नेपाली कला सँस्कृतिको उत्थानका लागि शरणार्थी शिविरमा रहेर पनि अहोरात्र खटिनु भएका भुटानी कलाकार केदार उप्रेतीले नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा आफ्नो एउटा छुट्टै परिचय स्थापित गरिसक्नु भएको छ । करीव एक दशक अघिदेखि कलाकारिताको क्षेत्रमा लाग्नु भएका उप्रेती हालसम्म दशवटा भन्दा बढि चलचित्रमा विभिन्न विधामा संलग्न रहिसक्नु भएको छ । नेपाली चलचित्र जगतमा उहाँ एउटा अभिनय मात्र नभएर लेखन तथा निर्देशनतर्फ पनि कृयाशील हुनुहुन्छ । यिनै प्रतिभाशाली व्यक्तित्व केदार उप्रेतीसँग हाम्रा सहयोगीद्वय अर्जुन तथा लाक्पा तामाङ्गले उहाँकै निवास शनिश्ररे शरणार्थी शिविर सेक्टर इ १,/ छाप्रा नं. १३ मा गर्नु भएको संक्षिप्त कुराकानी
भुटानी शरणार्थी र शरणार्थी प्रभावित क्षेत्रका बासिन्दबीचको सम्बन्ध सुधार गर्न दमक र भद्रपुरमा मेलमिलाप तथा सरसफाई सम्बन्धि तालिम आयोजना गरिएको छ ।
शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोग र लुथरन विश्व फेडेरेसनको आर्थिक र प्राविधिक सहयोगमा ती तालिम आयोजना गरीएका हुन् ।
दमकमा स्थानिय आयोजक हंम्सेदुम्से दुम्से वनले गरेको आज संम्पन्न सरसफाई सम्बन्धि तालिममा शरणार्थी र स्थानिय बासिन्दा समेत तीस जना सहभागि थिए ।
१
बैदेशिक रोजगारीका लागि भन्दै खाडीमुलुक लैजान हिंडेकी एक एजेण्ट काँकरभिट्टा नाकाबाटै फरार भएपछि दुइ युवती बिचल्लीमा परेका छन् ।
विचल्लीमा परेका उनीहरुलाई माइती नेपाल काँकरभिट्टाले उद्धार गरी प्रहरीको जिम्मा लगाएको छ ।
उद्धार गरिएकाहरुमा धरान सुनसरीकी ३७ बर्षीया सरिता राई र मोरङ्ग बबिया बिर्ताकी २२ बर्षीया अन्जली धिमाल रहेका छिन् ।
उनीहरुलाई धरानकै एजेण्ट कल्पना तामाङ्गले घरेलु कामदारमा लगाइदिने भन्दै कुबेत लैजान भनी पूर्वी नाका हुँदै हिंडेका थिए ।
काँकरभिट्टामा बिहान साढे सात बजे आइपुगेपछि एजेण्ट उनीहरुको राहदानी र केहि रकम लिएर फरार भएपछि बिचल्लीमा परेको कुरा उनीहरुले प्रहरीलाई बताएका छन् ।