सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


मानविय विपत्तीमा राहत पुर्याउने उद्देश्यले झापाको दमकमा दैवी प्रकोप राहत कोष स्थापना गरिएको छ ।
राहत कोषका लागि दमक उद्योग बाणिज्य संघको सकृयतामा एक लाख पचास हजार उपलव्ध गराइएको छ । संघका अध्यक्ष प्रकास प्रसाइले दिएको जानकारी अनुसार कोषका लागि जिल्ला विकास समिति झापा र दमक नगारपालिकाको तर्फबाट समेत रकम उपलव्ध गराउने आश्वासन दिएका छन् । कोषवाट दैवी प्रकोपका घट्ना भएमा तत्काल राहत उपलव्ध गराउने बताइएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचार7 प्रतिकृयाहरु »


नचिनेको समूहको आक्रमणबाट मारिएका भुटानी शरणार्थी शिविर वेलडाँगीका अगुवा केवी खड्काको हत्यामा संलग्न भएको आरोपमा थप एक शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
दमक प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा बेलडाँगी - १ का दधिराम विश्व रहेका छन् । अभियुक्त विश्वलाई शिविरबाट आइतवार प्रहरीले घटनामा संलग्न रहेको दावी गर्दै नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख नविन कार्कीले बताए ।
दुइ महिनाअघि सोही शिविर नजिक मारिएका खड्काको हत्यामा संलग्न चारजनालाई पक्राउ गरि कारवाही चलाइएको पनि प्रहरीले जनाएको छ ।
(प्रतिदिनबाट)

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

यो के हुँदैछ र कता जाँदैछौँ हामी ?

विचार, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »

आजको सर्वाधिक जरूरत भनेकै बिकास हो, जसलाई बुझ्न जीव र प्रकृति वीचको अन्योन्याश्रित सम्वन्ध पनि बुझ्नुपर्ने हुन्छ । जीव र प्रकृति वीच सन्तुलन राख्न, प्राकृतिक र साँस्कृतिक सम्पदाहरूको रक्षा र सम्वर्द्धन गर्न, समानुपातिक विकास र समतामूलक समाजको निर्माण गर्न सटिक र बैज्ञानिक आधारको आवश्यकता पर्दछ, जसले भू-उपयोग, खाद्यान्न उपलव्धता, आवास, सुविधा, शिक्षा, स्वास्थ्य, सडक लगायतका पूवाधारहरूको सटिक पहिचानमा मद्धत गरोस । तर यसको महत्व र उपादेयतावारे बुझ्न नचाहने, प्रयोग गर्न नचाहने र प्रयोग नगर्ने प्रवत्तिले बिकास निर्माणका कामकुराहरू पाखुरा खैँचाईँ र दाताहरूको सदाशयतामा निर्भर हुनुपर्ने स्थिति छ । बिना कुनै बैज्ञानिक आधार मकै बाँडेझैँ बाँडिने हँचुवा योजना र बजेटले विकासको वहुआयामिक र गतिशील सिद्धान्तको अपब्याख्या गर्ने मात्र नभै पूरै सिष्टमलाई नै लाठी- मुड्कीमा अनुवाद गर्दछ र हाम्रा प्रशासकहरूको मुखमा झुण्डिने गरेका बैज्ञानिकता, पारदर्शिता, बिकेन्द्रीकरण, सुशासन जस्ता शब्दहरूलाई शब्दकोशबाटै हटाउनुपर्ने स्थिति पैदा हुनथाल्दछ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

दुबईका दुई खवर

कला, खेलकुद, प्रवास, फोटो, समाचारComments Off

पदम किरातीको ‘फाइदा’ विमोचित

bimochan
युवा गीतकार पदम किराती राईको गीती एलबम ‘फाइदा’ बर दुबईको सी शेल इन्न होटलमा एक समारोहबीच विमोचित भएको छ ।
प्रवासी नेपाली पत्रकार सञ्जालका संयोजक तथा नेपाल पत्रकार महासंघ यूएइ सर्म्पर्क शाखाका अध्यक्ष जाकिर हुसैनद्वारा लोकार्पण गरिएको एलबम ‘फाइदा’ को बारेमा जाकिर हुसैन, विष्णु राई, असिम महत र डी.आर. गुरुङले प्रकाश पारे ।
कार्यक्रमका प्रमुख अतिथि जाकिर

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in