सेरोफेरो

फोटो, समाचार1 प्रतिकृया »


अपहरणमा परेका झापा महारानीझोडा ७ का एक किसोर प्रहरीको सम्पर्कमा आएका छन् ।
गत पुस १३ गते दमकबाट अपहरणमा परेका १६ बर्षिय दीपक सिटौला आज प्रहरीको सम्पर्कमा आएका हुन् ।
सशस्त्र प्रहरी बल पाथिभरा गण मेचीको सम्पर्कमा आएका उनले एक जना नेपाली महिलासहित सात जनाले भेनमा राखेर आफूलाई भारतको सिलीगुडी पुर्याएको र राती भागेर नेपाल आएको प्रहरीसमक्ष बयान दिएका छन् ।
सशस्त्र प्रहरीले ती किसोरलाई आजै जनपद प्रहरीको दमक कार्यालयलाई जिम्मा दिएको छ । उनको अपरहणको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

इलामको सेरोफेरो

समाचार1 प्रतिकृया »


चारबटा खुट्टा भए पनि अगाडिको दुइ खुट्टा भने हत्केला आकारको पञ्जा भएको र उत्तानो फर्किएको साथै पुच्छर नभएको अनौठो मुसा हिजोआज पूर्वी इलाममा व्यापक पाइन थालेको किसानहरुले बताएका छन्। जमिनमा हिँड्न नसक्ने भए पनि यो अनौठो मुसाले तरकारी बाली र अन्य बालीसमेत उधिनेर जरा काट्ने गरेको कृषक पूर्ण रिजाल बताउनु हुन्छ। विषादी हालेको ठाउँमा कमै आउने तर प्राङ्गारिक खेतीमा यस्तो मुसाले बढी दुःख दिने किसानहरुले बताएका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

भिडियो, शरणार्थी, समाचार2 प्रतिकृयाहरु »


नेपाल सरकारले झापा र मोरङ स्थित भुटानी शरणार्थी शिविर व्यवस्थापन समितिको पदावधि छ महिनाका लागि थप गरेको छ ।
समितिको कार्यावधि पूरा भई भोलि जनवरी महिनाबाट निर्वाचित नयाँ नेतृत्वलाई कार्यभार सुम्पनु पर्ने थियो ।
तर डिसेम्बर अन्तिमसम्म पनि निर्वाचन नभएपछि गृहमन्त्रालय मातहतको शरणार्थी समन्वय एकाई कार्यालयले पत्राचार गरि साविककै समितिका पदाधिकारीलाई काम गर्न निर्देशन दिएको हो ।
दमकस्थित बेलडाँगी १ शिविरका सचिव टिबी गुरुङले पत्राचार गरि साबिक बमोजिम नै काम गर्न निर्देशन आएको बताउनु भयो ।
शिविरको शान्ति सुव्यवस्था कायम गर्ने, झै झगडा मिलाउने र अन्य व्यवस्थापकिय कार्य गर्न निर्वाचित कार्यसमिति रहने व्यवस्था सन् १९९२ देखि भएको हो । निर्वाचनमा शिविरका १८ वर्षमाथिका मतदाताले मत दिन पाउने व्यवस्था छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

गाविसमा कम्प्यूटर

प्रविधि, समाचार विश्लेषण1 प्रतिकृया »

staffझापाको तोपगाछी गाविसका खरीदार वुद्धिमान पौडेल आफ्नो ३३ वर्ष लामो जागिरे जीवनमा पहिलोपटक कम्प्युटरमा कार्यालयको काम गर्न पाएकोमा दंग हुनुहुन्छ ।
आफ्नै पालामा कम्युटर चलाउनु पर्छ भन्ने उहाँले सोचेको पनि थिएन । ५२ वर्षको उमेरमा आफू कार्यरत कार्यालयमा कम्युटरको प्रयोग हुन थालेपछि पौडेललाई अवसर र चुनौती दुवै थपिएको छ । यसरी कार्यालयमा नै कम्युटर भएपछि चिठ्ठीपत्र, सिफारिसका काम सवै कम्प्युटरवाट गर्न थालिएको छ । गाविसका सम्पूर्ण डाटासमेत कम्प्युटरमा इन्ट्री गर्ने काम भईरहेकाले अव चाँडै सवै काम कम्प्युटरवाटै गर्न तयारी भइरेको कुरा गाविस सचिव विरेन्द्र खड्का वताउनु हुन्छ । कम्प्युटरको प्रयोग भएपछि सधैं हातले लेख्दा एक घण्टा लाग्ने सिफारिस पत्र अहिले पाँच मिनेटमा नै हुन थालेको छ । कार्यालयका यस्ता सवै कागज पत्रको नमुना तयार गरिएको छ भने कस्लाई कस्तो काजग पत्र तयार गर्नु पर्ने हेरेर तत्काल गर्न सकिने भएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचार1 प्रतिकृया »


झापाको गौरादहमा घरायसी विवादमा वढेपछि आज एक युवकले खुकुरी प्रहार गरी वावुको हत्या गरेका छन् ।
गौरादह गाविस वडा नं. - १ स्थित आफ्नै घरमा विहान ११:३०बजे ६६ वषिर्य भगिश्वर वेघालाई माइलो छोरा राजकुमारले खुकुरी प्रहरा गर्दा घट्ना स्थलमा नै मृत्यु भएको थियो । वावुछोरा विचमा घरायसी चर्कदै गएपछि छोराले खुकुरी प्रहार गरेको पारिवारिक स्रोतले जानकारी गाएको छ । मृतकको पोष्टमर्टमपछि आजै दाह सँस्कार गरिएको छ ।
वावुको मृत्युपछि राजकुमारलाई प्रहरीले हिरासतमा लिएर कार्वाही प्रकृया अघि वढाएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

ल्सोसारको शुभकामना

संस्कृतिकुनै प्रतिकृयाहरु छैनन् »

बौद्ध धर्म मान्ने गुरूङहरूको साँस्कृतिक चाड ल्होसारको अवसरमा उक्त धर्मप्रति आस्था राख्ने सवैमा शुभकामना ।
बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार आज काठमाडौंलगायत गुरुङ बस्ती भएका विभिन्न भागमा मनाइँदै छ । नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, सेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

रहेनन् टीकाराम

दुर्घटना, फोटो, शरणार्थी, समाचार21 प्रतिकृयाहरु »

tikaram_koirala1पछाडिबाट आएको कारको ठक्करबाट सख्त घाइते भएका टिकाराम कोइरालाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »

सेना समायोजन प्राविधिक समितिले सेना समायोजनका सवालमा झापाका राजनीतिक दल र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको छ ।
समितिले झापाको विर्तामोडमा कार्यक्रमको आयोजना गरी छलफल गरेको हो । छलफलका सहभागीले राजनीतिक सहमतिका आधारमा सेना समायोजन गरिनुपर्नेमा जोड दिएका छन ।
छलफलमा प्राविधिक समितिका सदस्य बालानन्द शर्मा, षडानन्द कुर्मी, दीपकप्रकाश भट्ट, गेजा शर्मा वाग्ले र सुविन्द्र बोगटीको सहभागिता थियो ।
झापाका राजनीतिक दलका तर्फबाट माओवादीका जिल्ला इन्चार्ज सन्देश, कांग्रेस झापाका सभापति सुधिर शिवाकोटी, एमालेका अध्यक्ष रविन कोइराला, मधेशी जनाधिकार फोरमका सज्जनकुमार वंशल लगायतले सहभागिता जनाएका थिए ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

बेलडाँगीमा रक्तदान

फोटो, शरणार्थी, समाचार, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »

रक्तदान नै जीवन दान भन्ने मूल उद्देश्यका साथ भूटानी शरणार्थी शिविर बेलडाँगीमा आज रक्तदान कार्यक्रम आयोजना गरियो । यूवा मैत्री केन्द्र बेलडाँगी-१ का संयोजक मानधोज गुरुङ्गको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम शिविर ब्यवस्थापन समितिको कार्यालय परिसरमा गरिएको थियो । सो कार्यक्रम हुनुपूर्व शिविर परिक्रमा गरिएको थियो ।
रक्तदान कार्यक्रममा शरणार्थी लगायत शरणार्थी प्रभावित क्षेत्रबाट पुरुष २३ र महिला ७ जनाले रक्तदान गरेका थिए भने करिव ८०० शरणार्थीहरुले सो कार्यक्रम अवलोकन गरेका थिए ।
कार्यक्रममा शरणार्थीको शैक्षिक सहायता संस्था कारितासका प्रमुख फादर अमल राज एस.जे, बाल मञ्चका कार्यक्रम संयोजक इन्द्र तिम्सीना, शिविर सचिव टि.वि.गुरुङ्ग, भूटानी पत्रकार भक्त घिमिरे, शिविर सहजकर्ता सहबहादुर महोत्ते, फिल्ड स्टाफ रेनुका राई, आइत गुरुङ्ग लगायत अन्य संघ संस्थाका प्रतिनिधिले पनि रक्तदान गरि शरणार्थीको स्वास्थ्यमा धेरै सुधार होस् भनि कामना समेत गरेका थिए ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

तपाई पनि देश हो

विचार, विश्लेषण1 प्रतिकृया »

‘आफुलाई शिक्षित तुल्याउनुस, तपाईको सम्पूर्ण विद्वताको हामीलाई आवश्यकता छ । आफुलाई उद्वेलीत पार्नुस्, तपाईको सम्पूर्ण उत्साहको हामीलाई आवश्यकता छ ।’

- एन्टोनीयो ग्राम्शी

माथिको भनाई ग्राम्शीसँग सापटी मागेर हाम्रो वर्तमानले हामीलाई भनिरहेको छ । तर बीडम्बना ! हामीले ठीक विपरित बाटो समातेका छौँ । एकथरि जो शिक्षित छन्, ती सबै पलायन भइरहेछन् । अर्कोथरि यहाँ काम गर्नका अल्छीले, पढ्नका अल्छीले र नचाहिँदा काममा समय खेर फालेर आफुलाई निकम्मा बनाएकाले देशलाई गालि गर्दै बाहिरिइरहेका छन् । यहाँका झर्झाउँदा युवा, वौद्धिक, ज्ञानी, विज्ञ, डाक्टर र प्रोफेसरहरुको बहिर्गमन हेरेर अलमलिइरहेको छ हाम्रो वर्तमान । आज नेपाललाई चाहिएको ती सबै ज्ञान, शीप, जाँगर र उत्साह हरिया डलरमा साटिएको छ र बदलामा हाम्रो देश ‘रेमीट्यान्स’ नामको बेस्वादे ललिपप एकोहोरो चुसिइरहेछ । यो ललिपप स्वास्थ्यका लागि हानिकारक छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in