१
एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीले शुक्रवार आव्हान गरेको झापा बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दले जिल्लामा सार्वजनिक सवारीका साधन चलेनन् । यसैगरी विद्यालय तथा कलेजको पठन पाठन पनि भएन् । दमकका बिहानैदेखि भेला भएका वाइसीएलका कार्यकर्ताले सडकमा अवरोध सृजना गरि यातायाताका साधन चल्न दिएनन् । विहान ६ बजे देखि नै दमकचौकमा जम्मा भएका वाईसीएलका कार्यकर्ताले काठमाण्डौं र पश्चिम नेपालबाट आएका सयौं सवारी साधनलाई दमकमा रोकेका थिए ।
बन्दले जिल्लामा जनजीवन प्रभावित भयो । माओवादीका कार्यकर्ताले राष्ट्रपति रामवरण यादवको झापा भ्रमणको विरोध र उस्को आन्दोलनमा प्रहरी दमनको विरोधमा बन्द आव्हान गरिएको जनाएको छ । बन्दले बिर्तामोड, काकरभिट्टा, धुलावारी, भद्रपुर लगायत सहरको जनजीवन प्रभावित बन्यो । दमकमा डेढ बजे पछि माओवादीका कार्यकर्ताले रोकि राखेका सवारी साधनलाई गन्तब्यसम्म जान छाडेका थिए ।
एमाले नेतृत्वको वर्तमान सरकार र माओवादीका बीचमा बढ्दै गएको तिक्तताले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा काफी बाधा उत्पन्न भइरहेको परिस्थितिमा संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे टिप्पणी उठाउँदै संयुक्त सरकार गठन गरेर अगाडि बढ्ने सुझाव दिए पछि सरकार समर्थित दलहरू संयुक्त राष्ट्र संघका महासचिवको अभिव्यक्तिका विरूद्ध उभिएका छन् भने ने.क.पा.-माओवादी)ले मुनको अभिव्यक्तिलाई सही र सकारात्मक बताएको छ ।
१
झापाको गोलधाप शरणार्थी शिविरमा एक महिलाको बेवारिसे शव फेला परेको छ ।
गोलधाप शिविर सेक्टर डि एक छाप्रा नम्बर ४ की अमृता दर्जीको शव स्थानिय देउनिया खोलामा फेला परेको हो । र्
अर्धनग्न अवस्थामा फेला परेकी उनको बलात्कारपछी हत्या गरेर फालेको हुन सक्ने अनुमान गरिएको छ ।
उनको शव हिजो फेला परेको थियो । ३२ बषिर्य उनका ३ छोरा छोरी रहेका छन । उनको अत्याधिक मदिरा सेवन गर्ने बानीका कारण घटना रहस्यमय रहेको भएपनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापाका एक युवा तथा होनहार साहित्यकार मेचीपुत्रको पहिलो रुवाइ काव्य सुशिलाबाट साभार गरिएका केही रूवाइहरू ।
मेचीपुत्रका केही रुवाई
१.
मान्छेहरुको मास थियो
एउटा छुटै आभास थियो
मैले बोकेको डोलीभित्र
उनकै मरेको लास थियो पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
अपेक्षा
मध्य आकाशवाट
एक टुक्रा बादल फाटेर
म तिमीसम्म थोपा-थोपा भई
अनवरत झरिरहें
म कहिले हावासँग जुध्दै झरें
कहिले तापमा परेर झरें
कहिले बादलसँग मडारिंदै झरें
कहिले झर्दा-झर्दै मरेर झरें
साँच्चै सानु
म तिमीसम्म झर्नका लागि झर्दै झरे पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »