झापाको दमक वेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा मदिरा सेवन गरेर हो हल्ला मच्चाउने दुई जना शरणार्थीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा वेलडाँगी एक सेक्टर जी २ को छाप्रा नम्वर १६९ का दिल वहादुर रसाईली र सेक्टर वि ३ को ३१ नम्वर छाप्राका भिम वहादुर क्षेत्री रहेका छन् ।
१
सुन भनेर चाँदी धरौटी राखी झापा सुरुङ्गा बजारस्थित बराल सुनचाँदी पसलबाट लाखौं ठगेर एकजना भारतीय नागरिक वेपत्ता भएका छन् । भारत रामपुर घर बताउने करिव ३० बर्षीय अरुण भाटियाले सुन पसलमा ५५ तोला सुन भनेर १३ लाख ५० हजार रुपैंया सयकडा २ रुपैंयाँ व्याज बुझाउने सर्तमा नगद लगेको पिडित टिकाराम बरालले बताए ।
आफूलाई खसी वाख्राको होलसेल व्यापारी बताउने उक्त व्यक्तिले यस अगाडि समेत दुईचार लाखसम्मको कारोबार गरिसकेका कारण विश्वासमा परेर आफूले नगद दिएको बरालले बताए । पैसा दिइसकेपछि करिव दुई घण्टापछि सुन जाँच गर्दा बाहिरमात्र सुन जलप लगाएको र भित्र सवै चाँदी भएको पाइएपछि आफू ठगिएको उनले बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तु गर्दै सर्जक तथा रङ्गकर्मी आङ्देम्बे ।
भारतीय नेपाली नाटकले सयवर्ष पूरा गरेको उपलक्ष्यमा दार्जीलिङ्गलाई मुख्य केन्द्र मानेर अहिले सम्पूर्ण भारतीय नेपाली रङ्गकर्मीहरुले नाटक सतवाषिर्की मनाई रहेका छन् । सो अवसरमा गएको नोभेम्वर १ तारिखका दिन दार्जीलिङ्गमा नाटकसम्वन्धी भव्य संगोष्ठी सम्पन्न भयो ।
मुलुकको राजनीति अझ बढी अन्यौलग्रस्त बन्न पुगेको छ । नागरिक सर्बोच्चता स्थापनाको मूल नारा लिएर विपक्षी माओवादी सडक आन्दोलनमा गएको छ । पाँच महिनादेखि सदन अवरुद्ध गरेर सरकारलाई चुनौति दिइराखेको शक्तिशाली प्रतिपक्षीले झन् ठूलो दवाव सिर्जना गर्न थालेको छ, संसदवादी दलहरुका विरुद्ध ।
सरकार विरुद्ध माओवादीले थालेको दोश्रो चरणको आन्दोलनका घोषित कार्यक्रमहरुले मुठभेड निम्त्याउने संकेत देखिन्छ । केन्द्रीय सचिवालय सिंहदरबार घेराउ देखि राजधानी काठमाडौँ नाकाबन्दी सम्मका कार्यक्रमहरु यो चरणको आन्दोलनमा माओवादीले राखेको छ । सरकारले ‘शान्ति सुरक्षा कायम राख्न’ हरेक उपाय अवलम्बन गर्ने जनाएको छ । एक अर्का प्रति निषेधको नीति लिइराखेका संसदवादी दलहरु र माओवादी भिडन्तको मुद्रामा आमने सामने खडा भएका छन् । मुलुक फेरि हिँसामा जाकिने हो कि भन्ने त्रास आम नागरिकमा बढेको छ ।