१
हालसम्म २३ हजारबढी भुटानी शरणार्थी पुनर्बासमा तेस्रो देश गइसकेको संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयोगले जनाएको छ ।आयोगले दिएको जानकारी अनुसार पुनर्बास भएका २३ हजार दुइ सय १४ जना भुटानी शरणार्थी मध्ये बिस हजार तिनसय २७ जना अमेरिका लगिएका छन् ।यसैगरि अष्ट्रेलियामा नौ सय ५९ जना , क्यानडामा आठसय ९२ जना , नर्बेमा तीन सय १० जना , डेनमार्कमा तीन सय ५ जना, न्युजिल्याण्डमा दुइसय ९९ जना र नेदरल्याण्डमा एकसय २२ जना शरणार्थी पुनर्बासमा लगिएका छन् ।सात शिबिरमा रहेका एकलाख १० हजार भुटानी शरणार्थी मध्ये अहिले सम्ममा असी हजार चारसय ७७ जना शरणार्थीले पुनर्बासको इच्छा पत्र भरेको पनि बताइएको छ ।

दाताले दिएको भरमा आफनो जीवन गुजारा गरिरहेकाहरुले सिर्जनात्मक काम कति गर्न सक्लान् ? यसको जवाफ दिएका छन् भूटानी शरणार्थी शिविर बेलडाँगीका कलाकारहरुले । उनीहरुले दाताहरुले दिएको थोरै थोरै जोहो गरेर नेपाली चलचित्र क्षेत्रमा एउटा इँटा थप्ने काम गरेका छन् । नेपाली कला, साहित्य र संस्कृतिको मोहका कारण उनीहरुले तिहारलगायतका चाडपर्वमा देउसी भैलो समेत खेलेर त्यसबाट आएको रकम चलचित्र निर्माणमा खर्चिएका छन् ।
सबैले सोध्ने गर्छन् राम्रो कसरी लेख्ने । आजसम्म पनि यो प्रश्न नदी भएर बहिरहेको छ । कसरीको उत्तर ठ्याक्कै मिल्न सकेको छैन । कालिदास, होमर, गेटे, सेक्सपियर, गोर्की, देवकोटा आदि इत्यादि सवैले यसको बारेमा आफ्नो जिज्ञासा राखेका छन् तर त्यसले स्रष्टाहरुको मनलाई उत्तरले पूर्ती गर्न सकेनन् । नेपाली भाषाका स्रष्टाहरुमा पनि आज यो समस्या प्रशस्तै पाउन सकिन्छ । प्रसंगै प्रसंगमा मलाई पनि यी कुराहरु सोधिने गरिन्छ पटक पटक ।
हुन त म साहित्य, लेखनको वामे सर्दै गरेको सिकारु विधार्थी हुँ । कसरी राम्रो लेख्ने थाहा छैन तर पाठक, स्रष्टाहरुले मेरो सिकारु कलमलाई पनि मन पराईदिनु भा’छ यस अर्थमा म कसरी राम्रो लेख्नेभन्दा पनि आफूलाई लागेका केही कुराहरु सेयर गर्न चाहन्छु । सवैभन्दा पहिले हामीले प्रकृतिको सारलाई बुझ्न जरुरी छ । घाम लाग्छ सवैको लागि । जुन झुल्कन्छ सवैको लागि । फूल फुल्छ सवैको लागि, चराले गीत गाउँछ सवैको लागि । झर्ना र नदी वग्छन् सवैको लागि । इन्द्रेणी लाग्छ सवैको लागि । आकाश फैलिएकोछ सवैको लागि । हावा वहेकोछ सवैको लागि । समग्रमा प्रकृतिले कुनै कुरा पनि कसैको लागि लुकाउँदैन । कसैलाई पनि ढाँट्दैन । कसैलाई पनि पक्षपात गर्दैन । फलेको वृक्षको हाँगा सधै झुक्छ प्रकृतिमा । हाम्रो शरीर पनि प्रकृतिको एक अंश हो । शारमा हामीले पनि यी कुराहरुवाट पाठ सिक्न जरुरी छ ।
१
चेलिवेटी बेचबिखन गर्ने गरेको आरोपमा भारत पश्चिम वंगालको कञ्चनजङ्गा उद्धार केन्द्रले एक महिलालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
मोरङ्ग शनिश्चरे घर बताउने रामकुमारी विश्वकर्मालाई उक्त उद्धार केन्द्रले शंकास्पद अवस्थामा भारतको पानीट्याँङ्कीमा राति १० बजे घुम्दै गर्दा नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । उनको साथबाट ४ जना महिलाहरूको पासपोर्ट फेला पारेपछि नेपालको प्रहरीमा बुझाएको थियो ।
यो फोटो केको होला ? पहिला अनुमान गर्नु्स् है ।

अनुमान गर्न सक्न भएन भने चाहिँ पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »