Nov 17
सम्माननीय अध्यक्ष ज्यू,
संबिधान सभा,
काठमाडौँ नेपाल !
लोक सम्मतिको आधारमा राज्य व्यबस्था संचालन गर्ने नेपालको शासकीय परम्परा रहेको र हालैका बर्षहरुमा भएको बिभिन्न आन्दोलनको मागलाइ सम्बोधन गर्ने क्रममा संबैधानिक रुपमै मुलुकलाई बिभिन्न भागमा चिरा चिरा पारी संघीय प्रणालीमा जाने कुरामा आम सहमति बनिसकेको परिपेक्षमा जुन आधारमा भए पनि सहमति बनाई देशलाई बिभिन्न राज्यमा टुक्रा टुक्रा पार्दा :
१. यदि जातजातिको आधारमा राज्यको नामकरण गरे त्यो राज्यमा रहने अरु अल्पसंख्यक वा बहुसंख्यक जाति सन्तुष्ट नहुने र कालान्तरमा छुट्टै राज्यको लागि फेरी आन्दोलन गर्नु पर्ने स्थिति सिर्जना हुने हुनाले,
२. भाषा र धर्मको आधारमा नामकरण गरे एउटै भाषा र धर्मको बढी प्रभाब पर्न गई संघियताको वास्तविक लक्ष्य हाँसिल नहुने भएकोले,
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Nov 17
१
किरात जनवादी वर्कर्स पार्टीले सरकारसँग शान्ति वार्ताको औचित्य समाप्त भएको जनाउँदै सशक्त आन्दोलनको घोषणा गरेको छ ।
आफूले कारवाही गरेका केही आपराधिक गुटका व्यक्तिहरुसँग सरकारले बार्ता गरी सहमति गरेको भन्दै वर्कसले आन्दोलनको घोषणा गरेको हो ।
झापाको विर्तामोडमा बिहान पत्रकार सम्मेलन गरी वर्कर्सले किरातराज्य भित्रका सबै प्रशासनिक निकाय विस्थापन गर्ने चेतावनी दिएको छ ।
आपराधिक क्रियाकलापमा सम्लग्नमाथि कारवाही गर्नुको सट्टा सरकारले आश्रय दिएकाले आफूहरु संघर्षमा उत्रिएको वर्कर्स नेता आनेहाङ किरातीले बताउनु भयो ।
केही समयअघि वर्कर्सले पार्टीहित विपरीत हत्या र लुटपाटमा सम्लग्न भएको जनाउँदै तत्कालिन अध्यक्ष नवीन किराती, सुमन बान्तवा र पम्फा किरातीलाई पार्टीबाट निष्कासन गरेको थियो ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »