्र था’छ मुटु चर्किनुको मजा
पहाड नाघ्ने हिमाल नाघ्छन् हिमाल नाघ्नेहरुले त
के बुझ्थेर काखमै जीवन धर्किनुको मजा
सफलताका कथाहुनेहरु सधैं दुख्या देख्छु
दुःखै दुःख बाट रहर र्घर्किनुको मजा पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
विदेशमा जादू !
परदेशको काम यस्तै हो । दिनभरी घोटियो, जश कहिले पाउने होइन । बिहान सात देखि साँझ सात सम्मको ड्युटी सकाएर के. बी. कोठामा पुग्छ र थकाइ मार्न ओछ्यानमा पल्टिन्छ । सम्झिन्छ घरमा सिन्को नभाँचेको कुरा र आउँछ श्रीमतीको याद ।
तीन वर्ष जस्तै भयो, ऊ विदेश गएर काम गर्न थालेको । १२ घण्टा दिनमा काम बजायो , दिउँसो एक घण्टा खाने फुर्सद मात्र हो । नभए खुट्टा बिसाउन पाउने होइन । अलिकति थकाइ मार्न खोज्न; साहू र आफूभन्दा माथिका कामदारको आँखा छल्न सके मात्र हो , नत्र बर्सिन्छ गालीको पर्रो । भन्नै नमिल्न्ने। कहिले काहीं त दिक्क नलागेको पनि होइन उस्लाई । तर हुँदाखँदाको यत्ति धेरै पैसाको काम छोडेर घर जान नसकेर मात्र हो । हुन त घर, देश सम्झ्यो झन दिक्क लागेर आउँछ । जहिले ईन्टरनेटमा समाचारका साइट खोल्यो कि बन्द-हड्ताल, मर्ने-मार्ने, चोरी-डकैती र नेताका फुस्रा भाषण बाहेक केही देखिने होइन । त्यसैलै चित्त बुझायो, काम गर्यो ।
