
नेपाली कलाकार र पत्रकारहरुबीच शनिबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल म्याचमा कलाकारको टोली ३-१ ले विजयी भएको छ ।

नेपाली कलाकार र पत्रकारहरुबीच शनिबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल म्याचमा कलाकारको टोली ३-१ ले विजयी भएको छ ।
जाडो याम शुरु भएलगत्तै झापाका गाउँगाउँमा सिरक डस्ना वनाउने भारतिय धुनियाँ (कालिगढ)को ओइरो लागेको छ ।
तराईको चिसो शितलहरमा सिउसिउ गर्दै अरुलाई न्यानो सिरक वनाउने धुनियाँ भारतका विहार र पश्चिम वंगालवाट आउने गरेका छन् । नेपालमा यस सम्वन्धि सिप जानेका कालिगढ नहुँदा भारतियहरुको ओइरो लाग्ने गरेको हो । जलथल गाविस पाँचका छविलाल घिमिरेले भारतियहरु वर्षोनी इद मनाएर आउने र चैत्र वैशाखमा हुने विवाहको लगन सकेर फर्कने गरेको वताउनु भएको छ । विहारको ठाकुरगञ्जवाट भर्खरै जलथल आएका मुस्लिम कालिगढ आफतप आलमले नेपालका गाउँगाउँमा घुमीघुमी काम गर्दाको मजा छुट्टै रहेको वताए । काम गर्दा गर्दै नजानिदो पाराले सम्वन्ध समेत गाँसिने गरेको अनुभव छ धुनीयाँहरुको । उनीहरुले घरवाट आउँदा एक जना डफेदारीको चयन गरेर उसैको जिम्मामा आउने गरेका छन् । यसरी आउने एउटा समुहमा चारपाँच जनादेखि १०जनासम्म हुने गरेका छन् ।
१
आप्रवास सम्वन्धि अन्तराष्ट्रिय संस्था आइओएमले सम्झौता अनुसारको काम नगरेको भन्दै झापाको दमकमा स्थानियवासीले सो सस्थाका गाडी चलाउन आजदेखि प्रतिवन्ध लगाएका छन् ।
भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्स्थपनाको काम गर्दै आएको सो संस्थाले दमक नगरपालिका क्षेत्रभित्र आइओएम कार्यालय वरीपरीको वाटो कालोपत्रे गर्ने सम्झौता गरेको थियो । २२ महिनाअघि नै यस्तो सम्झौता गरिएपनि हालसम्म सो कार्य नगरेको भन्दै संस्थाका गाडी गुडाउन नदिने निर्णर्य गरिएको स्थानिय पदम कोइरालाले जानकारी गाराउनु भएको छ । सो संस्थाको कार्यालय आसपासमा स्थानिय वासिन्दाले सम्झौता कार्यान्वयन नभएसम्म गाडी चलाउन नदिने वताएका छन् । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
१
इभिडिङ प्रविधिवाट टेण्डर आह्वान गरेपछि स्थानिय ठेक्कापट्टामा हुने गुण्डागर्दी वन्द भएको छ । कुनै पनि ठेक्कापट्टाको लागि कार्यालयवाट आह्वान गरिने टेण्डरमा घटाघटमा हाल्नु पर्ने भएपनि जवर्जस्ति वल प्रयोग गरी अन्य मानिसलाई नदिने परम्परा अत्य भएको छ । हालै दमकस्थित पूर्वाञ्चल सडक डिभिजन कार्यालयले झापामा पहिलो पटक इभिडिङ सिस्टमको प्रयोग गरि टेण्डर आह्वान गरेको थियो । सो कार्यालयका प्रमुख हरि प्रसाद पोख्रेलका अनुसार यसरी आह्वान गरिएको टेण्डरमा आवश्यक ठेकेदार वाहेक अन्य कसैको पनि उपस्थिती थिएन । इभिडिङ सिस्टमले गर्दा स्थानिय स्तरमा गुण्डागर्दी भेला गर्ने काम मात्र वन्द भएन सो टेण्डरमा २५ प्रतिशत घटेर टेण्डर परेको छ । जसवाट डेढ करोडको सो टेण्डरमा तीस लाख रुपयाँ सरकारको रकम वचत भएको छ । सधै २०-५० लाखको टेण्डर खोल्दा थामिनसक्नु हुने गरि जमघट हुने गरेको स्मरण गर्दै यस पटक करोडको ठेक्कामा पनि यस्तो स्थिति नआएको कर्मचारीको अनुभव छ ।
प्रकाशजीले अस्ती दार्जीलिङमा भएको एक कार्यक्रममा भाग लिन जाने क्रममा खिच्नु भएका केही फोटोहरु यहाँ राख्दैछौं । पशुपतिनगर हुँदै दार्जीलिङ, कालिम्पोङका केही फोटोहरु यहाँ छन् । कुन कुन ठाउँ हो भन्ने कुरा चाहिँ म पनि त्यतातिर नघुमेकोले क्याप्सन मार्फत बताउन सकिन । तपाईहरुमध्ये कसैलाई थाहा भए म र म जस्तै अरुका लागि पनि काम दिने थियो । ल है त, जानेका कुरा अरुलाई पनि थाहा दिनु होला । धन्यवाद ।
