१० वर्षे बालक सीईओ
मलेसियामा एक १० वर्षका बच्चा दुई कम्पनीका मुख्य कार्यकारी अधिकृत (सीईओ) बनेका छन्। उक्त बालकले प्रतिघन्टा लगभग लाख रुपैयाँ शुल्क लिएर केही विश्वविद्यालयमा लेक्चर दिन्छन्। स्थानीय दुई अखबारमा छापिएको खबरअनुसार चार कक्षामा पढ्ने अदि अब्दुल घानी स्कुल जान छोडेका छन्। उनी आमा दुई कम्पनीका सञ्चालन गर्छिन्। उक्त कम्पनीमा ती बालकलाई सीईओ नियुक्त गरिएको हो। यी बालकलाई केही विश्वविद्यालयले लेक्चर दिन आमन्त्रण गरेका थिए। बच्चाको आमाका अनुसार उनीहरू इन्टरनेटको माध्यमबाट विदेशी सेयर बजारबारे जानकारी राख्छन्। उनले इन्टरनेटबाटै पढाइ जारी राखेका छन्। उनले भनिन्– बच्चा गणित, भौतिक रसायन, भूगोल र जीव विज्ञानमा रुचि राख्छन्। उनीहरूलाई इतिहास र राजनीतिमा त्यति चासो छैन।
Nov 21
Nov 21
झापाको दमकस्थित वेलडाँगी शिविरबाट दुइ जना शरणार्थी वालक वेपत्ता भएका छन् ।
भुटानी शरणार्थी शिविर वेलडाँगी -२ , सेक्टर बी ३ छाप्रो नं. ७६ का दुइका कर्ण बहादुर विश्वाका दुइ छोरा गत विहीवारदेखि वेपत्ता छन् । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Nov 21
१
व्यवस्थित बधशालाको अभावमा झापाका उपभोक्ता अस्वस्थ्य मासु खान बाध्य छन् ।
बधशाला निर्माणमा सरकारी चासो नभएपछि उपभोक्ताले गुणस्तरहीन र फोहोर मासु खानु परेको छ ।
सडकपेटीमा पशु चौपाया बध गरेर बिक्री गर्ने प्रचलन बढे पनि व्यवस्थित बधशाला र मासु पसल निर्माणका लागि कुनै पहल भएको छैन ।
बधशाला अभावमा झिंगा भन्किएको र बासी मासु किन्नु पर्ने अवस्था रहेको झापा अनारमनी- ४ उपभोक्ता प्रकाश चापागाईले बताउनु भयो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »