पशुअधिकार, बलिप्रथा र गढीमाई

जनावर, फोटो, विश्लेषण, संस्कृति, समाचार2 प्रतिकृयाहरु »

tikaram-yatriनेपालमा भर्खर-भर्खर पशुबलि प्रथाको पक्ष र विपक्षमा तर्क र बहस शुरु भएको छ। एक थरीले यसलाई धार्मिक बैसाखी टेकाएर सांस्कृतिक निरन्तरताका रुपमा व्याख्या गरेका छन् भने अर्का थरीले अहिंसासँग जोडेर पूर्णरुपेण शाकाहारी हुन उर्दी जारी गर्दै छन्। बल्रि्रथा न ऐतिहासिक धार्मिक परम्पराको विरासत हो न मंश-अभ्यासबाट अभ्यस्तहरुलाई चटक्कै शाकाहारी बनाउने अभियान व्यावहारिक तर्क हो। बारास्थित गढीमाई मेलाको पूर्वसन्ध्यामा बलि-बहस अपेक्षित छ।

महिषासुर र चण्ड, मुण्ड दैत्यहरुलाई दुर्गा भवानीदेवीले नास गरेको तथा मर्यादा पुरुषोत्तम रामले रावणमाथि विजयप्राप्त गरेको सन्दर्भसँग जोडेर मनाउने दशैं, बल्रि्रथाको सबैभन्दा ठूलो ताण्डवनृत्य मञ्चन गरिने समय हो। असुर शक्तिमाथि सुर शक्तिको विजयको प्रतीकात्मक अर्थबोध गर्न दशैंमा निधारभरि रातो अक्षता र कानमा झप्प परेको पहेँलो जमरा लाउनुअघि घरआँगनदेखि मन्दिर, शक्तिपीठ, कोत र खलङ्गाहरुमा रगतको खोलो बग्ने गरी पशुपन्छीको बलि चढाउँछौं। हामी सांस्कृतिक निरन्तरताका नाममा झन्भन्दा झन् हिंसात्मक बनिरहेका छौं।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचार18 प्रतिकृयाहरु »


भुटानी शरणार्थीका नेता केबी खड्काको हत्यापछि भुटानी भूमिगत दलका समूहले एक आपसमा हिलो छ्यापाछ्यापको राजनीति गर्न थालेका छन् ।
एक हतियारधारी समूहले गत भदौ २३ गते खड्कालाई धारिलो हतियार प्रयोग गरि शिविर नजिकै हत्या गरेको थियो । हत्यामा युनाईटेड रिभोल्युस्नरी फ्रण्ट अफ भुटानको संलग्नता रहेको भन्ने सार्वजनिक भएपछि त्यो संगठनका समूहबीच राजनैतिक खिचातानी र आरोप प्रत्यारोप शुरु भएको हो ।
तारा मुकारुङ समूह र रमेश सुब्बा समूहले दमकको बेलडाँगी शिविरमा पर्चावाजी गरेपछि शरणार्थीहरु भने कुनै अप्रिय घटना हुने हो की भनेर त्रसीत भएका छन् । पाँच दिन पहिले कर्माको नाममा शिविरमा पर्चा छरेर रमेश समूह अवैध र खड्का हत्यामा संलग्न रहेको आरोप लगाईएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सरोजाको रोजाइ चित्रकला – नाम पनि दाम पनि

कला, फोटो3 प्रतिकृयाहरु »

saroj1

जव मध्यरात जम्न थाल्छ, सवैतिर सुनसान वातावरण वन्छ, तव एउटा क्यानभासमा प्रतिविम्व उतार्ने काम शुरु हुन्छ । यस्तै मध्यरातपछिको एकान्त वातावरणलाई आफ्नो कलाको विहानी मान्ने कलाकार हुनुहुन्छ मोरङ जिल्लाको पथरी वजारकी सरोजा खड्गी । सानै उमेरमा नै कलामा औधी रुची राख्ने खड्गी अहिले यसैलाई आफ्नो मुख्य व्यवसाय कै रुपमा अँगालेको वताउनु हुन्छ ।   चुनौतीका विच गुज्रिरहेको कला क्षेत्रवाट राम्रो आम्दानी गरि यसैलाई व्यवसायिक वनाउने सरोजाले सुरुका दिनमा धेरै संघर्ष गर्नु परेको वताउनु हुन्छ । दु.खको फल मिठो हुन्छ भनेझैं अहिले राम्रो आम्दानीमा रमाउन पाउँदाको मज्जा अर्कै छ उहाँको ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in