Nov 22
१
घरले किचेर आइतबार दमकमा एकजना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक १ निबासी ४५ बर्षीय गोबिन्द पुलामी मगर रहेका छन् । दमक १२ का तेज बहादुर लाम्गादेले बिक्री गरेको घर भत्काउने क्रममा एक्कसी घर भत्किएर किच्दा मगरको घटना स्थलमा नै मृत्यु भएको थियो । भत्काउने काममा खटिएका दमक १ का ४५ बषिर्य मगरलाई अचानक घरले थिचेको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।