१
पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद गौतमलाई कृषि तथा सहकारी राज्य मन्त्री करिना वेगमद्वारा कार्यकक्षमा नै कुटपिट गरेको विरोधमा आज झापाका सरकारी कार्यालयमा २ घण्टा काम वन्द गरिएको छ ।
सरकार सञ्चालनको जिम्मा लिएका मन्त्रीवाटै कर्मचारीको सुरक्षा नभएको भन्दै कर्मचारीको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्नु पर्ने माग गर्दै काम बन्द गरिएको छ ।
झापाको लखनपुर एक नमुना चौकस्थित टीका आचार्यको घरमा लामो समयदेखि रुवावासी चलिरहेको छ । आज केही खवर आयो ? छिमेकी र आफन्तले सोध्ने यस्तै प्रश्नको उत्तर दिनैमा व्यस्त हुनुहुन्छ आचार्य र उहाँकी श्रीमती जानुका । उहाँहरुले यस्तो रुववावासी भोगेको पनि लगभग दुइ महिनाभन्दा वढि भयो । धेरै पैसा कमाएर आमा वुवालाई आर्थिक सहयोग पुर्याउने आश्वासन दिँदै गत साउन १९ गते घरवाट कुवेत हिँडेकी छोरीको मृत्युको खवरले उहाँहरुको परिवारलाई मर्माहत वनाएको हो ।
झापाका शहरी क्षेत्रमा सवारी साधनले अनधिकृत रुपमा प्रेसर हर्न प्रयोग गर्न थालेपछि नियन्त्रणमा कठिनाई भएको छ । सार्वजनिक स्थानमा प्रेसर हर्न बजाउन नमिल्ने भएपनि यातायात व्यवसायीले यस्को प्रयोग नगर्न आनाकानी गरेका छन् ।
झापाका शहरी क्षेत्र दमक, सुरुङ्गा, विर्तामोड, धुलावारी, काकडभिट्टा लगायत क्षेत्रमा विकृत रुपमा सवारी साधनले प्रेसर हर्न बजाउने गरेका छन् । सार्वजनिक स्थलमा हर्न बजाउने पाईदैंन । तर त्यो नियम मान्न सवारी साधनले अटेर गरेका छन् । विशेष गरी झापाका पूर्व पश्चिम राजमार्गसँग जोडिएका शहरमा प्रेसर हर्नको अनधिकृत प्रयोग बढेको छ । मोटरसाईकलका चालकले समेत प्रेसर र डिजिटल हर्न प्रयोग गर्ने गरेका छन् ।