१
महिला हिँसा विरूद्ध चेतना दिने कार्यक्रम आज भुटानी शरणार्थी शिविर शनिश्चरेमा शुरू भएको छ । उक्त अवसरमा शरणार्थी विद्यार्थीहरू र अंग्रेजी भाषा सिक्ने विद्यार्थीहरू सहभागी भएको र्याली समेत गरिएको थियो । कार्यक्रम दिप प्रज्ज्वलन गरि उद्घाटन गरिएको थियो । उक्त कार्यक्रमका सभापति शिविर सचिव चन्द्रसिंह राइ हुनुहुन्थ्यो भने प्रमुख अतिथि दिगो समाधान सहायक अधिकारी (Assistant Durable Solution Officer) सुशील कार्की रहनु भएको थियो । शनिश्चरे शिविरको आयोजना तथा युएनएचसीआरको प्रायोजकत्वमा भएको उक्त कार्यक्रममा साँगितिक तथा प्रतियोगितात्मक चित्रकला प्रदर्शनी पनि गरिएको थियो । सो कार्यक्रम आजदेखि १६ दिनसम्म चल्ने बताइएको छ ।
एउटा खसीको मूल्य कति पर्ला - ५ हजार, १० हजार, १५ हजार यति मात्र होइन, कास्कीमा एउटै खसी ३० हजारमा बिक्री भएको छ।
कास्कीको कालिका गाविसस्थित तमलेक टोलका किसान बेदनाथ पौडेलले पालेको करिब ९० केजीको खसी ३० हजारमा बिक्री भएको हो। सम्भवतः कास्कीमा यति धेरै मूल्यमा खसी बिक्री भएको हो पहिलो पटक हो। किसान पौडेलका अनुसार खसी डेढ वर्षो रहेको छ।
स्थानीय जातको बाख्री र उन्नत बाबरी जातको बोकाको क्रसबाट जन्मिएको पाठालाई खसी पारिएको पौडेलले जानकारी दिनुभयो। लेखनाथ नगरपालिकाको सिसुवाका शेषराज भुर्तेलले खसी किनेको पौडेलले जानकारी दिनुभयो। कृषक पौडलले बाख्रापालन, कफीखेती र जडीबुटीखेती गर्दै आउनुभएको छ। पौडेलले करिब डेड सय जातका जडीबुटी लगाउनुभएको छ।
धर्म संस्कारमा देखासेखी गर्नाले सार्वजनिक जग्गामा महङ्गा कन्क्रिटका चिहान निर्माण कार्य वढ्दो क्रममा रहेको छ ।
झापाको जिल्लाको रतुवामाई वृक्षारोपण आयोजनाको वन क्षेत्रमा यस्ता कन्क्रिटका चिहान निर्माण कार्यले तिव्रता पाएको छ । जिल्लास्थित पूर्व पश्चिम राजमार्गको उत्तरपट्टि रहेको रतुवा नदी पूर्व र कन्काई नदी पश्चिमको २७ सय ५३ हेक्टर आयोजनाको वन क्षेत्रमा जथाभावि रुपमा चिहान निर्माण हुने गरेका छन् । लखनपुर सितापुरी, केर्खा, धरमपुर, झिलझिले चौकदेखि राजमार्ग उत्तरको वन क्षेत्रमा यस्ता चिहान वन्ने क्रमले वन नै ढाकेको छ । यस क्षेत्रमात्र लगभग दश हजार भन्दा वढी पक्की चिहान रहेको स्थानिय वासिन्दाको अनुमान छ । सो क्षेत्रमा अहिले मानिसको भन्दा ठुलो वस्ती जस्तै वनिसक्यो मरेकाहरुको चिहान निर्माणले ।
