बैठक बहिष्कार, भत्ता स्वीकार

राजनीति, समाचार विश्लेषणकुनै प्रतिकृयाहरु छैनन् »

साढे ६ करोड दुरुपयोग

cameet

माओवादी, काङ्ग्रेस, एमाले र मधेसी जनअधिकार फोरमसहितले संविधानसभा निर्वाचनको डेढ वर्षमा राज्य कोषको करिब साढे ६ करोड रकम पारिश्रमिक र भत्ताका नाममा झ्वाम पारेका छन्। संविधानसभा निर्वाचन भएको डेढ वर्षमा करिब दुई महिनाभन्दा बढी सदन अवरुद्ध भएको छ, तर अवरुद्ध गर्नेहरूले पनि संसद् भत्ता भने खाइरहेका छन्। संविधान बनाउनका लागि संविधानसभा र राज्य चलाउने नियम कानुन बनाउनका लागि व्यवस्थापिका संसद्को हैसियतमा काम गर्नुपर्ने मुख्य र तराईका क्षेत्रीय दलहरूले आन्दोलनका नाममा संसद् अवरुद्ध गर्ने तर त्यो अवधिको भत्ताचाहिँ नत्याग्ने लाममर्दो स्थितिका कारण सदन नै बदनाम हुन थालेको छ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

फोटो, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


झापाको शनिश्चरे-६मा गएराति ८ बजे श्रीमतीले श्रीमानमाथि खुकरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते भएका छन् ।
पारिवारिक विवादका कारण ३५ वर्षीय प्रेम चौधरीलाई उनकी ३० वर्षीया श्रीमतीले टाउकोमा खुकुरीले प्रहार गरेकी थिइन् ।
घाइते चौधरीको चिन्ताजनक अवस्थामा भारतको सिलिगुडी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in