१
वाल अधिकार मनाऔं भन्ने नाराका साथ बीसौं अन्तराष्ट्रिय वाल दिवस आज झापा र मोरङका सातै शरणार्थी शिबिरमा बिभिन्न कार्यक्रम गरि मनाइयो ।
भुटानी शरणार्थी वाल मञ्चको मुख्य आयोजनामा आज शरणार्थी शिबिरहरुमा वाल बिकास केन्द्रित खेलकुद, नाटक मञ्चन लगायतका कार्यक्रम गरिएको हो ।
यहि उपलक्ष्यमा आज पूर्बी झापाको गोलधाप शरणार्थी शिबिरस्थित ब्लुमिङ लोटस स्कुलमा बिधार्थीहरुलाई बिद्यालयले चकलेट बाँड्यो ।
सन १९९०मा संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक बर्षको २० नोभेम्बरलाई अन्तराष्ट्रिय वाल दिवसको रुपमा मनाउने निधो गरेपछि यो दिनलाई अन्तराष्ट्रिय तहमै वाल दिवसको रुपमा मनाईन्छ ।
यो वर्ष पनि फोर्ब्स पत्रिकाले शक्तिशाली पुरुषको सूची सार्वजनिक गर्यो। फोर्ब्सले शक्तिशाली पुरुषमा राजनेता, व्यापारी, आतंकवादी नेता र लागूऔषध तस्करसमेतलाई समेटेको थियो। ६७ जनाको नाम सार्वजनिक गरिएको छ यसपटक। लोकप्रियता र सम्पत्तिका हिसाबले शक्तिशाली छनोट गरिएको फोर्ब्सले जनाएको छ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा शक्तिशाली सूचीको पहिलो नम्बरमा छन्। त्यसपछि चिनियाँ राष्ट्रपति हु जिन्ताओ र तेस्रो स्थानमा रुसका प्रधानमन्त्री भ्लादिमिर पुटिन छन्। यसैगरी, चौथो स्थानमा अमेरिकी फेडरल रिजर्ब बैंकका अध्यक्ष बेन बनन्की र पाँचौ स्थानमा गुगल सर्च इन्जिनका संस्थापक सर्जेइ ब्रिन एवं लरी पेज छन्। भारतबाट तीनजना परेका छन्। प्रधानमन्त्री डा. मनमोहन सिंह ३६ औं नम्बरमा छन् भने रियालाइन्स उद्योग समूहका मुकेश अम्बानी ४४ औं स्थानमा छन्। यस्तै टाटा समूहका अध्यक्ष रतन टाटा ५८ औं स्थानमा रहे। भारतीय प्रधानमन्त्री डा. मनमोहन सिहपछि अलकायदा नेता विन लादेनको वरीयताक्रममा आएका छन्। यसैगरी दाउद इब्राहिम ५० औं स्थानमा छन्। यसैगरी धार्मिक नेता दलाइ लामा ३९ औं स्थानमा छन् भने १६ औं पोप बेनेटिक्स एघारौं स्थानमा रहे।
१
गैह्र कानुनी रुपमा भारतको मुम्वई हुँदै एक युवतीलाई कुवेत पठाउन लागेको अवस्थामा आज मोरङको उर्लावारीवाट दुइजनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा उर्लावारी गाविस ४ की सावित्रा भट्ट र झापाको सातासीधाम स्थित झिलझिलेका अशोक मगर रहेको प्रहरीले जनाएको छ । उनीहरुले सोही स्थानकी जानुका राईलाई भारत हुँदै कुवेत लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो ।
उच्च माध्यमिक शिक्षा परिषदको लापरवाहीबारे बेलाबेलामा समाचार बन्ने गर्छन् । गएका तीन वर्षयता परिषदको लापरवाहीले पराकाष्टा नाघेको छ । जन्ममिति जे पायो त्यहि चढाइ दिने, परीक्षा नै नदिएको विषयको अंक चढाइ दिने, दिएको परीक्षालाई पनि नदिएको देखाइदिने, गल्ती अंक चढाई दिने, फेललाई पास र पासलाई फेल देखाइ दिने यस्ता हज्जारौं गल्ती भेटिन्छन्, परीक्षाफल चेक गर्ने क्रममा । यसलाई परिषदकै लापरवाही भन्दा पनि त्यहाँका कर्मचारीको चरम लापरवाही नै मान्नु पर्छ ।
प्रवेश पत्रमा एउटा जन्ममिति हुन्छ, मार्कसिटमा अर्को छापिएर आउँछ । यसपालीको कक्षा ११ को रिजल्ट हेर्ने क्रममा एकजना विद्यार्थीको जन्ममिति कसरी चढाएको छ, हेर्दै कन्पारा तातेर आउँछ । २०४४।०७।२६ हुनु पर्ने ठाउँमा के भएको छ हेर्नुस् नै आफैं ।
आधुनिकताले तँलाइ छोएको छ 
आफुमात्र सभ्य ठान्छस् रे
गाजाभाँङ धतुरो भेटे जती सबै खान्छस् रे
ल ब्रो डोज पुगेन हो भन्दै सुइ पनि पो हन्छस् रे
भो माइला छाड्दे यसरी के नै पाउँछस्
न डम्म अघाउछस् न कुनै दुख भुलाउछस्
न कुनै स्वर्गै भेटाछउँस्
भोली तैले आँफैसँग हार्नु पर्छ
हो माइला ! तैले अब भित्ती खान छाड्नु पर्छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

……………म दमक देखि पथरी सम्मको छोटो यात्रामा थिएं । उर्लावारी आइपुग्दा म जाममा परें । दुइ घण्टा पर्खंदा पनि जाम खोलिएन । त्यसपछि गाडीबाट ओर्लिएर प्राकृतिक पाङग्रा चलाउन थालें । मनमा अनेकौ कुरा खेलाउँदै हिड्न थालें । बन्द - के यो परम्परा हो ? विदेशीहरुले दिन प्रतिदिन सीमा मिचिरहेको बेला सडक बन्द हुनुको के अर्थ छ ? कसले सक्छ त्यो मिचिएको सिमा बन्द गर्न ? यस्ता धेरै प्रश्न मभित्र जन्मे र त्यतिकै मरेर गए हजारौं सहिद जस्तै…………..मैले केहिपछि सोचें, के यो सब प्रश्नहरु जन्माउने मेरो अधिकार छ ? (हजारौंलाई हिँडाएर, कुराएर, रुवाएर कहाँ के भयो र के हुदैँछ ? ) म यो राष्ट्रको नागरिक हैन भन्ने सत्यतालाई मैले भूलिरहेको त छैन ? म आफैमा अनुत्तरित हुन्छु । परन्तु म आफैले आफ्नो चित्त बुझाउँछु । आज नेपालको राष्ट्र प्रमुखले हिन्दीमा सफथ लिन्छ भने, म एउटा नेपालीभाषी भएको नाताले यो सब प्रश्न जन्माउनु पाउनुपर्छ । नेपालका राज परिवार एकै चिहान हुँदा यी मेरा आँखा रोएका छन् । दोस्रो जन आन्दोलनको सफलतामा म रमाएको छु ।