१
एकजना ब्यक्तिले एक मिनटमा कती गिलास पानी पिउन सक्ला - एक, दुइ वा बढिमा ५ गिलाससम्म त स्वभाबिकै मानिन्छ । तर प्रतियोगितामा अरुलाई उछिन्न एकजना शरणार्थी महिलाले एकै मिनटमा १९ गिलास पानी पिइन् । गिलास पनि साना हुन र ! २ सय मिली ग्राम पानी अट्ने ।
घटना हो पूर्बी झापाको खुदुनाबारी शरणार्थी शिबिरको । अनि तीनहजार आठसय मिलि ग्राम अर्थात तिन लिटर आठसय मिलिग्राम पानी एक मिनटमा सटासट पिएर २१ पुरुष सहित ३३ प्रतियोगीलाई उछिन्ने शरणार्थी महिला हुनुहुन्छ खुदुनाबारीकी शिबिर उपसचिब मिरा खरेल ।
गएको सोमबार खुदुनाबारी शरणार्थी शिबरमा भएको त्यो पानी पिउने प्रतिस्पर्धामा खुदुनाबारी शिबिरकै युबा मैत्री केन्द्रका संयोजक दिपक मिजार १५ गिलास पानी पिएर दोस्रो हुनु भयो ।
Nov 14
Nov 14
१
हुलाकी मार्ग अन्तर्गत झापा र मोरङ्गको बीचमा पर्ने रतुवा खोलामा पूल निर्माण शुरु भएपछि त्यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् ।
सुनसरी पुल निर्माण आयोजना अन्तरगत झापाको खजुरगाछी र मोरङको महादेवालाई जोड्ने सो पुल ९ करोड १४ लाख रुपैंया लागत खर्चमा निर्माण शुरु गरिएको हो ।
झापा उद्योग बाणिज्य संघ गौरीगञ्ज खजुरगाछीका अध्यक्ष बाबुराजा श्रेष्ठले पुल बनेपछि यसअघि विराटनगर पुग्न ८५ किलोमिटर दुरी पार गर्नु पर्ने वाध्यता हट्ने बताए । पुल निर्माण पछि गौरीगञ्ज विराटनगरको दुरी ४५ किलोमिटर मात्र हुनेछ । यातायातको खर्च घटेपछि ढुवानी खर्च कटौती हुने हुनाले व्यापार व्यवयायमा उल्ले फाइदा हुने संघका सचिव निरज कुमार अग्रवालले वताए ।