१
शसस्त्र प्रहरीले भुटानी शरणार्थीहरुको हैसियत संकलन गर्ने कार्य प्रभावकारी हुन सकेको छैन ।
पुर्वी नेपालको बेलडाँगी शरणार्थी शिविरमा प्रहरीले ढाट राखि शिविरमा शरणार्थीहरुको निगरानी बढाउने बताएपनि त्यो कार्य प्रभावकारी हुन नसकेको हो । शिविर आवतजावतमा प्रहरीले स्थानिय शरणार्थी अगुवाको आग्रह अनुसार हैसियत संकलनका लागि शिविरभित्र र बाहिर आउनका लागि प्रहरीले सबारी साधन बर्जित गरेपनि शरणार्थीहरुले त्यसको पालना नगरेको शसस्त्र प्रहरी उपरिक्षक गणेश ठाडमगरले जानकारी दिनुभयो ।
शरणार्थी अगुवा केबी खड्काको हत्यापछि शिविरमा अपाराधिक कृयाकलापमा कमी ल्याउन प्रंहरीले यस्तो अभियान चलाएपनि त्यसको प्रभावकारीता हुन नसकेको हो ।
ठूलो संख्यामा भुटानी शरणार्थी तेस्रो मुलुक पुनर्स्थापना भएपछि झापासहित शिविर आसपासका क्षेत्रमा श्रमवजारमा कामदारको अभाव हुन थालेको छ ।
शिविर स्थापना गरिएका झापा र मोरङ जिल्लामा कामदारको अभाव हुन थालेको हो । दैनिक हजारौंको सख्यामा कामको खोजीमा शिविरवाट निश्कने शरणार्थीहरु अहिले पूनर्वासको क्रमम गएपछि यस्तो अभाव खड्किएको कुरा दमक स्थित निर्माण व्यवसायी चेतनाथ खनाल वताउनु हुन्छ । कामदारको अभाव भएका कारण घर, सडक देखि खेतीपातीको काममा समेत अठ्यारो हुन थालेको छ ।
फिस्स हाँस्दा गुलाबी ओठका चिराहरू फैलिए। निधारतर्फ बढ्दै गरेका गोरा र कमला औंलाहरू अलिक काँपेजस्तो पनि लागिरहेको थियो। ‘नमस्ते।’ यसको जवाफ मलाई दिनु थिएन, त्यसैले टाउको अर्कोतिर फर्काएँ।
ठिक एक साताअघिको त्यो साँझ हामी रमाइलो चियाकमान हुँदै फिक्कलतर्फ पैदल हिँडिरहेका थियौं। बाटोमा अचानक भेट भएकी यी युवतीका बारेमा मैले अघि नै सुनेको थिएँ।
‘पहिले छापामार थिइन्,’ हामीसँगै हिँड्दै गरेका गायक दाजु गणेश रसिक भन्दै थिए, ‘अब लेखिका बन्न चाहन्छिन्।’
अनायासै मेरो नजर त्यो अनुहारमा फेरि गयो। उनी अझै भद्र पाराले हाँसिरहेकी थिइन्। यता भने मनमनै आक्रोस जन्मिरहेको थियो, ‘किन यो केटी यसो गर्दैछे?’ मानौं बिनाकारण ऊ संलग्न समूहले मेरो टाउकोबाट अभिभावकत्वको छाया हटाइदिएको घटना उसका निम्ति केही होइन। जीवनमा पहिलो पटक ‘फलानो पूर्व छापामार हो’ भन्ने थाहा पाउँदा-पाउँदै पनि छेउमै उभिएर बस्नु परेकोमा साह्रै असजिलो हुँदै थियो।
आज विहानै एउटा समाचार पढ्न पाइयो । समाचारको शिर्षक थियो “दमक मुलुककै उत्कृष्ट नगर घोषित” । यो समाचारको शिर्षक पढ्नेवित्तिकै जुनसुकै दमक नगरवासी खुशी हुन्छ, म पनि भएँ ।
आफ्नै घर अगाडिको बाटो जुन अहिले दमकका अति व्यस्त सडकहरु मध्ये एक पर्छ, झण्डै दुइ वर्षदेखि बन्न नसकेर डङ्डङ्ती धुलो उडाउँदै वटुवा र दायाँवायाँका वासिन्दाका फोक्सो पुर्न दिलोज्यानले लागिपरेको छ । अनि यो जस्तै शहरी क्षेत्रका अन्य धेरै बाटाहरुको हविगत उस्तै रहेको अवस्थामा मुलुककै उत्कृष्ट नगरपालिकामा पर्नका लागि दमकमा त्यस्ता काम के भएका छन् र दमक यसरी “उत्कृष्ट तीन” (टप थ्री) मा परेछ त ? तर के साँच्ची नै हाम्रो नगर मुलुककै उत्कृष्ट नगर हो त ? भन्ने सोचेर समाचार पढ्दै जाँदा पो थाहा भयो, हाम्रो नगर त कागजी रुपमा चाहिँ टप थ्री मा परेको रहेछ ।
पूर्वसन्देशमा छापिएको उक्त समाचार जस्ताको तस्तै -