सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


चालु आर्थिक बर्षको चार महिनामा झापा जिल्लामा नौ दिन सत्र घण्टा आठ मिनेट बन्द भएको छ । साउनदेखि कार्तिक मसान्त सम्ममा बिभिन्न राजनैतिक दल तथा समुहले गरेको आन्दोलनका कारण जिल्ला बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार सबै भन्दा बढि साउन महिनामा पाँच दिन तेइस घण्टा तीस मिनेट जिल्ला बन्द भएको थियो ।
२०६५ साल चैत्र २९ गते भएको चालक दिपक पाण्डेको हत्याको बिषयलाई लिएर साउन १ गतेदेखि उचित क्षतिपूर्तिको माग राख्दै यातायात मजदुरहरुले बन्द आव्हान गरेका थिए । मजदुरले १ गतेदेखि ६ गते साँझ साढे ६ बजे सम्म ५ दिन १० घण्टा ३० मिनेट बन्द गरेको ट्राफिक प्रहरी हवल्दार कृष्णप्रसाद पोखरेलले बताए । साउन महिनामा संघिय लिम्बुवान राज्य परिषदले पनि बन्द आव्हान गरेको थियो । उसले साउन १३ गते बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म १३ घण्टा जिल्ला बन्द गर्यो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

न्यायाधिश नियुक्तिप्रति ह्युरोवको चासो

दस्तावेज, शरणार्थी1 प्रतिकृया »

भुटानमा हालै गरिएको प्रधान न्यायाधिशको नियुक्तिलाई लिएर भुटान मानवाधिकार संगठन (ह्युरोव)ले चासो प्रकट गर्दै प्रधान न्यायाधिश छनौट समितिलाई एउटा ध्यानाकर्षण पत्र पठाएको छ । छनौट समितिका अध्यक्षलाई सम्वोधन गरिएको उक्त पत्रमा ह्युरोबका अध्यक्ष एस वी सुव्बाद्वारा हस्ताक्षर गरिएको छ । उक्त पत्र ह्युरोवले जस्ताको तस्तै प्रेश विज्ञप्तिको रुपमा पनि प्रकाशित गरेको छ । सो पत्र यस प्रकार छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

अवसर देउ, गरेर देखाइदिन्छौं ।

प्रविधि, फोटो, समाचार विश्लेषण5 प्रतिकृयाहरु »

अवसर नपाएर मात्र हो, अवसर पाउने हो भने नेपाली युवाहरू पनि विदेशीभन्दा कम छैनन् भन्ने कुरा हालैका दिनहरूमा नेपाली युवाहरूले गरेका विभिन्न आविष्कारहरूले प्रमाणित गरिदिएका छन् । गत सालतिर मात्रै नेपाली विद्यार्थीहरूले “डाँफे” नामक हवाइ जहाज बनाएर सफल परीक्षण उडान समेत गरेका थिए । त्यस्तै केही महिनाअघि भारतको तमिलनडुमा अध्ययनरत एक जना नेपाली विद्यार्थी कल्याण श्रेष्ठले पनि आफ्ना सहपाठीहरूको सहयोगमा हवाइजहाज बनाएका छन् ।
नेपाली युवाहरूले आफ्नो प्रतिभा देखाउने क्रममा एक महिना अगाडि वाग्लुङका कुशल केसीले सोलर कार बनाएका छन् । उक्त कारमा हिजो मात्र उनले प्रधानमन्त्री माधव कुमार नेपाललाइ नेकपा एमाले पार्टी कार्यालयअगाडि परीक्षणका लागि चढाएको फोटो पनि आजको कान्तिपुरमा छापिएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in