काँचको मुटु

गजल, फोटो, साहित्य, साहित्यिक शुक्रवार तपाईंको प्रतिकृया थप्नुहोस्

bibas-balibhadra
पूर्वाञ्चल गजल मञ्चका संस्थापक सचिव समेत रहेका इलाम चुलाचुलीका युवा विवश बलिभद्र कोइराला चोटिलो गजल लेख्ने र उत्तिकै प्रभावकारीरुपमा गजल बाचन गर्ने गजलकार हुन् । उनी कविता, गीत, कथा समेत लेख्छन् । पेशाले उनी शिक्षक हुन् । यसअघि उनले गजल र गीतको संयुक्त कृति निकाली सकेका छन् । प्रस्तुत गजलहरू उनकै “काँचको मुटु” नामक गजल संग्रहबाट लिइएको हो ।

घात लाग्न सक्छ हेरी नजर नजुदाऊ
बात लाग्न सक्छ पेरी नजर नजुदाऊ

म तिम्रै हुँ अघि पछि कसम खाइसकें
उभिएर झ्यालनेरी नजर नजुदाऊ

पानी भा’को मन् पनि आगो हुन सक्छ
चलेको मन मन्मा वेरी नजर नजुदाऊ

संका लग्छ भने मेरो आज वाटै तिमी
सत्य धरो धर्म मेरी नजर नजुदाऊ

भेट्ने कुरा कमै गरौं बाहानामा दुनियाँले
चाल पाउलान् हाँस्ता खेरी नजर नजुदाउ



सयौं वार कसैलाई पर्खिनुको मजा
मलाई मात्र था’छ मुटु चर्किनुको मजा,

पहाड नाघ्ने हिमाल नाघ्छन् हिमाल नाघ्नेले त
के बुझ्थेर काखमै जीवन घर्किनुको मजा,

सफलताका कथा हुनेहरू सधैं दुख्या देख्छु
दुःखै दुःख वाट रहर घर्किनुको मजा,
सेलाउछन् कहिले आगो कहिले पानी हुनेहरु ,
आगो पानी वीचवाट पर्किनुको मजा,

सक्छौ भने मेरो जस्तो प्रेम गर जुनसित ,
छिल्लिएर प्रात अघि तर्किनुको मजा ।

पिउँनु हुन्न भन्ने था’छ तर पनि पिउँछु
उनको याद आँउदा भट्टी ग’र पनि पिउँछु ,

निष्ठुरीको माया भन्दा घाती छ यो रक्सी
यो विसहो भन्ने थाहा भ’र पनि पिउँछु

बेहोसीमा आनन्द छ होसमा कहिले काँही
जिउँदै मर्छु भन्ने थाहा छ र पनि पिउँछु ।

कसैसंग नहार्ने मन तिमीसंग हार्यो आज
तिमी रुंदा यो आखाले पनि आँसु झार्यो आज ,

न त सून न त चाँदी न त अन्न पानी हो यो ,
भावनाको कस्तो नाता यस्ले जिउँदै मार्यो आज

यस्तो लाग्छ तिमी विना पूणिर्माको साँझ पनि ,
जुनलाई टप्प टिपी कसले अन्तै सार्यो आज

एक्लै हाँस्ने एक्लै बाच्ने साहस गथ्र्यो विवश ,
रोइरहन्छ यो ढुङ्गे मन के ले नौनी पार्यो आज



जन्म जन्म तिमी संगै हुने मन त मसंगै छ
भेट हुँदा हाँसीदेऊ रुने मन त मसंगै छ

तिमी हुन्छ मात्रै भन म छंदै छु साथ दिने
तिम्रो हात पाए आकास छुने मन त मसंगै छ

नाघ्नु हुन्न भन्छन् सिमा र पो तिमी रुंदा हाँसे
माया गर्दै तिम्रा आँखा धुने मन त मसंगै छ

भन्नलाई त अरुहरु के उध्य्रा छ भन्छन मेरो
के टालिन्थ्यो तिमी विना चुने मन त मसंगै छ

सिसाको पो रै’छ मुटु, फुटेपछि चालपाएँ
तिम्रो माया मलम थियो, छुटेपछि चालपाएँ

अर्थ हुन्न फूल्नुको, विना सुवास हाँगा माथि
भन्थ्यौ तिमी हाँगावाट, चुटेपछि चालपाएँ

जति वाँड्यो उति वड्छ भन्थ्यौ तिमी माया
रित्तीएछ अफ्नो तिमीले लुटेपछि चालपाएँ

जिउदै मार्यो पीरतीले भन्थे पागल प्रमीहरु
आफ्नै छाती पोल्न पीडा जुटेपछि चालपाएँ

माया भन्दा घृणा गर्दै दे’को पानी
खान्न म त तिमीले आँखा तर्दै दे’को पानी

त्यो पिउनुमा तिमीलाई वाँच्न गारो हुन्छ भने ,
पिउँदिन भो तिमीले आफु मर्दै दे’को पानी

मेरो मात्र प्यस मेट्ने रहर हुन्छ भने देखि
लिन्न तिमीले हास्तै आंसु भर्दै दे’को पानी

त्यो ओठमा हाँसो हेर्ने मेरो एक्लो चाहानामा
खाउँ कसरी तिमी आफु झर्दै दे’को पानी

त्यो पानी त वाहना हो मात्र तिम्रो नजिक हुने
के अर्थ भो तिमीले पर र्सर्दै दे’को पानी

पूर्वेली गजलकार ज्ञानु बिद्रोही एक प्रतिभाशाली साहित्यकार हुन् । उनका यी गजल पनि निकै घतलाग्दा छन् ।

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. अक्करप्रेमानुभुति
    तिमीले छोडेर गएपछि त सपना पनि अप्ठ्यारो अप्ठ्यारो देख्छु आजकल । किन गयौ कारणसम्म भनिनौ कहाँ गयौ ठेगानासम्म भनिनौ । रातमा त निदाउनुपर्छ भन्छन् सवै आफुलाई त निंद्रै लाग्दैन र जाग्छु अनि तिम्रै कविता लेख्छु दिउँसो सुत्नु लोदर हो भन्छन् सवै म त दिउँसै सुत्छु र तिम्रै सपना देख्छु ।...
  2. ‘भोगाइहरू’ बाट
    १ खवर उनको केहि थाहा छैन्, कस्ती भईन मेरी सानु ।। उनको साथ मेलापात गएको, भुलेको छैन् मेरी सानु ।। विवसताको कठघरामा, एक्लो जीवन विताउँदैछु म वसेकी होली चाँडै आउँछ भन्दै, वाटो हेर्दै मेरी सानु ।। गरिबपनको रेखावाट, चाडैं नै मुक्त हुने आसमा धेरै सपनाहरु सजाउँदै, वसेकी होलीन् मेरी सानु...
  3. प्रकाश धमलाका २ कविता
    अपेक्षा मध्य आकाशवाट एक टुक्रा बादल फाटेर म तिमीसम्म थोपा-थोपा भई अनवरत झरिरहें म कहिले हावासँग जुध्दै झरें कहिले तापमा परेर झरें कहिले बादलसँग मडारिंदै झरें कहिले झर्दा-झर्दै मरेर झरें साँच्चै सानु म तिमीसम्म झर्नका लागि झर्दै झरे लाग्थ्यो मेरो झराईमा तिमी सामिप्यता पाउछौ लाग्थ्यो मेरो संर्घषमा तिमी विनय प्राप्त...
  4. गजल
    गजल - १ सयौं बार कसैलाई पर्खिनुको मजा मलाई मात्र था’छ मुटु चर्किनुको मजा पहाड नाघ्ने हिमाल नाघ्छन् हिमाल नाघ्नेहरुले त के बुझ्थेर काखमै जीवन धर्किनुको मजा सफलताका कथाहुनेहरु सधैं दुख्या देख्छु दुःखै दुःख बाट रहर र्घर्किनुको मजा सेलाउछन् कहिले आगो कहिले पानी हुनेहरु आगो पानी बीचबाट फर्किनुको मजा के...
  5. तितो पिरो मिठो
    तिम्रा ती सटिक वाणीको प्रहार तोरीका फूल देखाउने व्यवहार पिरोलिएको स्याहार सुसार रोटी नपाएकाहरुलाई आहार मिलाउने र देखाउने सदाचार ठोकुवा गर्छ - नसहेर अत्याचार ।  व्लग हो यो तितो पिरो मिठो जुटेको छ आँखा देखाउन एक ठिटो भ्रष्टको यसले विराउँदैन रिठ्ठो प्रतिकृया दिने गर्नुस् है छिटो । मेरो युद्धमा तिमी...

फेसबुकमा राख्नुस्

3 Responses to “काँचको मुटु”

  1. जिज्ञासु Says:

    वाह……. क्या छ धेरै नै मन पर्‍यो । मलाई लाग्छ यहाँ केही त्रुटी रहेको छ । के मा भने शायद कन्भर्ट गर्द हुन सक्छ । बिचारेर सुद सँग राख्नु भएमा अलिक राम्रोइ हुने थियो कि ! जस्तो :-
    बात लाग्न सक्छ पेरी नजर नजुदाऊ । यसमा पेरी हुनु पर्ने हो कि फेरी ????????

    Reply

  2. DINESH Says:

    गजल धेरै राम्रो लाग्यो आउँदा दिनहरुमा यस्तै गजल हरु पढ्न पौने आशा राखेको छु ।

    Reply

  3. Bottomless Says:

    Hello,
    Thank you! I would now go on this blog every day!
    Thank you
    Bottomless

    Reply

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in