१
चारबटा खुट्टा भए पनि अगाडिको दुइ खुट्टा भने हत्केला आकारको पञ्जा भएको र उत्तानो फर्किएको साथै पुच्छर नभएको अनौठो मुसा हिजोआज पूर्वी इलाममा व्यापक पाइन थालेको किसानहरुले बताएका छन्। जमिनमा हिँड्न नसक्ने भए पनि यो अनौठो मुसाले तरकारी बाली र अन्य बालीसमेत उधिनेर जरा काट्ने गरेको कृषक पूर्ण रिजाल बताउनु हुन्छ। विषादी हालेको ठाउँमा कमै आउने तर प्राङ्गारिक खेतीमा यस्तो मुसाले बढी दुःख दिने किसानहरुले बताएका छन् ।
२
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमति कायम गरेर अघि बढेमा मात्र मुलुकलाई शान्ति प्रकृयाको निष्कर्षमा पुर्याउन सकिने बताउनु भएको छ ।
मेरो गोरुको बाह्रैटक्का गरेर सहमति कायम हुन नसक्ने उहाँले बताउनु भयो । एमाले इलाम जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशनको आज इलाममा उद्घाटन गर्दै अध्यक्ष खनालले सबै पार्टी जिम्मेवार भएर अघि बढेमा मात्र निर्धारित समयमा नयाँ संविधान निर्माण गर्न सकिने बताउनु भयो ।मुलुकमा अहिले सेना समायोजन नयाँ संविधान निर्माण राज्यको पुनसंरचना आर्थिक क्रान्ति र राष्ट्रिय एकतलाई सुदृढ बनाउने पाँचवटा कार्य बाँकी रहेकाले सहमतिकै आधारमा मात्र यी काम सम्पन्न गर्न सकिने बताउनु भयो । हतियार देखाएर गर्ने व्यवहार संसारमा कुनै पनि कम्युनिष्ट पार्टीले नगर्ने भन्दै अध्यक्ष खनालले त्यस्तो चरित्र गुण्डागर्दीको भएको उल्लेख गर्नुभयो । माओवादी निकट वाइसीएलका कार्यकर्ताको व्यवहारप्रति संकेत गर्दै अध्यक्ष खनालले त्यस्ता व्यवहारले खतरा निम्त्याउने बताउनुभयो । पर्सिसम्म चल्ने अधिवेशनमा जिल्ला भरका सात सय ३८ जना प्रतिनिधि सहभागी छन् ।
३
मानव जीवनको अत्यन्तै संवेदनशील क्षेत्र स्वास्थ्य हो । मानव स्वास्थ्यको लागि प्रयोग गरिने औषधी पसलहरु अबैधानिक रुपमा संचालित भएको पाइएको छ । पूर्वाञ्चलमा संचालन भएका औषधी पसल तथा क्लिनिकहरुले जथाभावी रुपमा औषधीको विक्री गर्दा मानिसको स्वास्थ्यमा जोखिम उत्पन्न भएको चिकित्सकहरुले बताएका छन् । अधिकाँस औषधी पसलहरुमा एलोपेथिक, होमियोपेथीक (जडीबुट्टी बाट उत्पादित औषधी) दुबै औषधी एउटै पसलमा राखेर विक्री वितरण गर्ने गरेको पाइएको छ । मेडिकल काउन्सिलको ऐन र नियम अनुसार दुबै वर्गका औषधी एउटै पसलमा राख्न नपाइने व्यवस्था छ । मेडिकल तथा क्लिनिकहरुले औषधी र डाक्टरहरुको विज्ञापन गरी क्लिनीक संचालन गर्ने नपाउने काउन्सीलको व्यवस्था भएपनि अधिकाँस मेडिकलहरुले नियम विपरित डाक्टरहरुको विज्ञापन गर्ने गरेका छन् । मेडिकल काउन्सीलको नियम0विरोधी कार्यले उपभोक्ता मारमा पर्ने गरेका जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख डा. तारानाथ पोख्रेलको भनाइ छ । यस्ता लापर्रवाही रुपमा संचालन भएका औषधी पसलमाथि औषधी व्यवस्था विभागले अनुगमन गरी कार्रवाही गर्न सक्ने भएपनि पूर्वाञ्चलमा अहिलेसम्म औषधी पसलहरुको अनुगमन नगरेको डा. पोख्रेलले बताए । इलामका कतिपय निजी औषधी पसलहरुमा समेत नियम विपरित संचालित रहेको बताइएको छ । नियम अनुसार औषधी पसल सञ्चालन नहुँदा एकातिर उपभोक्ता मारमा पर्ने गरेका छन् भने अर्कोतिर औषधीमा कालोबजारीले प्रोत्साहन पाइरहेको छ । डा. पोख्रेलका अनुसार जिल्ला स्वास्थ्य कार्यालयलाई औषधी पसलहरुको अनुगमन गर्ने व्यवस्था छैन, मेडिकल काउन्सीलले पनि अनुगमन नगर्दा मेडिकल नियम विपरीत संचालन भइरहेका छन् ।
४
हरेक वर्ष प्रदान गरिँदै आएको इलामको नामसालिङ सामुदायिक विकास केन्द्रले तीन गाविसका ३६ जना छात्रालाई माकातोमकी छात्रवृत्ति प्रदान गरेको छ । इलामका गोर्खे, जमुना र माबु गाविसका छात्राहरुलाई सो छात्रवृत्ति प्रदान गरिएको हो । इलामको माबु गाविसका प्राविमा अध्ययनरत १० जना, निमाविमा अध्ययनरत २ जना र माविमा अध्ययनरत एक जना छात्रालाई सो छात्रवृत्ति प्रदान गरिएको छ । त्यसै गरी गोर्खे गाविसका १७ जना प्राविमा अध्ययन गर्ने, ५ जना निमाविमा अध्ययन गर्ने र दुइ जना माविका अध्ययन गर्ने छात्राहरुले सो पुरस्कार पाएका छन् । जमुनाका प्राविमा पढ्ने २० जना र निमाविका चारजना र माविमा पढ्ने दुइजनालाई सो पुरस्कार प्रदान गरिएको नासाविकेका याम प्रसाद अधिकारीले बताए । नासाविकेको माकातोमाकी नासाविके महिला छात्रवृत्ति कार्यक्रम अर्न्तर्गत छात्राहरुलाई एक हजार बरावरको झोला, स्टेशनरी र नगद, निमाविमा अध्ययन गर्नेलाई एकहजार तीन सय बरावरको र माविमा अध्ययन गर्नेलाई एक हजार छ सय बराबरको छात्रवृत्ति प्रदान गरेको अधिकारीले बताए । त्यस्तै गरेर यस वर्ष अरु चार गाविसका छात्राहरुलाई पनि छात्रवृत्ति प्रदान गरिने छ । जस अर्न्तर्गत नामसालिङ्गका प्राविका २४, निमाविका पाँच र माविका दुइजना, सोयाङका प्राविका २०, निमाविका चार, र माविका दुइ जनालाई , नयाँबजारका प्राविका २१, निमाविका चार र माविका दुइ सहित २७ जनालाई, र जोगमाइका प्राविका १३, निमाविका एक र माविका एक सहित १५ जनालाई सो पुरस्कार प्रदान गरिने केन्द्रले जनाएका छ । त्यस्तै गरेर उच्च शिक्षा हासिल गरिरहेका सात गाविसका एक-एक जनालाई प्रतिविद्यार्थी तीन हजारका दरले छात्रवृत्ति प्रदान गरिने अधिकारीले जनाकारी दिए। नासाविकेले जापानी नागरिक माकातोमाकीको सहयोगमा एक दशकयता यो छात्रवृत्ति वितरण गर्दै आएको छ । शुरुमा तीन गाविसमा मात्र सिमित छात्रवृत्ति २०६० सालदेखि सातै गाविसका विस्तार गरिएको हो । छात्रावृत्तिका लागि प्रत्येक वर्ष दुइ लाख ५० हजार बराबरको रकम खर्च हुने गरेको केन्द्रले जनाएको छ । छात्रावृत्ति प्रदान गर्नैको लागि गाविसका छनौट समितिले गाविसभरीका विद्यालयबाट जेहेन्दार, दलित, जनजाती, लोपोन्मुख, टुहुरा र निरन्तर छात्रवृत्ति पाइरहेका विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति प्रदान गदै आएको छ । माकातोमाकीले सहयोग गरेको ३१ लाख ३८ हजार र नासाविके तथा सम्वन्धित गाविसबाट संकलित ६ लाख रुपैया गरी छात्रावृत्तिका लागि केन्द्रले ३८ लाख बराबरको कोष खडा गरेको छ । जम्मा भएको रकमको व्याजबाट प्रत्येक बर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसपटक प्राविका १२५, निमाविका २४ जना र माविका १२ र उच्च शिक्षा हासिल गर्ने सात सहित जम्मा १६८ जनालाई सो छात्रवृत्ति वित्तरण गर्ने अधिकारीले जानकारी दिए । शुरुदेखि हालसम्ममा सात गाविसका ५२ विद्यालयबाट एकहजार तीनसय विद्यार्थीलाई उक्त छात्रवृत्ति वित्तरण गरिसकेको अधिकारीले बताए ।
यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:
- इलामको सेरोफेरो
१ आगलागी नियन्त्रण गर्नको लागि इलाम नगरपालिका क्षेत्रमा पानी संकलन गर्ने ट्याङ्कीको निर्माण हुने भएको छ । आपतकालिन स्थितिमा पानीको अभाव हुने कारणले गर्दा पानी संचिति गर्नको लागि सो ट्याङ्कीको निर्माण हुन लागेको हो । १८ हजार लिटर क्षमता भएको ट्याङ्की निर्माणका लागि इलाम नगरपालिकाबाट १ लाख, ग्रामिण पुन निर्माण... - इलामको सेरोफेरो
तीन गाउँलाई नौ लाख सहयोग ग्रामीण पुनःनिर्माण संस्था (आर.आर एन) ले इलामको चुलाचुली, बाँझो र नयाँबजारका तीनवटा गाँउलाई ८ लाख ९६ हजार बरावरको सहयोग गरेको छ । आर आर एनले ती गाउँमा खानेपानी योजना, भवन निर्माण र आधुनिक बाख्रा खोर निर्माणका लागि सो रकम सहयोग गरेको हो । इलामका दुर्गम... - सेरोफेरो
१ बैदेशिक रोजगारीका लागि भन्दै खाडीमुलुक लैजान हिंडेकी एक एजेण्ट काँकरभिट्टा नाकाबाटै फरार भएपछि दुइ युवती बिचल्लीमा परेका छन् । विचल्लीमा परेका उनीहरुलाई माइती नेपाल काँकरभिट्टाले उद्धार गरी प्रहरीको जिम्मा लगाएको छ । उद्धार गरिएकाहरुमा धरान सुनसरीकी ३७ बर्षीया सरिता राई र मोरङ्ग बबिया बिर्ताकी २२ बर्षीया अन्जली धिमाल रहेका... - सेरोफेरो
१ झापाको धरमपुर-८ स्थित माझी वस्तीमा ४ जना कालाज्वरका विरामी भेटिएका छन्। स्थानीय कालीबहादुर माझी, मनिष माझी, सञ्जय माझी र लालबहादुर खड्कामा कालाज्वर जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनी धरानमा उपचारपछि घर फर्किएका छन्। यसैबीच, जनस्वास्थ्य कार्यालयले कालाज्वर प्रभावित क्षेत्रमा र्यापिड रेस्पोन्स टिम परिचालन गरी... - सेरोफेरो
अपडेट क दमकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक बृद्धको मृत्यु भएको छ । दमक १ दुरसञ्चार रोडमा मोटरसाइकलले ठक्कर दिदा सोही स्थान बस्ने बर्ष७५ का नुमाफु लिम्बुको मृत्यु भएको थियो । उनलाई को २ प ६३९० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो भने त्यसका चालक भने फरार रहेको दमक...
January 2nd, 2010 at 10:10 pm
के हुन लाग्यो अब यो संसार मा खै के भन्नु र हैन ?हुँदा हुँदा अब मुस्आ पनि अत्चमको हुन थालयो है ?
any way thanks for a news. i liked it very much. once again thanks a lot & wish u all the vey best
Reply