आधुनिक चन्द्रशम्शेरहरु पनि सिंहदरवार छिरेपछि परिवर्तन हुँदा रहेनछन् ।

राजनीति, विचारकुनै प्रतिकृयाहरु छैनन् »

वास्तविक वा आम वा सम्पूर्ण लोकतन्त्रको लागि सिंह दरवारबाट प्रशासिनक केन्द्र सार्नु पर्छ ।

हुन त साँच्चै नै नयाँ नेपाल बनाउनै छ भने देशको राजधानी नै सारिनु पर्छ । आजसम्मका तमाम पुराना तौरतरिका, प्रणाली लगायत भावना र माहौल सव नयाँ शीराबाट शुरु गर्न नयाँ चेहरासहित प्रतिस्थापित हुनुपर्छ नत्र नेपाल सय बर्षमा पनि परिवर्तन हुनेवाला छैन । नारै मात्र हो भने भन्नु केही छैन, माया, प्रेम, प्रजातन्त्र, बिकाश, नयाँ नेपाल, नागरिक सर्बोच्चता आदि सुन्नमा रमाइला लाग्छन् । तर सव आखिर नारै लगाउन मात्र हुन् भने भन्नु केही छैन, नेपाली जनता यिनै मृगतृष्णामा बाँच्न सिपालु भैसकेका छन् । हैनभने नयाँ नेपाल बनाउने अदभूत् नारा लिएर आएका माओवादी लगायत सम्पूर्ण राजनीतिक पार्टीहरुले राजालाई सामान्ति भनेर हटाउने तर आफूचाँही सदियौंदेखि सिंहदरवार जस्तो सामान्तिको अखडामा अड्डा जमाएर सामान्तिपारामा देशको शासन गर्न बसेका छन् । त्यहाँ बस्न पाँइन भनेर तिनै माओवादीहरु बौलाएर आन्दोलन गर्दै छन् ।त्यही सिंहदरवार छिर्न पाइहालिन्छ की भनेर प्रचञ्ड मर्न लागेको गिरिजाको चाकडि गर्न सिंगापूर धाए । तर तिनै आजका माओवादी लगायत आजका सबै शासकहरु पनि सामान्ति नै हुन, हामी आम जनतालाई त्यही सिंहदरवार छिर्न समेत दिदैनन् । मन्त्रीहरु, माननियहरु र सिंहदरवारका कमर्चारीले चिनेजानेका बाहेक अरु आम नागरिकले त्यहाँ प्रवेश नै पाउदैनन् । त्यै पनि भित्र छिर्न प्रहरीहरुसंग बिनासित्तिमा जहिले पनि लडाइ नै गर्नुपर्छ । त्यो प्रशासनिक केन्द्र आम नेपाली जनताको धरोहर हो कि चन्द्र शम्सेरको पारामा शासन गर्ने आधुनिक चन्द्र शम्सेरहरुको हो स्वेच्छाचारी अखडा ?

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

मन छुने सिर्जना

कविता, शरणार्थी, साहित्य, साहित्यिक शुक्रवार14 प्रतिकृयाहरु »

jiten_muskanजितेन मुस्कानका यी सिर्जना एकदमै मन परे मलाइ । पढ्दा पढ्दै कतै भावुक बनाइदिन्छन् भने कतै रगत उमाल्ने जोस भरिदिन्छन् । यी कविता पढेपछि भन्न मन लाग्यो जीतेन जी, You are great !!

नयाँ भूटानमा


धर्ती छैन
देश छैन
घर छैन
भन्ने भूटानीहरुले नयाँ भूटानमा

जन्मेको माटोलाई म्वाई खाईरहेका हुनेछन्
विजय र शान्तीको गाना
घन्काई रहेका हुनेछन्

वारुदले चिथोरेको अङ्गहरुमा
बलत्कृत चेलीहरुको अङ्ग अङ्गमा
भोका नाङ्गा दमित शोसित
र निमुखा जनताहरुको अङ्गअङ्गहरुमा
विजयको मलम लगाउँदै गरेका हुनेछन् पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

‘भोगाइहरू’ बाट

गजल, साहित्य, साहित्यिक शुक्रवार2 प्रतिकृयाहरु »


खवर उनको केहि थाहा छैन्, कस्ती भईन मेरी सानु ।।
उनको साथ मेलापात गएको, भुलेको छैन् मेरी सानु ।।

विवसताको कठघरामा, एक्लो जीवन विताउँदैछु म
वसेकी होली चाँडै आउँछ भन्दै, वाटो हेर्दै मेरी सानु ।।

गरिबपनको रेखावाट, चाडैं नै मुक्त हुने आसमा
धेरै सपनाहरु सजाउँदै, वसेकी होलीन् मेरी सानु ।।

आँखा भरी उनको तस्विर, रातमा हुन्छ छट्पटी किन ?
छुट्टिएर वसेको धेरै भयो, कस्ती भईन् मेरी सानु ।।

मलाई जस्तै उनलाई पनि, त्यहाँ त्यस्तै हुन्छ नै होला ।
सा“झ विहान नेपथ्यमा, वाटो हेर्दै वसेकी मेरी सानु ।। पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

मलेसियामा दुई नेपालीलाई मृत्युदण्ड

प्रवास, समाचार1 प्रतिकृया »

अवैद्य लागू औषध कारोबारमा संलग्न भएको आरोपमा ६ वर्ष अघि पक्राउ दुई नेपालीलाई मलेसियाको उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।

हरिबहादुर घले (२९) र साजन गुरुङ (३०) अमेरिकी लागू औषध नियन्त्रण एजेन्सी तथा बुकिट अमान प्रहरीद्वारा ८७५.२ ग्राम लागू औसध हिरोइन कारोबारको क्रममा सन् २००३ मे ३० मा पक्राउ परेका थिए । अभियुक्त नेपालीहरु जलान शहरको एक होटलमा पक्राउ परेका थिए ।

मलेसियाको लागू औषध नियमावली १९५२ को दफा ३९ अन्तर्गत मृत्युदण्डको सजाय सुनाइएको हो । अभियुक्त हरि र साजनले आफ्नो बचाउमा ठोस प्रमाण जुटाउन नसक्दा सजायको भागेदार हुनु परेको मलेसियन समाचार एजेन्सी बर्नामाले जनाएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

युनएचसीआर र कारितासले कन्सर्ट गर्ने

शरणार्थी, समाचार6 प्रतिकृयाहरु »

विश्व एड्स दिवस २००९ को अवसरमा शरणार्थी मामिला सम्बन्धि संयुक्त राष्ट्र संघीय उच्चायोग र कारितास नेपालले झापाको दमकमा साँगितिक कार्यक्रम आयोजना गर्ने भएका छन् ।
आउँदो मङ्गसिर १३ गते नेपालको चर्चित रक व्याण्ड 1974 AD को साङ्गीतिक कर्न्सट ”म्यूजिक फर रिलिफ” आयोजना गर्न लागिएको विहिवार पत्रकार सम्मेलन गरि उच्चायोगले जानकारी दिएको हो । सो कर्न्सट एचआइभी/एड्सका बारेमा सचेतना प्रबर्द्धनका गर्नका लागि आयोजना गर्न लागिएको बताइएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचार1 प्रतिकृया »


झापाको दमकमा संचालित होटलहरुमा डिलरहरुबाटै नक्कली मदीराको बिक्री वितरण हुने गरेको उनीहरुले दाबी गरेका छन् ।
कतिपय ब्राण्डेड मदीरा समेत नक्कली लेवल लगाएर बिक्री हुने गरेको होटल व्यवसायीले बताएका छन् ।
होटल व्यवसायी संघ दमकका उपाध्यक्ष गंगा सिटौलाले डिलरहरुले नै नक्कली मदीराको बिक्री विरतण गरिरहेको बताउनु भयो ।
उहाँले यस काममा गिरोह नै परिचालित भएको बताउँदै त्यस विषयमा सम्बन्धित कम्पनीलाई समेत जानकारी दिइएको बताउनु भयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

ग्लोवलमा बम

फोटो, समाचार5 प्रतिकृयाहरु »

फोटोसहित अपडेट विहान १०:१५ बजे

global-eduational-academyझापाको दमकस्थित ग्लोवल झापाको दमक ११ स्थित ग्लोवल एजुकेशन एकेडमीमा सकेट बम फेला परेको छ ।
आज बिहान ५ बजे सो बम फेला परेको हो । बम निष्कृय पार्न सेनाको विशेषज्ञ टोलीलाई आग्रह गरिएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

फोटो, शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


महिला हिँसा विरूद्ध चेतना दिने कार्यक्रम आज भुटानी शरणार्थी शिविर शनिश्चरेमा शुरू भएको छ । उक्त अवसरमा शरणार्थी विद्यार्थीहरू र अंग्रेजी भाषा सिक्ने विद्यार्थीहरू सहभागी भएको र्याली समेत गरिएको थियो । कार्यक्रम दिप प्रज्ज्वलन गरि उद्घाटन गरिएको थियो । उक्त कार्यक्रमका सभापति शिविर सचिव चन्द्रसिंह राइ हुनुहुन्थ्यो भने प्रमुख अतिथि दिगो समाधान सहायक अधिकारी (Assistant Durable Solution  Officer) सुशील कार्की रहनु भएको थियो । शनिश्चरे शिविरको आयोजना तथा युएनएचसीआरको प्रायोजकत्वमा भएको उक्त कार्यक्रममा साँगितिक तथा प्रतियोगितात्मक चित्रकला प्रदर्शनी पनि गरिएको थियो । सो कार्यक्रम आजदेखि १६ दिनसम्म चल्ने बताइएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

पत्रपत्रिकाका चार खवर

फोटो, समाचार2 प्रतिकृयाहरु »

goatएउटा खसीको मूल्य ३० हजार

एउटा खसीको मूल्य कति पर्ला - ५ हजार, १० हजार, १५ हजार यति मात्र होइन, कास्कीमा एउटै खसी ३० हजारमा बिक्री भएको छ।

कास्कीको कालिका गाविसस्थित तमलेक टोलका किसान बेदनाथ पौडेलले पालेको करिब ९० केजीको खसी ३० हजारमा बिक्री भएको हो। सम्भवतः कास्कीमा यति धेरै मूल्यमा खसी बिक्री भएको हो पहिलो पटक हो। किसान पौडेलका अनुसार खसी डेढ वर्षो रहेको छ।

स्थानीय जातको बाख्री र उन्नत बाबरी जातको बोकाको क्रसबाट जन्मिएको पाठालाई खसी पारिएको पौडेलले जानकारी दिनुभयो। लेखनाथ नगरपालिकाको सिसुवाका शेषराज भुर्तेलले खसी किनेको पौडेलले जानकारी दिनुभयो। कृषक पौडलले बाख्रापालन, कफीखेती र जडीबुटीखेती गर्दै आउनुभएको छ। पौडेलले करिब डेड सय जातका जडीबुटी लगाउनुभएको छ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

भरिंदैछ जंगल कन्क्रिटका चिहानले

फोटो, समाचार विश्लेषण, सामाजिक1 प्रतिकृया »

धर्म संस्कारमा देखासेखी गर्नाले सार्वजनिक जग्गामा महङ्गा कन्क्रिटका चिहान निर्माण कार्य वढ्दो क्रममा रहेको छ ।
झापाको जिल्लाको रतुवामाई वृक्षारोपण आयोजनाको वन क्षेत्रमा यस्ता कन्क्रिटका चिहान निर्माण कार्यले तिव्रता पाएको छ । जिल्लास्थित पूर्व पश्चिम राजमार्गको उत्तरपट्टि रहेको रतुवा नदी पूर्व र कन्काई नदी पश्चिमको २७ सय ५३ हेक्टर आयोजनाको वन क्षेत्रमा जथाभावि रुपमा चिहान निर्माण हुने गरेका छन् । लखनपुर सितापुरी, केर्खा, धरमपुर, झिलझिले चौकदेखि राजमार्ग उत्तरको वन क्षेत्रमा यस्ता चिहान वन्ने क्रमले वन नै ढाकेको छ । यस क्षेत्रमात्र लगभग दश हजार भन्दा वढी पक्की चिहान रहेको स्थानिय वासिन्दाको अनुमान छ । सो क्षेत्रमा अहिले मानिसको भन्दा ठुलो वस्ती जस्तै वनिसक्यो मरेकाहरुको चिहान निर्माणले ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in